आन फुटसल: सफ्ट नेप र भोग एड प्रि क्वार्टरफाइनलमा




नेपाल विज्ञापन संघ आनको आयोजनामा ललितपुरमा जारी ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा समूह चरणका खेलहरु सकिएका छन्।

३२ टिम सहभागी मध्य लिगका खेलहरु सकिएसँगै शुक्रबार प्रि क्वार्टरफाइलन र क्वार्टरफाइनल तथा शनिबार सेमिफाइनल र फाइनल खेल हुने छन्।

समूह चरण अन्तर्गत विहीबार समूह ए र बीका खेलहरु भएका थिए। समूह ए बाट सफ्ट नेप र सर्वोत्तम सिमेट प्रि क्र्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सर्वोत्तम सिमेन्टलाई ३–१ गोल अन्तरले पराजित गरेको सफ्ट नेपले सगरमाथा टिभीमाथि ९–१ गोलको जीत दर्ता गर्न सफल भयो। अन्तिम खेलमा हिच हाइकरमाथि ५–१ को जीत दर्ता गर्दै समूह विजेता बनेको हो।

सर्वोत्तम सिमेन्टले पहिलो खेलमा सफ्ट नेपसँग १–३ गोल अन्तरले पराजित भए पनि दोस्रो खेलमा हिच हाइकरमाथि ३–१ गोलको जीत दर्ता गरेको थियो। अन्तिम खेलमा सगरमाथा टिभीलाई ५–० गोलको जीत दर्ता गर्दै समूह उप विजेता बनेको थियो।

समूह बीबाट भोग एड एण्ड इभेन्ट र बराह ज्वेलयर्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। यो समूहमा डिफेन्डिङ च्याम्पियन आउट रिच रहेकोमा उसले समूह चरण पार गर्न सकेन।

आफ्नो पहिलो खेलमा भोग एडले आउटरिच माथि ३–२ गोल अन्तरको जीत निकाल्दा म्याक्स मिडिया माथि ९–० को जीत निकाल्दा बराह ज्वलेर्सलाई ५–४ को गोलको कठिन जीत दर्ता गरेको थियो। यसैगरी उप विजेता बनेको बराहले म्याक्स मिडियामाथि ४–१ गोलको जीत दर्ता गर्दा आउटरिचलाई ३–०ले स्तव्ध पारेको थियो। लगातार दुई खेल जितेको बराहले तेस्रो खेलमा भने भोग एडसँग ४–५ गोलले पराजित भए पनि उप विजेता बन्न सफल भयो।

प्रतियोगिता अन्तर्गत शुक्रबार प्रि क्र्वाटरफाइनलमा कान्तिपुर र एड रिलज तथा मिडिया हब र क्यूएफएक्स भिड्ने छन्।

यसैगरी माछापुच्छ्रे बैंक र मिडिया बास्केट भिड्दा पिक्स इञ्जिनियरिङ सोलुसन र न्यू २४ टिभी आमने सामने हुने छन्।

त्यस्तै शीलापत्र डटकमले मुक्तिनाथ विकास बैंकसँग खेल्दा वेलकम मिडियाले जनता टिभीको सामना गर्ने छ।

अन्तिम प्रि क्वार्टरफाइनलका खेलहरुमा सफ्ट नेप र बराह ज्वेलर्स तथा भोग एड इभेन्ट र सर्वोत्तम सिमेन्ट आमने सामने हुने आन फुटसल प्रतियोगिताका संयोजक सन्तोष खड्काले जानकारी दिए।

प्रतियोगिताको विजेताले १ लाख उप विजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका महासचिव राजु कुँइकेलले बताए।

प्रकाशित २६ बैशाख २०७६, बिहिबार | 2019-05-09 17:27:31
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...