यी हुन् २०७५ मा नेपाली फुटबलका उत्कृष्टहरु




हरि खड्का
हरि खड्का

अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबार काठमाडौंमा एन्फा डे को उपलक्ष्यमा अघिल्लो वर्ष नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक, रेफ्रि तथा जिल्ला संघलाई अवार्ड प्रदान गरेको छ।

उत्कृष्ट प्रशिक्षकको अवार्ड हरि खड्काले जिते। महिला राष्ट्रिय टोलीका प्रशिक्षक हरि खड्कालाई वर्ष २०७५ को उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरेको हो।

अवार्डसँगै खड्काले एक थान मोटरसाइकल र एक लाख नगद हात पारे। खड्काको प्रशिक्षकत्वमा गतवर्ष नेपाली टोली महिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो।

यस्तै अवार्ड समारोहमा उत्कृष्ट जिल्ला फुटबल संघको अवार्ड मोरङ जिल्ला फुटबल संघले जितेको छ। गत फागुनमा भएको दक्षिण एसियाली महिला फुटबल आयोजना गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै मोरङले उक्त अवार्ड जितेको हो।

उदीयमान खेलाडी


वर्षको उदीयमान खेलाडीको अवार्ड अभिषेक रिजाल र मन्जलीकुमारी योन्जनले जिते। दिवंगत पूर्व लिजेन्ड फुटबलर मणिविक्रम शाहको स्मृतिमा दिइएको उक्त अवार्डका विजेता दुबैले एक लाख नगदसहित एक थान मोटरसाइकल पुरस्कार पाए।

उत्कृष्ट रेफ्रि


अस्मिता मानन्धर र लव खत्रीले वर्षको उत्कृष्ट रेफ्रिको अवार्ड जिते। दुबैले मोटरसाइकलसहित एक लाख नगद हात पारेका थिए।

वर्षको उत्कृष्ट फुटबल क्लब


मनाङ मस्र्याङ्दी क्लबले वर्षको उत्कृष्ट फुटबल क्लबको उपाधि जितेको छ। २०७५ सालमा मनाङले शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।

लाइफ टाइम अचिभमेन्ट अवार्ड


लाइफ टाइम अचिभमेन्ट अवार्ड भागीरथ आलेलाई प्रदान गरियो। उनले नगद तीन लाख ५० हजार रुपैयाँसहित मोटरसाइकल उपहार पाए।

अन्तर्राष्ट्रिय एरिनामा नेपालको नाम उच्च राख्ने व्यवसायिक खेलाडी अवार्ड
अन्तर्राष्ट्रिय एरिनामा नेपालको नाम उच्च राख्ने व्यवसायिक खेलाडीको अवार्ड किरणकुमार लिम्बु र रोहित चन्दले प्राप्त गरे।

किरणले माल्दिभ्सको टीसी स्पोर्टस क्लबबाट खेल्दै गतवर्ष आफ्नो टोलीलाई च्याम्पियन बनाएका थिए भने रोहितले इन्डोनेसियाको घरेलु लिगमा आफ्नो क्लब पर्सिजा जाकार्तालाई च्याम्पियन बनाउँनुका साथै लिगको सवोत्कृष्ट खेलाडी घोषित भएका थिए। दुबै खेलाडीले समान १ लाख पाए।

स्पेशल कन्ट्रिब्युसन अवार्ड (महिला)


महिलातर्फको स्पेशल कन्ट्रिब्युसन अवार्ड नेपाली महिला टोलीकी सदस्य अनु लामाले जितिन्। अनु नेपाली महिला फुटबलबाट सर्बाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी समेत हुन्। उनले ३३ गोल गरेकी छिन्। उनले अवार्डसँगै नगद १५ लाख हात पारिन्।
अवार्ड पाएपछि अनुले आफूलाई यहाँसम्म पुर्याउने सम्पूर्णलाई धन्यवाद दिइन्। उनले आफ्नो योगदानको कदर गर्दै एन्फाले अवार्ड दिएको भन्दै एन्फा प्रतिपनि धन्यवाद भनिन्। यस्तै अनुले आफ्नो परिवार प्रशिक्षक, एपीएफ र रौतहट जिल्लालाई सम्झेकी थिइन्।

स्पेशल कन्ट्रिब्युसन अवार्ड (पुरुष)


पुरुषतर्फको स्पेशल कन्ट्रिब्युशन अवार्ड जुमानु राईले प्राप्त गरे। राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर राईले पनि १५ लाख नगद हात पारे।

प्रकाशित २२ बैशाख २०७६, आइतबार | 2019-05-05 18:30:00
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...