उदीयमान टोलीको अनिश्चित भविष्य




विमानस्थलमा फर्कदै नेपाली यू-१६ टोली
विमानस्थलमा फर्कदै नेपाली यू-१६ टोली

नेपाली किशोर क्रिकेटरहरुले आइतबार ८ देशलाई पछि पार्दै एसियन क्रिकेट काउन्सिल(एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जिते।

राष्ट्रिय टोली निर्माणको जग मानिने उमेर समूहका क्रिकेटरको यसपछिको भविष्य भने निश्चित छैन। कसैले आयोजना गरिदिए वर्षमा एक–दुई प्रतियोगिता बाहेक न उनीहरुले नियमित प्रशिक्षण पाउँछन्, न उनीहरुलाई हेर्न कसैलाई चासो छ।

राष्ट्रिय टोली निर्माणका लागि छनौट प्रतियोगिता राख्दै त्यसमा उत्कृष्ट खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाउँनु पर्ने हो। तीन वर्ष भयो क्रिकेट खेलाडीहरुले छनौट प्रतियोगिता खेल्न पाएकै छैनन्। नेपाल क्रिकेट संघ(क्यान) निलम्बनमा परेयता राष्ट्रिय टोली निर्माणका लागि छनौट प्रतियोगिता ठप्प भएका हुन्।

अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निगरानीमा रहेको नेपाली टोली निर्माणका लागि प्रत्येक प्रदेशबाट केही खेलाडी झिकाई उनीहरुलाई सोझै बन्द प्रशिक्षणमा राखिन्छ र राष्ट्रिय टोली तयार पारिन्छ।

एसिसी यू–१६ पूर्वी क्षेत्रीय प्रतियोगिता जितेर फर्केको नेपाली किशोर टोलीको अवस्था पनि त्यस्तै थियो। एसिसीले सोझै बन्द प्रशिक्षणमा केही खेलाडी राख्दै टोली तयार पार्न भनेको थियो। त्यसो गर्दा क्षेत्रका पदाधिकारीका केही आसेपासे र पूरानै खेलाडीले निरन्तरता पाउँने जोखिम रहन्थ्यो। यसपटक भने नेकपाको खेलकुद हेर्ने विभाग मदन भण्डारी स्पोर्टस एकेडेमीले छनौट प्रतियोगिताका लागि सहयोग गर्ने भएपछि चैत्र १९ देखि २५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सातवटै प्रदेशका टोलीहरु सहभागी गराएर यू–१६ प्रतियोगिता आयोजना गरियो।

त्यसैमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्दै निर्माण गरिएको नेपाली टिमले मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाललाई च्याम्पियन बनाएको हो।

‘एसिसीले केही खेलाडीहरु राखेर सिधैैँ क्याम्प बोलाउन भनेको थियो,’ खेलाडी छनौट समितिका सदस्य समेत रहेका राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा भन्छन्, ‘त्यसो गर्दा प्रतिभा भएका नयाँ खेलाडीले मौका पाउँदैनथे। देशमा थुप्रै पोटेन्सियल भएका खेलाडीहरु भएकाले छनौट प्रतियोगिताका लागि हामीले एकेडेमीसँग पहल गरेका थियौं।’

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेटको सम्भावनाका रुपमा उदाएका यी खेलाडीको वर्तमान जस्तै भविष्य पनि अन्यौलमा छ। च्याम्पियन टोलीका प्रशिक्षक बसन्त शाही पनि यो कुरामा चिन्तित छन्।

‘अहिले पनि सिधैँ बन्द प्रशिक्षण राखेर मात्रै जानुपर्ने अवस्था थियो। युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र मदन भण्डारी स्पोर्टस एकेडेमीले एउटा प्रतियोगिता आयोजना गरिदियो। सोही प्रतियोगिताबाट राम्रा खेलाडी छान्न पायौं। अब उनीहरुलाई कसले संरक्षण गर्ने हो? केही टुंगो छैन्’, उनी भन्छन्।

राष्ट्रिय टोलीको बेन्च ट्रेन्थ बलियो बनाउँन पनि उमेर समूहको क्रिकेटलाई प्राथमिकता दिइनुपर्ने उनले सुझाव छ।

नेपाली यू-१६ टोली

नेपाली यू-१६ टोली

‘हाम्रो क्याम्प पनि निकै छोटो समयको भयो तर खेलाडीहरुको अथक प्रयास, प्रशिक्षक र सपोर्टिङ स्टाफहरुकै मेहनतका कारण यो सफलता हात पारेको हो', उनी भन्छन्, 'क्रिकेटलाई निरन्तर विकास गर्दै लाने हो भने जग बलियो बनाउँन जरुरी छ। सिनियर खेलाडीहरु अबको चार, पाँच वर्ष खेल्लान्। त्यसपछिको बेन्च स्ट्रेन्थ बलियो बनाउँन हामीले यिनै खेलाडीलाई आजैदेखि तयार गर्दै लानुपर्छ।’

प्रतियोगितामा नेपाली कप्तान बिशाल विक्रम केसी सर्वोत्कृष्ट खेलाडी चुनिए। बर्दियाका विशाल पनि नेपालमा राम्रो अभ्यास र नियमित प्रतियोगिता नहुने भएपछि भारतमा गएर तीनवर्ष यता प्रशिक्षणरत् छन्।

‘नेपालमा ट्यालेन्टहरु धेरै छन्। अभ्यास पनि उनीहरुले आफैँ गरिरहेका छन् तर, खेलको एक्सजोर नै छैन्। खेलाडीले जति म्याच खेल्न पायो त्यति उनीहरु खारिने हुन्', उनी भन्छन्, 'खेलाडीहरुलाई व्यस्त बनाइ राख्नुपर्छ। बल्ल उनीहरु देशका लागि राम्रो खेलाडी बन्ने हुन्न सक्छन् तर नेपालमा त्यस्तो वातावरण छैन्। त्यसैले म भारतमा अभ्यास गर्न बाध्य छु।’

नेपाली खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद्(राखेप)सँग पनि उमेर समूहको क्रिकेट विकासमा कुनै योजना छैन।

एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेर फर्किएको टोलीलाइ स्वागत गर्न विमानस्थल पुगेका राखेप सदस्यसचिव केशबकुमार विष्टलाई च्याम्पियन टोलीको प्रोत्साहनका लागि राखेपले केही कार्यक्रम गर्छ? भनेर सोध्दा उनले भने, ‘तत्काल त केही निर्णय भएको छैन्। हामीे बैठक बसेर केही निर्णय गर्छौ।’

प्रकाशित १८ बैशाख २०७६, बुधबार | 2019-05-01 10:26:54
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...