जलपरी गौरिकाको अर्को स्वर्ण सपना




गाैरिका सिंह
गाैरिका सिंह

यसै साता नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय प्रतियोगितामा गौरिका सिंहले एउटा नयाँ इतिहास रचिन्।

१२ प्रतियोगितामा सहभागी उनले क्लिन स्वीप गर्दै बाह्रै स्वर्ण आफ्नो पोल्टामा पार्न सफल रहिन्।

पौडीका लागि छुट्याइएका कुल ३४ पदकमध्ये त्रिभुवन आर्मीले २० स्वर्ण जित्यो। त्यसमा आधाबढी स्वर्ण गौरिका एक्लैले दिलाएकी थिइन्।

१६ वर्षे जलपरी गौरिका टक्कर दिने नेपालगञ्जमा कोही देखिएन। हरेक पटक उनी उत्तिकै सशक्त सावित भइन्। तर गौरिकाको अनुभव छ। ‘नेपालमा पौडीमा नयाँ नयाँ खेलाडी उदाइरहेका छन्। उनीहरुले टाइमिङ सुधारेका छन्। पौडीमा राम्रो भविष्य छ’, उनले नेपालखबरसँग भनिन्, ‘खेल्नका लागि पोखरीभित्र छिरेपछि मलाई प्रतिस्पर्धीबारे केही थाहा हुन्न। म त आफैंसँग प्रतिस्पर्धा गर्छु। पहिलेभन्दा अझै राम्रो टाइमिङ निकाल्ने प्रयास गर्छु।’

आफूभन्दा अरुतिर केन्द्रित भए त्यसले आफ्नै टाइमिङ बिगार्ने उनको धारणा छ।

हप्तामा ९ सेसन पोखरीमा
बेलायतमा परिवारसँगै बस्दै आएकी गौरिका हप्तामा ९ शेसन पौडी पोखरीमा बिताउँछिन्। प्रत्येक सेशन दुई घण्टाको हुने गछर्। वर्षैभरि वातानुकूलित पौडी पोखरीमा गरिएको उच्चस्तरको अभ्यासले उनलाई राष्ट्रिय प्रतियोगितामा १२ स्वर्ण जिताउन सघायो।

घरेलु प्रतियोगितामा उत्कृृष्ट प्रदर्शन गरेपछि यसै वर्ष डिसेम्बरमा नेपालमै हुने दक्षिण एसियाली खेलकुद (साग)मा पनि गौरिकाबाट स्वर्णको अपेक्षा गरिएको छ। गौरिकाको अबको सपना पनि अन्तर्राष्ट्रिय स्पर्धामा नेपालका लागि स्वर्ण जित्ने भन्ने नै छ।

राष्ट्रिय खेलकुदका सबै स्पर्धामा अब्बल प्रदर्शनपछि उनले पनि नेपालमै हुने सागमा देशका लागि स्वर्ण जित्ने विश्वास गरेकी छिन्। राष्ट्रिय प्रतियोगितामा सहभागिताको पहिलो दिन कीर्तिमानसहित स्वर्ण जितेपछि उनले भनिन्, ‘यो प्रतियोगितामा म बढीभन्दा बढी स्वर्ण जित्न चाहन्छु। ताकि त्यसले नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्न प्रेरणा मिलोस्।’

१३ वर्षको उमेरमै २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा सहभागिता जनाएपछि ओलम्पिकमा भाग लिने कान्छी खेलाडीका रुपमा उनको चर्चा भएको थियो। ओलम्पिकसँगै त्यही वर्ष गौरिकाले भारतमा भएको १२ औं सागमा एक रजत र तीन कास्य जितेकी थिइन्। पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पदक दिलाउँने उनी एक्ली खेलाडी हुन्।

सन् २०१८ को एसियाली खेलकुद, २०१६ मा आयरल्याण्डमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिप, २०१५ मा युएईमा भएको फिना स्विमिङ विश्वकप, रसियामा भएको वल्र्ड एक्वेटिक्स च्याम्पियनसिपजस्ता प्रतियोगिताहरुको पनि अनुभव लिइसकेकाले यसपटक उनीबाट सागमा नेपालले स्वर्णको अपेक्षा गर्नु स्वभाविक हो।

‘नेपालका लागि खेल्न पाउँदा मलाई गर्व लाग्छ,’ नेपालखबरसँग कुरा गर्दै उनले सुनाइन्, ‘घरेलु समर्थकका माझमा स्वर्ण पदक जित्ने विश्वास लिएकी छु। त्यसका लागि राम्रो तयारी गर्नेछु। यो सुरुवातमात्रै हो अझै देशका लागि थुप्रै मेडल जित्ने सपना छ।’

नेपालगञ्जमा गाैरिका

नेपालगञ्जमा गाैरिका

गौरिकाको स्वीमिङ करिअर
२०७२ सालमा भएको १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा ६ स्पर्धामा सहभागिता जनाएकी उनले सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेपछि उनको चर्चा नेपाली खेल जगतमा चुलिएको थियो।

सोहीवर्ष रुसमा भएको १६ औं फिना वर्ल्ड अक्वाटिक्स च्याम्पियनसिपको दुई स्पर्धामा सहभागिता जनाउँदै उनले दुबैमा राष्ट्रिय कीर्तिमान बनाइएकी थिइन्।

सन् २०१६ मा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उनले एक रजत र ३ काँस्य पदक जित्दै दक्षिण एसियाली खेलकुदको पौडीमा व्यक्तिगत स्पर्धामा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बनिन्।

त्यस लगत्तै ब्राजिलमा भएको ३१ औं गीष्मकालीन ओलम्पिकको १ सय मिटर ब्याकस्ट्रोकमा सहभागिता जनाएकी उनी ओलम्पिकका ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी (१३ वर्ष २ सय ५५ दिन) खेलाडीका रुपमा चर्चामा रहिन्।

२०७४ भदौमा भएको २०औं राष्ट्रिय पौडी प्रतियोगितामा ५ स्पर्धामा सहभागिता जनाउँदै सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी उनले अर्को वर्ष भएको १८ औं एसियाली खेलकुदको छनोटका आठ स्पर्धामा सहभागिता जनाउँदै आठवटै स्वर्ण जितेकी थिइन्।

प्रकाशित १६ बैशाख २०७६, सोमबार | 2019-04-29 15:50:53
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...