सुस्मिताको साहस: एक दिन परीक्षा नहुँदा स्वर्ण




सुस्मिता तामाङ
सुस्मिता तामाङ

बैशाख ७ गते दिउँसो ३ बजे बीबीएम पहिलो सेमिस्टर अन्तर्गत अंग्रेजी विषयको परीक्षा सकेर सुस्मिता तामाङ हतारहतार त्रिभुवन विमानस्थल पुगिन्।

उनलाई सोही दिन नेपालगञ्ज पुग्नु थियो। अर्कोदिन बिहान उनले आठौं राष्ट्रिय खेलकुदमा उसुको छाङछ्वान विधामा प्रतिस्पर्धा गर्दै थिइन्।

साँझ ५ बजे फ्लाइट डिले भएर ६ बजेमात्रै उड्यो। नेपालगञ्ज पुग्दा त्यस्तै ७ बजेको थियो। अघिल्लो साँझ मात्रै पुगेकाले सुस्मिताले स्थानीय भेन्युमा अभ्यास गर्न पाइनन्।

आठ गते बिहान १० बजे बजे उनको खेल निर्धारित थियो। सुस्मिताले ८.९५ अंकसाथ प्रदेश १ की पम्फा राई (८.४५) र सशस्त्र प्रहरीकी अस्मिता श्रेष्ठ (७.६५) लाई पछि पार्दै स्वर्ण जितिन्।

नेपालगञ्जमा उनले स्वर्ण जितेको खुशी साट्न पनि भ्याइनन्। उनलाई त्यही दिन काठमाडौं फर्किनुपर्ने थियो। भोलिपल्ट ९ गते सामाजशास्त्रको परीक्षा दिनुपर्ने चटारो थियो।

नेपालगञ्जबाट सवा ६ बजे उडेकी सुस्मितालाई साँझ पौने ९ बजेमात्रै घर(भक्तपुर) फर्किन सकिन्। परीक्षा सकिएपछि नेपालखबरसँग कुराकानी गर्दै उनले भनिन्, ‘प्रश्नहरु सजिलै थिए। खेलमा जस्तै परीक्षामा पनि ‘गोल्ड’ आउँछ होला।’

समय व्यवस्थापन गरी खेलमा

सुस्मिता तामाङ

सुस्मिता तामाङ


योसहित लगातार तीन राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्दै ह्याट्रिक गरेकी सुस्मितालाई परीक्षाकै समयमा आठौं राष्ट्रिय खेलकुद पर्दा निकै सकस भएको थियो। नेपालमा खेलेर मात्रै पुग्ने अवस्था छैन। एक पटक उनलाई खेलभन्दा पढाइमै ध्यान दिउँ भन्ने पनि लागेको थियो। खेल तालिका आउँदा परीक्षाको बीचमा एक दिन ग्याप देखियो। खेलमा रुझेकी सुस्मिताको मनले मानेन्। उनले समय व्यवस्थापन गर्ने विचार गरिन्।

‘नेपालमा विमानहरु समयमै उड्दैनन्, डिले हुन्छ भन्ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘त्यस्तो भयो भने चाहिँ उता गेम अनि यता परीक्षा पनि छुट्ने हो कि भन्ने डर मनमा थियो।’ धन्न जहाज ढिलो उडे पनि उनले खेल र परीक्षा दुवै भ्याइन्।

‘खेलमा त जितियो प्रश्नहरु सजिलो आउँदा परीक्षा पनि राम्रै भएको छ’, सुस्मिताले भनिन्।

उनी राष्ट्रिय खेलकुदको विजेता टोली त्रिभुवन आर्मी क्लबकी खेलाडी हुन्। आर्मीले जितेका १ सय ४० स्वर्णमध्ये एक उनको पनि एउटा हो। सन् २०१६ मा भएको बाह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा आयोजक भारतसँग पछि परेर उनले देशका लागि रजत पदक समेत जितेकी थिइन्।

घरेलु प्रतियोगितामा भने उनले छैटौं, सातौं र आठौं गरी लगातार तीनवटै संस्करणमा स्वर्ण जितिसकिन्। राष्ट्रिय प्रतियोगितामा सहभागिता भने उनको यो चौथो पटक हो। भक्तपुरमा उसु खेल्दै हुर्किएकी उनले ९ वर्षको उमेरमै पाँचौ राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन्। टुँडिखेलमा भएको उसु स्पर्धामा भने उनी दोस्रो हुँदै रजत जितिन्।

सुस्मिता तामाङ

सुस्मिता तामाङ

‘म दोस्रो भए भन्ने चाहिँ थाहा थियो तर राष्ट्रियस्तरमा रजत जित्नुको अर्थ त्यसबेला बुझेकी थिएन,’ सुस्मिताले पहिलो राष्ट्रिय पदक जित्दाको सम्झना गरिन्।

उसुमा खेलाडीले आफ्नो मार्शल आर्टस कला तरवार, लठ्ठी अनि खाली हातले देखाउँछन्। त्यसका लागि अलग अलग शैली, रणनीतिको विविधता निर्णायकहरु सामु प्रस्तुत गर्छन्। खेलाडीले प्रस्तुतीको शैलीका आधारमै निर्णायकहरुले दिने अंकका आधारमा स्वर्ण, रजत र काँस्यको छिनोफानो हुन्छ।

धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद तरवार र लठ्ठी गरेर एउटा मात्रै मेडल आउने अनि हातको मात्रै एउटा मेडल दिइने नियम थियो। उनले हातको मात्रै प्रदर्शनका क्रममा स्वर्ण जितिन् भने तरवार र लठ्ठीको जोड्दा भने रजतमा खुम्चिनु पर्यो।

यस्तै दुईवर्ष अघि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा अझै फरक नियम थियो। त्यहाँ तरवार र लठ्ठी खेल्नेले हातको खेल्न पाउँदैनथ्यो भने हातको खेल्नेले तरवार र लठ्ठी खेल्न पाउँदैनथ्यो। उनले हातले मात्रै प्रदर्शन गर्न पाइन् र त्यसमा गोल्ड हात पर्यो।

सुस्मिताले २०१० मा सिंगापुरमा भएको जुनियर वल्र्ड उसु च्याम्पियनसिप, २०१४मा भएको इञ्चोन एसियन र अघिल्लो वर्ष इन्डोनेसियामा भएको अठारौं एसियन गेम्समा गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि लिइसकेकी छिन्। तर, अरु देशको स्तरीय प्रशिक्षित खेलाडीका अघि अन्य नेपाली खेलाडी झै उनको पनि केही लागेन्।

सुस्मिता तामाङ

सुस्मिता तामाङ

यद्यपि इन्डोनेसियामा अघिल्लो वर्ष सम्पन्न एसियन गेम्समा भने उनले नेपाली खेलाडीहरुले आजसम्म ल्याएको स्कोरभन्दा सर्बाधिक स्कोर ल्याएकी थिइन्। नेपाली खेलाडीलाई उसुका अन्तर्राष्ट्रिय खेलमा ९ स्कोर नै कटाउँन गाह्रो भइरहेको अवस्थामा उनले ९.२५ स्कोर ल्याउँदै नयाँ कीर्तिमान बनाइएकी थिइन्।

‘त्यो स्कोर अझै राम्रो हुनसक्थ्यो होला तर दुर्भाग्य खेलअघि मेरो खुट्टाको अप्रेशन गर्नुपर्यो,’ उनले भनिन्, ‘खुट्टाकै समस्याका कारण मैले एशियन गेम्सका लागि राखिएको क्याम्पमा पनि सहभागिता जनाउँन पाएकी थिइन्। तर, अन्तिम समयमा चीनमा भएको १७ दिन अभ्यासले त्यो कीर्तिमान बनाउँन सघाउ पुर्यायो।’

यसैवर्ष डिसेम्बरमा नेपालमै आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा सुस्मिताको स्वर्ण जित्ने लक्ष्य छ। उनले त्यो सम्भव पनि देखेकी छिन् तर त्यसका लागि न्यूनतम पूर्वाधारहरुको व्यवस्था सम्बिन्धित निकायले गरिदिनुपर्ने उनको माग छ।

‘सागमा यसपाली जसरी गोल्ड ल्याउँछु भन्ने छ,’ उनले योजना सुनाउँदै भनिन्, ‘तर पहिले त एउटा हल नै राम्रो चाहिन्छ। अहिले दशरथ रंगशाला परिसरमै रहेको मिनी कभर्डहलमा अभ्यास गरिरहेका छौं। वर्षामा त्यहाँ पानी पर्छ। म्याट पनि अर्कै हुनुपर्ने तर कराँतेले ओछ्याउने म्याटमा खेलिरहेका हुन्छौं। न्यूनतम पूर्वाधारहरुमात्रै पनि मिलाइदिने हो भने हामी देशका लागि अन्तर्राष्ट्रिय मेडल थप्न सक्छौं। त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगोस्।’

प्रकाशित १५ बैशाख २०७६, आइतबार | 2019-04-28 13:25:39
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...