ह्याण्डबलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक




आठौँ राष्ट्रिय खेलकूद
आठौँ राष्ट्रिय खेलकूद

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न भएको पुरुषतर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ।

मंगलबार भएको फाईनल खेलमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३७—३३ गोलको अन्तरले पराजित गर्दै समुहतर्फ पहिलो स्वर्ण पदक प्राप्त गरेको हो।

त्यसैगरी महिलातर्फको ह्याण्डबलमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ। फाइनल खेलमा आर्मीले एपिएफलाई १७–१४ को गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो।

महिला तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले कास्य पदक प्राप्त गरेको छ। मंगलबार बिहान तेश्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई ७–५ को गोल अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो।

यसैबिच, पुरुष तर्फको ह्याण्डवल खेलमा त्रिभुवन आर्मीले कास्य पदक हात पारेको छ। मंगलबार बिहान भएको खेलमा आर्मीले प्रदेश नं ३ लाई ४२–२४ गोलको फराकिलो अन्तरले पराजित गर्दै कास्य पदक हात पारेको हो।

ह्याण्डवलमा नेपाल पुलिस र एनआरएनए बाहेक ९ टिमको सहभागिता रहेको थियो। वैशाख ५ गगे देखि उक्त प्रतियोगिता सुरु भएको थियो।

यता, गण्डकी प्रदेशले आर्चरी खेलमा ५ स्वर्ण ४ रजत ३ कास्य पदक सहित १२ वटा पदक हात पार्न सफल भएको छ। आर्चरीमा त्रिभुवन आर्मीले भने ५ स्वर्ण २ रजत र ५ कास्य पदक सहित ११ पदक हात पार्न सफल भएको प्रशिक्षक योगेन्द्र शेरचनले बताए।

सुटिङमा दुई स्वर्णसहित एक रजत नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सुटिङ खेलमा गण्डकी प्रदेशले २ स्वर्ण र एक रजत पदक हात पार्न सफिल भएको छ।

एकल महिला तर्फ एयर पेष्तोलमा श्रृया केसी र उक्त ईभेण्ट पुरुषतर्फ विजय कार्कीले स्वर्ण पदक हात पार्दा समुह तर्फ गण्डकी प्रदेशले रजत पदक ल्याउन सफल भएको ओलम्पियन तथा प्रशिक्षक भगवती केसीले बताइन्।

प्रकाशित १० बैशाख २०७६, मंगलबार | 2019-04-23 20:18:44
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।