प्याराग्लाइडिङमा नेपाल आर्मी च्याम्पियन




आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा भएको प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब टिम च्याम्पियन भएको छ।

सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गर्दै च्याम्पियन बनेको हो। गण्डकी प्रदेशले २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदककासाथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ।

सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले एक्यूरेसीतर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्यूरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरी ४ स्वर्ण पदक हात पारेको हो। गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्रीतर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको छ।

एक्यरेसी इन्डिभिजुअल पुरुष तर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने नेपाल आर्मीकै ऋषि जलारी पोडेले २३ अंकका साथ रजत पदकमा चित्त बुझाए। गण्डकीका अनिष भट्टराईले ३३ अंक प्राप्त गर्दै काश्य पदक हात पारे।

सोही इभेन्टको महिलातर्फ पनि नेपाल आर्मीकी दुर्गामाया गुरुङले ४७९ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पारिन। गण्डकीकी प्रतिभा भुजेलले ५४० अंकका साथ रजत र गण्डकीकै सबिता तामाङ ५७३ अंक बटुल्दै काश्य पदक हात पारिन्।

एक्यूरेसी टिम इभेन्टमा नेपाल आर्मी १७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफ भएको छ भने प्रदेश नं १ ले १०१९ अंकका साथ रजत पदक हात पारेको छ। गण्डकी प्रदेश १३४५ अंक प्राप्त गर्दै काश्य पदकमा चित्त बुझाएको छ।

क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २५९५ अंक बटुल्दै स्वर्ण पदक हात पारेका छन्। नेपाल आर्मीकै बिशाल थापाले २५५० प्राप्त गरि रजत पदक हात पार्दा गण्डकीका आशिष थापाले २५४५ अंकका साथ रजत पदकमा चित्त बुझाएका छन्।

क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले ११३५ अंकका प्राप्त गर्दै स्वर्ण पदक हात पारेकी छन भने नेपाल आर्मीकी स्वस्तिका गुरुङ ६५७ अंक बटुल्दै रजत पदक हात पारिन्। प्रदेश १ की सुष्मिता सुनुवार ३४५ अंकका सात तेश्रो हुँदै काश्य पदक पाइन्।

क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल ९५७६ अंक प्राप्त गरि स्वर्ण पदक हात पारेको छ। सोही इभेन्टमा नेपाल आर्मीले ९११४ अंक बटुल्दै रजत पदक हात पार्दा प्रदेश नं ३ ले ८४४७ अंक प्राप्त गरि काश्य पदक हात पारेको हो।

यही बैशाख ६ गते बाट पोखरामा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ काश्य पदकका लागि १० महीला सहित पुरुष ४९ गरि कुल ५९ जना खेलाडी भिडेका थिए। प्रतियोगितामा पाँच प्रदेश सहित नेपाल आर्मीले सहभागिता जनाएका थिए।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 19:42:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...