आठौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङमा नेपाली सेना अगाडि




आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा जारी प्याराग्लाइडिङमा नेपाली सेनाको त्रिभुवन क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका दुबै इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहेको छ।

दोश्रो दिनको खेल जारी रहँदा एक्यूरेसी टिम इभेन्टमा नेपाली सेनाले आफ्नो प्रदर्शनलाई दोर्‍याउँदै १४५ अंकका साथ प्रथम स्थानमा रहेको छ। त्यसैगरी प्रदेश नं १, ९५५ अंकका साथ दोश्रो र गण्डकी प्रदेश १३५५ अंकका साथ तेश्रो स्थानमा उभिएको छ।

पुरुष इन्डिभिजुअल एक्यूरेसीतर्फ पनि नेपाली सेना नै पहिलो स्थानमा छ। पुरुष इन्डिभिजुअल एक्यूरेसीमा नेपाली सेना खेलाडीहरु सागर जलारी र सागर नेपालीबीच प्रतिष्पर्धा देखिएको छ। जलारी ८ अंकका साथ अग्रस्थानमा छन भने नेपाली ११ अंकका साथ दोश्रो स्थानमा छन्। प्रदेश नं १ का रोशन बस्नेत १९ अंकका साथ तेश्रो स्थानमा छन्।

महिला ईन्डिभिजुअल एक्यूरेसी तर्फ समेत नेपाली सेना अग्रस्थानमा रहेको छ। दुई दिनको खेल तालिकामा नेपाली सेनाकी दुर्गामाया १७७ अंकका साथ प्रथम स्थानमा उक्लिएकी छन्। गण्डकी प्रदेशकी सबिता तामाङ २८७ अंकका साथ दोश्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छन्।

टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसीको दुई दिनको खेलमा ४ राउण्डका खेल सम्पन्न भएको हो। सोमबार अन्तिम एक राउण्डको खेल बाँकी रहेको इभेन्ट म्यानेजर बिमल अधिकारीले जानकारी दिए।

यता क्रसकन्ट्री तर्फ आज ३० किलोमिटरको टास्क सम्पन्न भएको छ। क्रसक्रन्ट्रीतर्फ पनि नेपाली सेनाले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। क्रसकन्ट्री टिम इभेन्टमा ५९३३ अंकका साथ पहिलो स्थान बनाएको छ भने गण्डकी प्रदेश ५८९३ का साथ दोश्रो र प्रदेश ३ ५६९५ का साथ तेश्रो स्थानमा रहेको छ।

क्रस कन्ट्री इन्डिभिजुअल पुरुषतर्फ आजको खेलमा नेपाली सेनाका सुरज थापाले ९१३ अंक बटुलेका छन भने गण्डकीका आशिष थापाले ८६९ र नेपाली सेनाका निशिन थापाले ८१८ अंक बटुलेका छन।

शनिबार आइतबार गरी पुरुष इन्डिभिजुअलतर्फ अंकका आधारमा ओभरअलमा नेपाल सेनाका सुरज थापा १७४६ अंकका साथ प्रथम स्थानको नजिक देखिएका छन भने प्रदेश ३ का कृष्ण बहादुर सुनुवार १६११ अंकका साथ दोश्रो र नेपाली सेनाकै विशाल थापा १६०६ अंकका साथ तेश्रो स्थानमा रहेका छन।

महिला क्रस कन्ट्री इन्डिभिजुअल तर्फ गण्डकी प्रदेशकी त्रिशा वमजन ७७७ अंकका साथ प्रथम, प्रदेश १ की सुष्मिता सुनुवार २८८ अंकका साथ दोश्रो र नेपाली सेनाकी स्वस्तिका गुरुङ २७९ अंकका साथ तेश्रो स्थानमा छन।

नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको प्याराग्लाइडिङ खेलमा विभागीय टिम नेपाली सेना र ५ प्रदेशसँगै कुल ६ टिमका ५९ जना खेलाडीले ६ वटा स्वर्ण पदकका लागि भिडिरहेका छन।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 19:24:25
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...