सहाब आलमले ६ विकेट लिएपछि आर्मीको सजिलो जित




म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै सहाब
म्यान अफ द म्याचको पुरस्कार ग्रहण गर्दै सहाब

सहाब आलमले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको कोहलपुरमा जारी पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रदेश ३ माथि ८ विकेटको सजिलो जित हात पारेको छ।

कोहलपुर क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ३ ले दिएको ४१ रनको सामान्य लक्ष्य आर्मीले १०.१ ओभरमा २ विकेट गुमाएर भेटायो।

उसका हरिबहादुर चौहानले १७ तथा भीम सार्कीले १५ रन जोडे। दुबै जना नटआउट रहे। यस्तै ओपनर हरिकृष्ण झाले खाता नै खोल्न सकेनन् भने राजु रिजाल ६ रनमा आउट भएका थिए।

त्यसअघि प्रदेश ३ ले १५.१ ओभरमा सबै विकेट गुमाएर ४० रन जोडेको थियो। उसका ओपनरद्धय इशान पाण्डे र आदिल खानले १२–१२ बाहेन अन्यले दोहोरो अंक जोड्न सकेनन्।

प्रदेश ३ का ७ खेलाडीहरु जितेन्द्रसिंह ठकुरी, सोनु तामाङ, राजेश रिमाल, नन्दन यादव, गौतम केसी असिम श्रेष्ठ र संघर्ष पौडेलले खाता नै खोल्न सकेनन्।

सहाबले इशान, शुभ कंशाकार, सोनु, राजेश, हेम, गौतमको विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका सहाबले ३ ओभर मेडन राख्दै २ रनमात्रै खर्चिएर ६ विकेट लिएका हुन्।

उनीसँगै कुशल मल्लले ३ विकेट लिए। २.१ ओभर बलिङ गरेका कुशलले ३ रनमात्रै खर्चेर ३ विकेट लिएका थिए। यो जितसँगै आर्मी सेमिफाइनलमा पुगेको छ।

म्यान अफ द म्याच सहाबलाई कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापा र पूर्व क्रिकेट क्षेत्र नम्बर ५ का कोषाध्यक्ष सरोबर प्रसाईले पुरस्कार दिए।
प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 11:32:31
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।