राष्ट्रिय खेलकुद नेपालगञ्जमा, प्याराग्लाइडिङ पोखरामा




पोखरा यतिबेला नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ। प्रतियोगितामा यही वर्षदेखि प्याराग्लाइडिङ समेत समावेश गरिएको छ।

साफ खेलकुदमा रजत पदक प्राप्त प्याराग्लाइडिङका प्रतियोगिता भने शनिबारबाट पोखरामा सुरु भएका छन्। नेपालगञ्जमा प्याराग्लाइडिङको पूर्वाधार नभएकोले प्रतियोगिता पोखरामा आयोजना गरिएको हो। पोखरा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने देशकै प्रमुख थलो हो।

प्रतियोगिताअन्तर्गत शनिबार एक्यूरेसी र क्रसकन्ट्रीतर्फका पहिलो राउण्डका खेलहरु भए। पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका एकलतर्फ मिश्रित परिणाम आएको छ। टिम एक्यूरेसीतर्फ नेपाली सेना पहिलो ,गण्डकी प्रदेश दोश्रो, प्रदेश नम्बर १ तेश्रो स्थानमा रहेका छन।

सुदूरपश्चिम, प्रदेश ३ र कर्णाली प्रदेश क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहेका छन्।

व्यक्तिगत एक्यूरेसी पुरुषतर्फ नेपाली सेनाका सागर नेपाली ८ अंकका साथ पहिलो स्थानामा छन्। गण्डकी प्रदेशका अनिष भट्टराईले ११ अंकसहित उनलाई पच्छ्याउँदा नेपाली सेनाकै सागर जलारी तेश्रो स्थानमा रहेका छन्।

महिला व्यक्तिगत एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङ अगाडि रहेकी छन भने प्रदेश नं ३ की बीबी स्याङ्ताङ दोश्रो र गण्डकी प्रदेशकी प्रतिभा बोगटी रहेकी छन्। तामाङ र बोगटी १८ औं एशियाली खेलकुदमा सहभागी भएका खेलाडी हुन।

पहिलो दिन भएको क्रसकन्ट्री ९एक्सी० तर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ। उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ ९नेफा०का महासचिव शैलेन्द्र राउतले जानकारी दिए।

क्रसकन्ट्रीतर्फ सहभागी जनाएका २२ खेलाडी मध्ये पुरुष इन्डिभिजुअल खुल्ला तर्फ प्रदेश ३ का कृष्ण बहादुर सुनुवार ९७२ अंक हासिल गर्दै पहिलो स्थान बनाउन बनाउन सफल भएका छन्। यसैगरी नेपाली सेनाका विशाल थापा दोश्रो स्थान र गण्डकी प्रदेशका शेरबहादुर गुरुङ तेश्रो स्थानमा रहेका छन्। दोश्रो स्थानका बिशाल १८ औं एशियाली खेलकुदमा रजत पदक विजेता हुन् ।

क्रसकन्ट्री महिला इन्डिभिजुअलमा गण्डकी प्रदेशकी त्रिशा बमजन तामाङ २३१ अंकका साथ पहिलो स्थान बनाएकी छन् भने नेपाली सेनाकी स्वस्तिका गुरुङ २६ अंकका साथ दोश्रो र प्रदेश १ की सुस्मिता सुनुवार २४ अंकका साथ तेश्रो स्थानमा रहेकी छन्।

टिम क्रसकन्ट्रीतर्फ भने गण्डकी प्रदेशले अग्र स्थान बनाउँदै गर्दा प्रदेश ३ दोश्रो र नेपाली सेनाले तेश्रो ठाउँ ओगटेको छ। प्रतियोगितामा विभागीय टिम नेपाली सेना र ५ प्रदेश गरी कुल ६ टिमका ५९ जना खेलाडी सहभागी रहेका छन्। बैशाख ९ गते सम्पन्न हुने प्रतियोगितामा एक्युरेसी तर्फ ५ राउण्ड र क्रसकन्ट्रितर्फ ३ राउण्ड प्रतिस्पर्धा गराइने छ।

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 19:12:38
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।