नेपाली क्रिकेटको नयाँ गन्तव्य




कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना
कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

लिग चरणमा त्रिभुवन आर्मी क्लब, प्रदेश ३, प्रदेश ६, प्रदेश २ र प्रदेश एकले कोहलपुर मैदानमा खेल्दैछन्। यस समूहका शीर्ष दुई टोलीहरु र रुपन्देहीमा भइरहेको समूह ‘ए’का शीर्ष टोलीहरुबीच कोहलपुर मैदानमै बैशाख १० गते सेमिफाइनल र बैशाख ११ गते फाइनल खेल सञ्चालन हुनेछ।

मैदानका लागि भोगाधिकार पाएको १५ वर्षपछि कोहलपुर मैदानमा बल्ल पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना भइरहेको हो। यसकुराको सबैभन्दा बढी खुशी २०६० सालमा तत्कालिन कोहलपुर नगरविकास समितीको जग्गा क्रिकेट मैदानका लागि नेपाल क्रिकेट संघको भोगाधिकारमा ल्याउन संघर्ष गरेका पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान स्थानीय एलबी क्षेत्रीलाई छ।

कोहलपुर मैदानलाई नेपाली क्रिकेटको नयाँ गन्तव्यका रुपमा स्थानीयले लिएका छन्

कोहलपुर मैदानलाई नेपाली क्रिकेटको नयाँ गन्तव्यका रुपमा स्थानीयले लिएका छन्

‘क्रिकेटले नयाँ गन्तव्य पाएको छ। राज्यको पहुँच र आँखा नपुगको ठाउँमा हामी गन्तव्य दिन सफल भयौं,’ शुक्रबार मैदानमा नेपालखबरसँग कुरा गर्दै क्षेत्रीले भने, ‘बाँकेमा अहिलेसम्म यस्तो किसिमको भौतिक पूर्वाधार बनेको थिएन। स्थानीय कोहलपुलबासीका हिसाबले म धेरै खुशी छु र यो हाम्रा लागि गर्विलो क्षण हो।’

क्षेत्री २०६० सालमा नेपाल क्रिकेट संघको केन्द्रीय सदस्य थिए। त्यसबेला उनले यसक्षेत्रमा क्रिकेट मैदान निर्माणको कुरो केन्द्रमा उठाए। जसप्रति सकरात्मक हुँदै तत्कालिन नेपाल क्रिकेट संघले स्थानीय वस्तुस्थिती बुझ्न भनी उपाध्यक्ष टीबी शाहलाई निरिक्षण भम्रणका लागि पठायो।

शाहले नेपालगञ्ज तथा कोहलपुरका विभिन्न स्थानको निरीक्षण गरेपछि हाल मैदान रहेको स्थान उपर्युक्त हुने भन्दै केन्द्रीय समितीलाई सुझाव दिए। त्यसपछि केन्द्रीय समितीले नगर विकास समितीलाई उक्त(हाल मैदान भएको) जग्गा भोगाधिकारका लागि उपलब्ध गराए आफूहरुले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणमा सहयोग गर्ने भन्दै पत्र लेख्यो।

उक्त पत्र बोकेर नगर विकास संघमा गएका क्षेत्रीलाई तत्कालिन नगर विकास समितीका अध्यक्ष ज्ञानेन्द्र गिरीले निराश पारेनन्। क्षेत्रीले क्रिकेटका सम्भावना र भविष्यको बारे सम्झाएपछि गिरीको अध्यक्षतामा बसेको समितीको बैठकले आठ विघा अठार कट्टा अठार धुर क्षेत्रमा रहेको उक्त जग्गा क्रिकेट मैदान निर्माणका लागि छुट्टाउँदै नक्सांकन गरिदियो।

‘क्रिकेट संघमा आएपछि म मुख्य गरी दुई लक्ष्यमा हिडेको थिए,’ नेपाली महिला क्रिकेटको जग बसाएका क्षेत्रीले विगत स्मरण गर्दै भने, ‘पहिलो भौतिक पूर्वाधार बिना खेलाडी उत्पादन गर्न सकिदैँन र दोस्रो खेललाई विकास गर्नुछ भने स्कुल स्तरबाटै खेल विकास हुनुपर्छ। तबमात्रै माथिल्लो स्तरको खेल राम्रो हुन्छ।’

नगरविकास समितीले जग्गा दिएपछि लगातार १५ वर्ष मैदानमा घोटिएपछि पहिलो राष्ट्रिय प्रतियोगिता सञ्चालन हुदाँसम्म मैदानले जुन आकार पाएको छ। त्यसले पहिलो लक्ष्य पूरा भएको क्षेत्री मान्छन्।

खेलाडीहरुलाई स्कुल स्तरबाटै अघि बढाउँनुपर्ने आफ्नो दोस्रो लक्ष्यलाई पनि क्षेत्रीले सँगसँगै अघि लगे। नगरविकास समितीबाट जग्गा पाए लगत्तै स्थानीयहरुको सहयोगमा मैदानमा ग्रेडर लगाउँदै माटो सम्माउँदै मैदान खेल्न लायक बनाए। र, अर्को सालदेखि नै पुरुष स्कुल तथा महिला क्रिकेट सुरु गरे।

क्षेत्रीकै अग्रसरतामा २०६१ साल फागुनमा यसै मैदानमा नै २९ विद्यालयका महिला टोलीहरु सहभागी भएर नेपालकै पहिलो महिला क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो।

उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो। त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भयो। उक्त प्रतियोगिताबाट छानिएको टोलीले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो।

६० को दशक मध्यपश्चिम क्षेत्र माओवादी द्धन्द्धबाट बढी प्रभावित भएको क्षेत्रमध्ये एक थियो। सोही कारण मैदान निर्माणमा सरकार र स्थानीयको ध्यान जान सकेन्। तर, मैदानमा स्थानीयले आफ्नै श्रम र श्रोत प्रयोग गर्दै कोहलपुर कप अनि नेपालगञ्ज कप जस्ता प्रतियोगिता आयोजना गर्दै गए।

स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदा पनि २०७० सालसम्म पनि सरकारले उक्त मैदानलाई कुनै वास्ता गरेको थिएन्। तत्कालिन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले भने मैदानको निरिक्षण पश्चात २०७१–७२ को बजेटमा पहिलोपटक ३० लाख बजेट छुटाइदिए। उक्त रकमले मैदानको दक्षिणी भागमा रहेको तल्लो भागमा माटो फिलिङको काम गरियो।

२०७२–७३ मा पनि ६० लाख रुपैयाँ बजेट आएको थियो तर क्षेत्रीय खेलकुद विकास समितीले अग्रसरता नदेखाउँदा उक्त बजेट फ्रिज भयो। अर्कोवर्ष पनि विनियोजित ६० लाखबाट नजिकै रहेको खोलाले मैदान असर नपुर्याओस भनेर तटबन्ध निर्माण गरियो।कोहलपुर क्रिकेट रंगशालाकाे गुरुयोजना

राखेपले अघिल्लो वर्ष नै कोहलपुर मैदानको डीपीआर तयार गरेको थियो।

२०७४–७५ मा मैदानका लागि सबैभन्दा बढी १ करोड रुपैयाँ छुट्टियो। जसमध्ये १० लाख रुपैयाँ मैदानको विस्तृत परियोजना रिपोर्ट(डिपीआर)का लागि छुट्टाइयो भने बाँकी ९० लाखबाट मैदानमा कंक्रिटको बाउड्री लगाइएको छ।

यस आर्थिक वर्षमा भने मैदानका लागि १० लाख रुपैयाँमात्रै बजेट आएको थियो। जसले मैदानमा तीनवटा पीचहरु निर्माण भएका छन्। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माबाट शिलन्यास भएको उक्त पीचमा नै अहिले आठौं राष्ट्रिय प्रतियोगिताहरु सञ्चालन भइरहेका छन्।

आश्वासनका चाङ
यस मैदानमा पाइला टेक्दै यसअघिका पूर्व युवा तथा खेलकुद मन्त्रीहरु पुरुषोत्तम पौडेल, दलजीत श्रीपाइली, राजेन्द्रकुमार केसी र अहिलेका जगतबहादुर सुनार विश्वकर्माले मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँने आश्वासन पटक पटक दिन भ्याईसकेका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवहरु जीवनराम श्रेष्ठ, युवराज लामा र अहिलेका केशव विष्टले पनि पटक पटक रंगशाला निर्माणको आश्वासन बाँडेका छन्। तर, कसैको आश्वासले पनि मुर्त रुप भने पाएको छैन्।

यसपटक आठौं खेलकुद प्रदेश ५ मा हुने भएपछि क्रिकेटको भेन्यूका रुपमा कोहलपुर तोकिएको थियो। तर, मैदानमा आवश्यक न्यूनतम पूर्वाधार नभएको भन्दै भेन्यू सार्ने प्रयास पनि भयो। तर, कोहलपुर नगरपालिका तथा स्थानीयहरुले आवश्यक न्यूनतम पूर्बाधारहरु आफूहरुले जतिसक्दो चाडो निर्माण गर्ने भनेपछि बल्ल कोहलपुरमा क्रिकेट हुने निश्चित भएको हो।

कोहलपुर मैदानमा आठौं राष्ट्रिय प्रतियोगिताका पुरुष क्रिकेट खेलहरु भइरहेका छन्

कोहलपुर मैदानमा आठौं राष्ट्रिय प्रतियोगिताका पुरुष क्रिकेट खेलहरु भइरहेका छन्

कोहलपुर बासीको मैदानप्रतिको समर्पणबाट प्रभावित हुँदै खेलकुद मन्त्री विश्वकर्माले क्रिकेट पीच शिलान्यास गर्ने क्रममा अब भेन्यू परिवर्तन नहुने बताएका थिए। लगत्तै दर्शकहरु मैदानभित्र छिर्न नपाउँन भनेर नगरपालिकाले आफ्नै बजेटमा आइरन बाउड्री लगाउनुका साथै फिनिसिङका कामहरु गरिदिएपछि प्रतियोगिता सञ्चालन सहज भएको हो।

यसपटक पनि पीचको शिलान्यास गर्दै खेलकुदमन्त्री तथा सचिवले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मैदान निर्माणका लागि अबको आर्थिक वर्षमा बजेट विनियोजन हुने आश्वासन दिएका छन्। क्षेत्री भने यसपटक केही आशावादी छन्।

‘यसपटक मन्त्री र सचिव ज्यूले दिएको आश्वासनमा हामीले विश्वास राखेका छौं,’ क्षेत्रीले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड भनेको प्याराफिट नै बन्नुपर्छ भन्ने हैन्। कम्तीमा खेल्ने एरिना अन्तर्राष्ट्रिय मापदण्ड होस्, प्लेयरका लागि आवश्यक सुबिधाहरु होस्, ड्रेसिङ, प्रेश रुम होस्। यी कुराहरु भएपछि निश्चित पनि यो मैदान हरेक हिसाबले नेपाली क्रिकेटको नयाँ गन्तव्य बन्नेछ।’

२०७६–७७ को वजेटमा उक्त न्यूनतम सुविधाका लागि बजेट आए एकवर्ष भित्र मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डयुक्त बनाउँन सकिने विश्वास क्षेत्रीले गरे।

यो पनि: यस्तो छ कोहलपुर क्रिकेट स्टेडियमको गुरु योजना

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 06:56:26
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...