आठौं राष्ट्रिय खेलकुद: विभागीयकै वर्चश्व, ह्याण्डबलमा गण्डकीको विजयी सुरुवात




आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबारबाट नेपालगन्जमा सुरु भएको पुरुषतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ।

विहिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४०–१५ को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

गण्डकीको जितमा कप्तान विशाल बस्नेतले ८ गोलको योगदान दिदा कर्णालीका केशव बिष्टले भने ११ गोलको योगदान दिए। विहीबार नै भएको पुरुषतर्फको दोस्रो खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लबले क्षेत्र नं ५ लाई ४२–१७ गोलले पराजित गर्यो। नेपालगन्जको रंगशालामा संचालन भएको पुरुष तर्फको उक्त खेलमा शुक्रबार ५ खेल हुने भएको छ।

त्यसैगरी महिलातर्फ विहीबार दुईवटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा नेपाली सेनाले प्रदेश नम्बर ३ लाई ३१–४ को फरालिको गोल अन्तरले पराजित गरेको छ। दोश्रो खेलमा प्रदेश नम्बर ५ प्रदेशले कर्णाली प्रदेशलाई १०–७ को गोल अन्तरले पराजित गरेको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालयको परिसरमा हुने उक्त खेलमा शुक्रबार ५ खेल हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले उक्त प्रतियोगिताको विहिबार विहान औचिारिक उद्घाटन गर्दै अब खेलाडीहरुको भविश्य ग्यारेन्टी गर्ने गरी आफुहरुले नयाँ योजना ल्याउन लागेको बताए । स्थित सरकारको समयमा खेलाडीहरुको भविश्य ग्यारेन्टी गर्ने बिषयमा आफुहरु गम्भिर हुने उनले जनाए ।

पुरुषतर्फ र महिला तर्फको ह्याण्डबलमा ९ टिमको सहभागिता रहेको छ । नेपाल प्रहरीको विभागीय टिमले यस संस्करणको प्रतियोगितामा सहभागिता जनाएको छैन।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्ज रंगशालामा शुक्रवार विहान भएको पुरुष हेन्डबल खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन्। विहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४३–१५ गोलले पराजित गरि गण्डकी प्रदेश विजयी भएको छ।

प्रतियोगितामा गण्डकी प्रदेशका सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे। त्यसैगरि सुदूरपश्चिम प्रदेशका विकास विष्ट र सरोज सिंहले पाँच–पाँच गोल गरे।

त्यसैगरि, शुक्रवार विहान भएको अर्को खेलमा नेपाल आर्मी विजयी भएको छ। आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोल अन्तरले पराजित गरेको हो।

प्रतियोगितामा आर्मीका निर्मल बाबुले सर्वाधिक ११ गोल गर्दा कर्णाली प्रदेशका केशव विष्टले ५ गोल गरे।

शुक्रवार बेलुका तीन वटा खेल हुने भएको छ। बेलुकी पहिलो खेल प्रदेश ५ का विरुद्ध प्रदेश २, एपिएफ विरुद्ध प्रदेश ३ र प्रदेश ५ विरुद्ध सुदूरपश्चिम प्रदेशबीच खेल हुने हेन्डबलका बरिष्ठ प्रशिक्षक जयन्त शर्माले जानकारी दिए।

विभागीयकै वर्चश्व

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय क्लबहरुकै वर्चस्व रहेको छ। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पदक तालिकामा अग्रस्थानमा छ। सेनाले विहीबारसम्म ३४ स्वर्णसहित १७ रजत, २४ कास्य गरी ८५ पदक हात पारेको छ। त्यस्तै, दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लब १९ स्वर्ण, १७ रजत र १७ कास्यसहित कूल ५३ पदक हात पारेको छ। अर्को विभागीय सशस्त्रले १५ स्वर्ण, १२ रजत र १७ कास्यसहित ५३ पदक जितेको छ।

प्रदेश नं ३ अंक तालिकाको चौथो स्थानमा छ। प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य गरी ५० पदक हात पारेको छ । गण्डकी प्रदेशले पाँचौ स्थानमा आफूलाई कायमै राखेको छ। गण्डकीले ६ स्वर्ण, ७ रजत र १९ कास्य गरी ३२ पदक जितेको छ।

प्रदेश नं २ पदक तालिकाको छैटौं स्थानमा छ। उसले ६ स्वर्ण ६ रजत र ५ कास्य गरी १७ पदक जितेको छ। सुदुर पश्चिम प्रदेश पदक तालिकाको सातौं स्थानमा छ। उसले ६ स्वर्ण ५ रजत र ११ कास्य गरी २२ पदक जितेको छ। आयोजक प्रदेश ५ पदक तालिकाको आठौं स्थानमा छ। प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र २१ कास्य गरी ३३ पदक हात पारेको छ।

प्रदेश नं १ पदक तालिकाको नवौं स्थानमा छ। प्रदेश नं १ ले ३ स्वर्ण, ५ रजत र २५ कास्य गरी ३३ पदक जितेको छ। कर्णाली प्रदेश अंक तालिकाको १० औं स्थानमा छ। कर्णालीले २ स्वर्ण, १ रजत र २ कास्य गरी ५ पदक जित्न सफल भएको छ। कर्णालीले बिहीबार २ स्वर्ण र १ रजत जित्न सफल भएको हो। १ स्वर्ण र २ कास्य गरी एनआरएन पदक तालिकाको अन्तिममा छ।

प्रकाशित ६ बैशाख २०७६, शुक्रबार | 2019-04-19 20:46:48
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...