वुमुन्स च्याम्पियन्स लिगको टोली र मार्की खेलाडी सार्वजनिक




टोलीका सार्वजनिक टोलीका मार्की खेलाडीहरु
टोलीका सार्वजनिक टोलीका मार्की खेलाडीहरु
प्रविन कोईराला

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको आयोजनामा आगामी जेठमा हुने वुमन्स च्याम्पियन्स लिगको टोली र मार्की खेलाडी सार्वजनिक गरिएको छ।

जेठ ३ गतेबाट ११ गतेसम्म हुने प्रतियोगितामा पाँच शहरका फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँने भएका छन्।

प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सको सहभागिता हुने भएको छ।

सिर्जना जोशी मालिक रहेकी ललितपुरका मार्की खेलाडीमा नेरी थापा रहेकी छिन्। यस्तै विनायक पोखरेल अध्यक्ष रहेको पोखरा पल्टनमा सिता रानामगर मार्की खेलाडीका रुपमा रहेकी छिन्।

जेफोर स्पोर्टसको स्वामित्वमा रहेको टिम क्यापिटल रोयल्स काठमाडौंकी मार्की खेलाडीमा रुबिना क्षेत्री तथा मिङमा टण्डु शेर्पाको टोली चितवनको मार्की खेलाडी इन्दु बर्मा र पारस लुनियाको मालिक रहेको टोली विराटनगरको मार्की खेलाडी सरिता मगर रहेकी छिन्।

कार्यक्रममा विराटनगर टाइटन्सका प्रतिनिधि सुरज क्षेत्रीले नेपाली क्रिकेटमा वुमन्स च्याम्पियन्स लिग नयाँ अवधारणा रहेको भन्दै यसलाई लिगका रुपमा मात्रै नलिएर समग्र महिला क्रिकेटको विकासका लागि आफूहरु लागिपर्ने प्रतिवद्धता जनाए।

यस्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट भनेको पुरुष क्रिकेटमात्रै नभएको भन्दै महिला क्रिकेटका लागि अगाडी आएका कर्पोरेट हाउसहरुलाई धन्यवाद ज्ञापन गरे। 

काठमाडौं टोलीका प्रतिनिधि उत्सव प्रधानांगले पुरुष क्रिकेट जत्तिकै महिला क्रिकेटले पनि महत्व पाउनुपर्नेमा जोड दिए। साथै उनले आफ्नो टोलीले पुरुष क्रिकेट सरह महिला क्रिकेटको विकासमा योगदान पुर्‍याउने विश्वास दिलाए।

काठमाडौंकी मार्की खेलाडी रुविना क्षेत्रीले आफूहरुमाथि लगानी गरेकोमा सम्पूर्ण टोलीहरुलाई धन्यवाद दिदैँ आफूहरुले लगानीको प्रतिफल दिने बताइन्।

चितवन राइनोजका अध्यक्ष शेर्पाले नेपाली महिला क्रिकेटलाई अघि बढाउने यो महत्वपूर्ण खुड्किलो भएको बताए। उनले नेपाली क्रिकेटको अभिभावक संस्था क्यान नभएको अवस्थामा निजी क्षेत्रले क्रिकेट विकासमा देखाएको अग्रसरता सम्मान योग्य रहेको बताए। टोलीकी मार्की खेलाडी इन्दु बर्माले आफूहरु प्रतियोगिताका लागि एकदमै उत्साहित रहेको बताइन्।

यस्तै पुरुष क्रिकेट टोली ललितपुर प्याट्रियोट्समा पनि लगानी गरेको ललितपुर फाल्कोन्सकी अध्यक्ष सिर्जना जोशीले आफूहरुले पहिले पनि क्रिकेटमा काम गर्दै आएको भन्दै पुरुष क्रिकेट अनुरुप नै महिला क्रिकेटको विकासमा लागि पर्ने बताइन्। ललितपुर प्याट्रियोट्सले अघिल्लो संस्करणको एभरेष्ट प्रिमियर लिगको उपाधि उचालेको थियो। 

टोलीकी मार्की खेलाडी नेरी थापाले वुमन्स च्याम्पियन्स लिगले महिला खेलाडीको प्रशिक्षण तथा सुबिधामा पनि सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि निरन्तरता पाओस् भनिन्।

पोखरा पल्टनका अध्यक्ष विनायक पोख्रेलले आफूहरुले पुरुष क्रिकेटमा विगुल फुकिसकेको भन्दै महिला क्रिकेटमा पनि उस्तै उत्साहका साथ अघि बढ्ने बताए। पोखरा पल्टन क्विन्स इभेन्ट्सले नै आयोजना गर्ने पुरुष क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको विजेता समेत हो। 

टोलीकी मार्की खेलाडी सिता रानामगरले मरिसकेको महिला क्रिकेटलाई यस्ता लिगहरुले पुर्नजन्म दिएको टिप्पणी गरिन्। उनले आफूहरुले प्रतियोगितामा सक्दो उत्कृष्ट दिने प्रयास गर्ने बताइन्।

प्रकाशित २९ चैत २०७५, शुक्रबार | 2019-04-12 16:23:34
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

प्रविन कोइराला नेपालखबर मल्टिमिडिया संवाददाता हुन्

@i_m_pra

प्रविन कोइरालाबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...