साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने



Kshamadevi Group


नेपाली महिला राष्ट्रिय टोली
नेपाली महिला राष्ट्रिय टोली
.

महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्।

विराटनगरमा बुधबार भएको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४-० ले पराजित गर्दै शुक्रबार हुने फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। 

त्यसअघि भएको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई पनि ४-० गोलअन्तरले नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 

साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करण चलिरहदा नेपाल र भारत उपाधिका लागि चौथो पटक भिड्न लागेका हुन्। सुरुवाती तीन संस्करणमा उपाधिका लागि नेपाल र भारत नै भिडेका थिए। तीनवटै संस्करणमा भारतले नेपाललाई पराजित गर्दै उपाधि उचालेको थियो। 

चौथो संस्करणमा भने नेपाल र भारतको भेट सेमिफाइनलमा नै भएपछि नेपालले फाइनल खेल्न पाएन्। यस संस्करणमा शुक्रबार पुन: यी दुई टोलीहरु शहीद रंगशालामा आमने सामने हुनेछन्। 

पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफको अन्त्यमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको हो।

नेपालका लागि खेलको ४२ औं पुनम चर्गा मगरले सुरुवाती गोलगर्दा खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरेकी थिइन्।

यस्तै नेपालका लागि तेस्रो गोल खेलको ८२ औं मिनेटमा सावित्रा भन्डारीले गरेकी थिइन्। खेलको ८६ औं मिनेटमा रेखा पौडेलले नेपालका लागि चौथौं गोल गरेकी हुन्।

यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो।

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 12:37:03
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।