अमेरिकामा प्रतिमाको ठूलो फड्को, पहिलो व्यावसायिक प्रतियोगिता खेल्दै




टाइगर उड्ससँग प्रतिमा
टाइगर उड्ससँग प्रतिमा

नेपाली एमच्योर गल्फर प्रतिमा शेर्पाले अमेरिकामा पहिलो व्यावसायिक गल्फ प्रतियोगिता खेल्ने भएकी छिन्।

याे पनि


प्रतिमाले यसै मार्चको अन्त्यमा हुने सुमेट्रा गल्फ टूरमा सहभागिता जनाउने पक्का भएको इएसपीएनले जनाएको छ। क्यालिफोर्नियामा २९ देखि ३१ मार्चमा उक्त प्रतियोगिता हुनेछ।

सुमेट्रा टूर महिलाहरुको व्यवसायिक गल्फ प्रतियोगिताहरुको शृंखला हो। तीनदर्जन बढी प्रतियोगिता हुने उक्त टूर मार्चबाट सुरु भएर अक्टोबरसम्म सञ्चालन हुन्छ।

तीमध्ये प्रतिमाले आइओए च्याम्पियनसिप खेल्ने भएकी हुन्। उक्त च्याम्पियनसिपको विजेताले १ सय २५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछ।

नेपालको पहिलो व्यवसायिक गल्फर बन्ने चाहना राखेकी प्रतिमाले आफू उक्त टूरमा खेल्ने पहिलो नेपाली गल्फर बन्न पाएकोमा खुशी व्यक्त गरिन्।

‘नेपालको गरिब परिवारकी सदस्य भएर राष्ट्रिय गल्फर बन्छु भन्ने मैले कहिलै सोचेको थिएन,’ प्रतिमाले भनिन्, ‘गल्फकै कारण म आज अमेरिकामा छु र पहिलो नेपालीका रुपमा सुमेट्रा टूरमा सहभागिता जनाउँन पाउँदा निकै गर्व लागिरहेको छ। यो मेरो जीवनको ठूलो अवसर हुनुका साथै मेरो देशका लागि पनि उपलब्धि हो।’

सिनामंगलस्थित रोयल नेपाल गल्फ क्लबसँगैको छाप्रोमा हुर्केकी प्रतिमा गत जनवरीमा क्यालिफोर्नियाको भिन्टुरास्थित स्थानिय ट्यान्या स्मिथ मान्टोनो परिवारसँग बस्दै आएकी छिन्। उक्त परिवारले प्रतिमाको पढाई र खेलमा सहयोग पुर्याउँदै आएको छ।
प्रतिमा हाल सान्ता बार्बरा सिटी कलेजमा स्नातक अध्ययन गरिरहेकी छिन् भने उक्त कलेजको गल्फ टोलीसँग अभ्यास गर्छिन्।

‘सुमेट्रा टूरले मलाई आउँदा दिनमा अझ बढी आत्मविश्वासी बनाउन सहयोग पुर्याउने विश्वास लिएकी छु,’ प्रतिमाले भनिन्, ‘म सधैँ लेडिज व्यवसायिक गल्फ खेल्न चाहान्थे। मलाई विश्वास थिएन् कि यति चाडैँ सपना पूरा हुनेछ। मैले जीवनमा सधैँ दुई कुरा फलो गरे, केही कुरापनि असम्भव छैन् र कडा मेहनतको प्रतिफल अवश्य आउँछ।’

इएसपीएनले गतवर्ष अप्रिलमा प्रतिमाको जीवनमा आधारित ‘ए माउन्टेन टू क्लाइम्ब’ डक्युमेन्ट्री बनाएपछि विश्व गल्फको ध्यान उनीतिर आकर्षित भएको थियो।

‘प्रतिमाको स्टोरी हेरेपछि जो कोहीले पनि उनी कस्तो प्रतिकुल परिस्थितीबाट पनि उठिन भन्ने थाहा भयो,’ सुमेट्रा टूरका मुख्य विजनेश अफिसर मिकी निकोल्सले भने, ‘उनी आशावादी र प्रेरणाकी खानी हुन्। हामी उनको जीवनमा एउटा सानो कथा जोड्न पाउँदा गर्व महसुस गर्दैछौं।’

प्रतिमाको गल्फ करिअर


सिनामंगलमा अवस्थित रोयल नेपाल गल्फ क्लबमा प्रतिमाका आमा र बुवा मजदुरी गर्थे। क्लबकै छेउमा उनीहरुको एक छाप्रो थियो। त्यही सामान्य छाप्रोमा जन्मिएकी प्रतिमाको नेपालकी नम्बर एक महिला गल्फर बन्नु देखि उड्ससँग भेट्नु पछाडी प्रेरणादायी कथा छ।

छाप्रोमा बाल्यकाल विताउने क्रममा प्रतिमाले क्लबमा प्रत्येक दिनजसो गल्फरहरुले गल्फ खेलेको दृश्य देखि रहिन्। सोही दृश्यले उनलाई पनि यस खेलप्रति आकर्षित गर्यो। ठूला मान्छेहरुले गल्फ खेलेको सिको गर्दै बाल्यकालमा प्रतिमाले लठ्ठीलाई गल्फ स्टिक र ढुङ्गा बल बनाउँदै यताउता गुडाउन थालिन्।

११ वर्षकी हुँदादेखि प्रतिमा गल्फ खेल्न थालेकी हुन्। नेपाल गल्फ एशोसियसनले गल्फप्रति स–साना खेलाडीको पनि रुची बढाउने उदेश्यले उनीहरुलाई सिकाउन एक कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रमका प्रशिक्षक सचिन भट्टराई थिए। जसले नियमित प्रशिक्षणमा प्रतिमाले यहाँसम्मको बाटो कोरेकी हुन्।

सो कार्यक्रममा पहिलोपटक प्रतिमाले गल्फको स्टिक समातेकी थिइन्। उक्त कार्यक्रममा प्रतिमाको खेलप्रतिको लगाव, सिक्न चाहने गुण र आत्मविश्वास देखेपछि क्लबले उनलाई निः शुल्क सदस्यता दियो। प्रशिक्षक भट्टराईले पनि उनलाई निशुल्क गल्फ सिकाई दिने बाचा गरे।

प्रतिमा अाफ्ना पुरस्कारहरुका साथमा

प्रतिमा आफ्ना पुरस्कारहरुका साथमा

निम्न वर्गिय परिवारमा जन्मिएकी प्रतिमाको गल्फ खेल्न चाहनालाई अभावले रोकेन्। गल्फका खेल सामाग्रीहरु महंगा हुन्थे। किन्न मुस्किल थियो। त्यसको पनि समाधान निस्क्यो। क्लबमा आउने सदस्यहरुले उनलाई पूराना खेल सामाग्री दिएर सहयोग गरे।

तिनै पुराना खेल सामाग्रीबाट खेलजीवन सुरु गरेकी उनले निरन्तर मेहनत र लगावले छोटो करिअरमै ४० वर्ष बढी उपाधि जितिसकिन।अहिले उनी नेपालकी नम्बर १ नेपाली महिला गल्फर हुन्।

उनी व्यावसायिक गल्फ ‘सूर्य नेपाल गल्फ टुर’को छनोट खेल्ने पहिलो महिला खेलाडी समेत हुन्। गतवर्ष उनले फाल्डो सिरिज नेपालको उपाधि जितेकी थिइन्। उनी फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा सहभागी समेत भइन्। यो उच्चकोटीको व्यवसायिक गल्फ प्रतियोगिता अन्तर्गत पर्छ।

गत बैशाखमा प्रतिमाले विश्व चर्चित गल्फर टाइगर उड्सलाई भेटेकी थिइन्। 

फोटो/भिडियाे: प्रविन कोइराला

 
प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 12:31:58
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।