नेपाल भर्सेस बंगलादेशः समूह विजेता बन्ने कडा प्रतिस्पर्धा




नेपाली महिला टोली
नेपाली महिला टोली

दक्षिण एसियाली फुटबल(साफ) महिला च्याम्पियनसिपमाको पहिलो खेलमा भुटानलाई पराजित गरेर समूह एका बाँकी दुई टोली नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गरेको थियो भने समूहको दोस्रो खेलमा बंगलादेशले भुटानलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

शहिद रंगशाला विराटनगरमा समूह एको अन्तिम खेलमा शनिबार नेपाल र बंगलादेश भिड्दैछन्, जसले समूह एको विजेताको टुंगो लगाउँनेछ।

नेपालको स्पष्ट लक्ष्य बंगलादेशलाई पराजित गर्दै समूह विजेता बन्नेछ। खेलपूर्व शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक हरि खड्काले अट्याकिङ फुटबल खेलेर बंगलादेशविरुद्ध क्लिनचिट राख्दै समूह विजेता बन्ने लक्ष्य सुनाए।

‘हामी क्लिनचिट हुने गरेर जितका लागि खेल्छौं,’ प्रशिक्षक खड्काले भने, ‘अट्याकिङ फूटबल खेल्छौं। र, बंगलादेशलाई जितेर समूह विजेता हुदै सेमिफाइनलमा हुनेछौं।’

प्रशिक्षकको बोलीलाई तथ्यले सघाउ पुर्याउँछ। बंगलादेशविरुद्ध नेपालले हालसम्म खेलेका ५ खेल खेलेको छ। जसमध्ये चार खेल आफ्नो पक्षमा पारेको नेपालले एकमा बराबरी खेलेको छ। ती खेलमा नौं गोल गरेको नेपालले एक गोलमात्रै ब्यहोरेको छ।

समूह एको विजेता टोलीले सेमिफाइनलमा भारतसँगको खेल टार्न सक्छन्। समूह बीमा रहेको साफको चारवटै संस्करणको च्याम्पियन भारत उक्त समूहको विजेता बन्ने लगभग पक्का छ। नेपाल समूह विजेता बनेमा समूह बी को उपविजेता श्रीलंका या माल्दिभ्समध्ये एउटा प्रतिद्धन्द्धी पाउँनेछ।

बंगलादेशपनि सेमिफाइनलमा भारतको सामना गर्न चाहदैँन। त्यसैले उसको लक्ष्यपनि नेपाललाई रोक्दै समूह विजेता बन्ने रहेकाले यी दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

पछिल्लो समय आफ्नो स्तर सुधार गर्दै लगेको बंगलादेशले अघिल्लो वर्ष नोभेम्बरमा भएको ओलम्पिक छनोटको प्रारम्भिक छनोटमा नेपाललाई अतिरिक्त समयमा गोलको मद्दतमा १–१ को बराबरीमा रोकेको थियो। त्यही खेल नै बंगलादेशले नेपाललाई बराबरीमा रोकेको एकमात्रै खेल हो।

साफ च्याम्पियनसिपको सुरुवाती तीन संस्करणको फाइनल खेलेको नेपाललाई दुईवर्षअघि भएको चौथो संस्करणमा भारतले सेमिफाइनलमा नै रोकेको थियो। उक्त संस्करणमा फाइनल खेलेको बंगलादेशी टोलीका प्रशिक्षक गोलाम रब्बानी यसपटक आफूहरुको लक्ष्य पनि फाइनल खेल्ने रहेको बताउँछन्।

उनले भने, ‘हामी अघिल्लो संस्करण भन्दा राम्रो प्रदर्शन गर्न विराटनगर आएका हौं। अघिल्लो संस्करणमा उपविजेता थियौं यस संस्करणमा उपाधि उचाल्नु हाम्रो लक्ष्य हो।’

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 10:55:23
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...