पिएसजीलाई बचाउने जिम्मेवारी एमबाप्पेको काँधमा



Kshamadevi Group


म्यान यूका पोग्बा र पिएसजीका एमबाप्पे
म्यान यूका पोग्बा र पिएसजीका एमबाप्पे

युइएफए च्याम्पियन्स लिग प्रि–क्वाटर फाइनलको पहिलो लेगमा मंगलबार राति म्यानचेस्टर यूनाइटेड र पिएसजीबीच महत्वपूर्ण खेल हुँदैछ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा लिग वान क्लब पिएसजीबीचको प्रतिस्पर्धा म्यान यूको घरेलु मैदान ओल्ड ट्राफोर्डमा आज राति नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ।

घरेलु मैदानमा हुने खेलमा निकै फर्ममा रहेको म्यानचेस्टर यूनाइटेडले पिएसजीलाई परास्त गर्ने लक्ष्य राखेको छ। खेल यूनाइटेडले नै जित्ने अनुमान गरिएको छ।

किनभने पिएसजीका तर्फबाट स्टार खेलाडीहरु नेमार जुनिएर र इडिसन काभानी मैदान उत्रँनै छैनन्।

नेमारलाई खुट्टाको इन्जुरी भएको छ भने काभानीलाई कम्मरमा चोट लागेको छ। पिएसजीले दुवै खेलाडी उपस्थित नहुने पुष्टि गरिसेको छ।

नेमार र काभानी दुवै फरवार्ड र उत्कृष्ट गोलकर्ता हुन्। यस्तो अवस्थामा उनीहरुको अनुपस्थिती क्लबको लागि घातक हुनसक्छ।

Image result for neymar and cavani

नेमार र काभानी

यद्यपी पिएसजीका तर्फबाट युवा स्टार केलिएन एमबाप्पे भने टोलीमा समावेश छन्। यतिबेला एमबाप्पेलाई पिएसजी जोगाउने जिम्मेवारी बढेको छ।

आजको खेल म्यान यूका काम चलाउ प्रशिक्षक ओले गनर सोल्स्कजारको लागि निर्णायक घडी समेत हो।

आजको खेल जिते उनलाई क्लबले सिजनको अन्त्यमा मुख्य प्रशिक्षक बनाउने बेलायती संचार माध्यमहरुले दाबी गरेका छन्।

Image result for solskjaer and pogba

सोल्स्कजारले म्यान यूको प्रशिक्षण सम्हाले यता म्यानचेस्टर यूनाइटेडले कुनै खेल हारेको छैन। यद्यपी पिएसजी लिग वानको लिडर हो म्यान यू प्रिमियर लिगको चौथौं स्थानमा छ।

तरपनि बलिया खेलाडीहरु घाइते हुनाले पिएसजीको च्याम्पियन्स लिग उपाधिमा धक्का लाग्न सक्छ।

म्यानचेस्टर यूनाइटेडमा पल पोग्बा, एन्थोनी मार्सियल, रोमेलु लुकाकु, एलेक्सिस सान्सेज, मार्कुस रासफोर्ड, जेसे लिंगार्ड जस्ता स्टार खेलाडीहरु छन्।

पिएसजीमा केलिएन एमबाप्पे, एंगल डि मारिया, ड्यानी आल्भेस, थियागो सिल्भा, जुलिएन ड्राक्सलरजस्ता स्टार खेलाडीहरु छन्। एजेन्सी

 

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 16:48:56
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।