Exclusive

लगातार दोस्रो जितसँगै रुपेन्देही शीर्षमा, पुनितको अलराउण्ड प्रदर्शन




रुपेन्देही च्यालेन्जर्स
रुपेन्देही च्यालेन्जर्स

विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै रुपेन्देही च्यालेन्जर्स रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको शीर्ष स्थानमा उक्लिएको छ।

फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो विराटनगरले दिएको ९४ रनको लक्ष्य रुपेन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाएर भेटायो। 

यो रुपेन्देहीको लगातार दोस्रो जित हो। यसअघि सोमबार भएको पहिलो खेलमा रुपेन्देहीले महेन्द्रनगर यूनाटेडलाई २ रनले पराजित गरेको थियो।

पुनित मेहराको अलराउण्ड प्रदर्शनको मद्दतमा रुपेन्देहीले दोस्रो जित हात पारेको हो। लक्ष्य पछ्याउने क्रममा पुनिले ४६ रनको आक्रामक पारी खेलेका थिए। २७ बलको सामना गरेका उनले २ चोका र ४ छक्का प्रहार गरेका थिए। 

यस्तै उसका विदेशी खेलाडी बाबर हायातले १७, भीम सार्कीले १० रन जोडेका थिए। 

त्यसअघि पुनितले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेपछि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रनमात्रै बनाउन सकेको थियो। 

विराटनगरका लागि मोहम्मद अब्दुला खानले १६, राजेश पुलामी मगरले १७, कुशल भुर्तेलले १२ र सांम्सद शेखले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

रुपेन्देहीका लागि पुनित मेहराले तीन विकेट लिनुका साथै तीन क्याच समात्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। चार ओभरको स्पेलमा पुनितले १ ओभर मेडन राख्दै २० रन खर्चिएर पृथु बास्कोटा(४), सांम्सद शेख र कुशल भुर्तेलको विकेट लिएका थिए।

यस्तै मेहराले हरी शंकर शाह, अविनाश यादव र करण केसीको क्याच समातेका थिए। रुपेन्देहीका लागि पुनितसँगै बसन्त रेग्मीले र ललितसिंह भण्डारीले समान २–२ विकेट लिएका थिए।

जितसँगै लगातार दुई खेल जितेको रुपेन्देहीले चार अंक जोड्दै अंकतालिकाको शीर्षमा स्थान बनाएको छ। 

यो पनि: भुवन कार्कीको धारमा धनगढी धराशायी, डीपीएलमा लगातार दोस्रो हार

 
प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 14:42:36
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।