Exclusive

इंग्लिस प्रिमियर लिग खेल्ने यी खेलाडीको सपना विमानसँगै समुद्रमा डुब्यो




सला
सला

कार्डिफ सिटीसँग सम्झौता भएपछि उनी प्रिमियर लिग खेल्न पाउनेमा ढुक्क थिए। त्यसदिन उनी निकै खुशी थिए।

किनभने फ्रान्सको ए डिभिजन लिग क्लब नान्ट्सबाट साढे तीनवर्ष खेलिसकेर ४८ गोल गरेपछि मात्र प्रिमियर लिगले उनलाई पहिचान गरेको थियो। उनी थिए अर्जेन्टिनी २८ वर्षीय खेलाडी इमिलियाना सला। जसले गत जनवरी १९ तारिखमा कार्डिफ सिटीसँग साढे ३ वर्षको लागि सम्झौता गरेका थिए।

कार्डिफसँगै उनलाई वेस्टह्याम, एभर्टन, लेस्टर सिटी, क्रिस्टल प्यालेस, फुलहाम तथा साउथह्याम्टनले अनुबन्ध गर्न चाहेका थिए। सला कार्डिफले कीर्तिमानी महँगो खेलाडी बन्ने निधो गरे। सला र कार्डिफबीच १५ मिलियन पाउण्डमा सम्झौता भयो।

१९ जनवरीमा कार्डिफसँगको सम्झौतासँगै उनले ट्वीटमा लेखेका थिए,‘मलाई आनन्दको अनुभूति भइरहेको छ, म मेरा नयाँ साथीहरुलाई भेट्न, उनीहरुसँग अभ्यास गर्न र खेलमा समावेश हुन् पर्खिन सकिरहेको छैन्।’

सोही दिन उनले अर्को ट्वीटमा भनेका थिए,‘मलाई थाहा छ चुनौती निकै ठूलो छ। तर, एक भएर हामी सपनालाई पूरा गर्नसक्छौं।’

उनले ट्वीटरमै आफ्ना नान्ट्सका साथीसँग विदाइ गरेका तस्बिर समेत सार्वजनिक गरे। क्याप्सनमा फ्रान्सेली शब्द ‘च्याओ’ लेखिएको थियो। जसको अर्थ ‘अलविदा, फेरि भेटौला’ हो।

तर उनी यसरी विदा भए। अब उनी कहिल्यै फर्किने छैनन्। उनी सधाका लागि अलविदा भए।

कार्डिफसँग सम्झौता भएको दुई दिनपछि २१ जनवरीमा एक विमान दुर्घटनामा परी उनको निधन भयो। विमान दुर्घटनासँगै २५ वर्षदेखिको त्याग, मिहिनेत, संघर्ष त्योभन्दा बढी उनको सपना पलभरमै चकनाचुर भयो।

१९ तारिखमा मेडिकल गरिसकेपछि उनी अन्तिम पटक पुराना साथीहरुसँग भेट्न फ्रान्स पुगेका थिए। उनलाई आगामी खेलमा उपस्थित हुन खबर गरिसकिएको थियो। उनी २१ तारिखमा अभ्यास खेलमा पुग्ने लक्ष्यका साथ लाइट विमानमा फ्रान्सबाट वेल्सका लागि उडे। उनी चढेको विमान विमान एल्डनी टापुबाट सम्पर्क विहिन भयो। अधिकारीहरुले समुद्रमा विमान डुबेको आशंका गरे।

उनी भेटिने आशा सकिएको समाचारहरु प्रवाह भए। तर अर्जेन्टिनी कप्तान लियोनल मेस्सी अर्जेन्टिनाका राष्ट्रपतिले फ्रान्स र वेलायतलाई खोजी जारी राख्द दबाब दिए। हेलिकप्टर, पानीजहाज, पानी मुनी समेत खोजी तिव्र पारियो। फेब्रुअरी ४ तारिखमा विमान फेला पर्यो। फेब्रुअरी ७ मा सलाको लास भेटियो।

विश्व फुटबल जगत यतिबेला सलाको निधनको शोकले स्तब्ध छ।

अर्जेन्टिनी जन्म, फ्रान्सेली पहिचान

इमालियानो सला सन् १९९० अक्टोबर ३१ मा अर्जेन्टिनामा जन्मिएका थिए। यद्यपी उनले पहिचान फ्रान्समा बनाए। सन् १९९४ अर्थात् ४ वर्षको उमेरदेखि सला फुटबलमा लागेका थिए। उनको पहिलो क्लब अर्जेन्टिनाको क्लब सान मार्टिन डि प्रोगेसो थियो।

उनले सन् २०१२ को सिजनदेखि फ्रान्समा पाइला टेके। सन् २०१२–२०१३ को सिजनमा ओलियन्स क्लबबाट खेलेका उनले त्यस सिजन १९ गोल गरे। त्यसपछि उनी अर्को फ्रान्सेली क्लब निर्टोमा सन् २०१३ देखि २०१४ मा अनुबन्ध भए। उनले त्यस अवधिमा २० गोल गरे।

त्यसपछि बल्ल उनी ए डिभिजन लिगमा प्रवेश गरे। उनले सन् २०१४ र २०१५ को सिजनमा दुइवटा क्लब परिवर्तन गरे। बोर्डिअक्सबाट १२ खेलमा एक गरेका सलाले किन क्लबबाट १३ खेलमा पाँच गोल गरे।Image result for emiliano sala with trophy

सन् २०१५ को सिजनबाट भने सला फ्रेन्च लिग वानमा चम्किन थाले। सन् २०१५ मा नान्ट्समा अनुबन्ध भएपछि उनी गत जनवरीसम्म त्यहीकै खेलाडी थिए। त्यस अवधिमा उनले ४८ गोल गरे। फ्रान्सेली बसाइमा सलाको खेललाई वेलायती जेमी भार्डि र अर्जेन्टिनी कार्लोस टेभेजसँग तुलना गरिन्थ्यो।

कार्डिफ सिटीमा अनुबन्ध भएर प्रिमियर लिग खेल्ने पक्का भएपनि उनले त्यो सपना पुरा गर्न पाएनन्। सलाको जन्म अर्जेन्टिनामा भएपनि उनलाई पहिचान फ्रान्सले दियो। तर, वेलायती पहिचानको सपना भने पुरा हुन पाएन।

प्रकाशित २९ माघ २०७५, मंगलबार | 2019-02-12 12:16:20
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।