बी डिभिजन लिगः सातदोबाटो र मध्यपुर विजयी




फुटबल
फुटबल

बी डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन्।

एन्फा मैदानमा आज भएको खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गेल अन्तरले पराजित गरेको हो। यस्तै मध्यपुर युथ एशोसिएशनले खुमलटारमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको छ। खुमलटारका लागि अभय राणाले २ गोल गरेपनि त्यो हार टार्न पर्याप्त भएन।

मध्यपुरका लागि सुवर्न विक्रम कार्की कल्याण लामिछाने र विबेश गुरुङले एक एक गोल गरेका थिए। ८ औं मिनेटमा सवर्न बिक्रम कार्कीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। ४० औं मिनेटमा खुमलटारका लागि अभय राणाले बरारबरी गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा कैलाश लामिछानेले गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा २–१ को अवस्थामा पुर्‍याएका थिए। ६६ औं मिनेटमा विवेश गुरुङले गोल थपेपछि मध्यपुरले ३–१ को अग्रता कायम गर्न सफल भएको थियो।

७० औं मिनेटमा खुमलटारका लागि अभय राणाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए। दोस्रो हाफको अतिरिक्त समयमा खुमलटारले पेनाल्टी पाए पनि राजेन्द्र देउलाले गोल गर्न चुक्दा मध्यपुर ३–२ गोल अन्तरले विजयी हुन सफल भयो।

यस्तै आज भएको पहिलो खेलमा सातदोवाटोले २१ औं मिनेटमा दीपेश गुरुङको गोल र ५३ औं मिनेटमा रञ्जन पुनले गरेको गोलबाट जीत निकाल्न सफल भयो। श्रीकुमारीका लागि सुविज्ञ रेग्मीले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल गरेका थिए।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 18:59:59
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...