महेन्द्रनगरमाथि रुपेन्देहीको २ रनको रोमाञ्चक जित



Kshamadevi Group


मेहन्द्रनगर यूनाइटेड
मेहन्द्रनगर यूनाइटेड

महेन्द्रनगर यूनाइटेडमाथि २ रनको रोमाञ्चक जित हात पार्दै रुपेन्देही च्यालेन्जर्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ।

फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा महेन्द्रनगरले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको रुपेन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रनमात्रै बनाउन सक्यो।

महेन्द्रनगरलाई अन्तिम ओभरमा १२ रन आवश्यक रहेका बेला रुपेन्देहीले अन्तिम ओभरमा कृष्ण कार्कीको हातमा बल थमाएको थियो। कृष्णले एक विकेट लिदैँ ९ रनमात्रै दिएपछि रुपेन्देहीले खेल २ रनले जितेका हो।

मेहेन्द्रनगरका सुब्रमुनियम आनन्दले सर्वाधिक २५ रन जोडे। ३४ बलको सामना गरेका उनले १ चौका र २ छक्का प्रहार गरे । यस्तै उसका रोहितकुमार पौडेलले २४, मोहम्मद नाभिदले १२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

महेन्द्रनगरका ओपनरद्धय दीलिप नाथ र शरद भेषावकर सस्तैमा पवेलियन फर्किए। विक्रम सोबले महेन्द्रनगरका कप्तान शरद(४)लाई आउट गरे । यस्तै अर्का ओपनर दीलिप नाथलाई ८ रनमा रुपेन्देहीका कप्तान बसन्त रेग्मीले आउट गरेका थिए। 

यस्तै कुशल मल्लले ९, आरिफ सेखले ५ रन बनाए। सिद्धान्त लोहनी शुन्य रनमै पवेलियन फर्किए। 

रुपेन्देहीका विक्रम सोबले ३, पुनित मेहराले २ तथा ललितसिंह भण्डारी र बसन्त रेग्मीले १ विकेट लिए। बसन्त रेग्मीले उत्कृष्ट बलिङ गर्ने क्रममा चार ओभरको स्पेलमा एक ओभर मेडन दिदैँ ८ रनमात्रै दिएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको रुपेन्देहीलाई निर्धारित २० ओभरमा १ सय ११ रनमा अलआउट पार्न महेन्द्रनगरका सिद्धान्त लोहनीले उत्कृष्ट प्रदर्शन गरेका थिए। 

सिद्धान्तले ३ विकेट लिनुका साथै २ क्याच लिएपछि रुपेन्देही सस्तैमा समेटिएको हो। रुपेन्देहीका उसका सुमित महर्जनले सर्बाधिक २७ रन जोडे। यस्तै विनोद भण्डारीले १९, सन्दीप सुनारले १५, विक्रम सोबले १६ र बाबर हायतले १४ रनमात्रै जोड्न सके।

सिद्धान्तले रुपेन्देहीका पुनित मेहरा(३), भीम सार्की (२), र बसन्त रेग्मी(०)को विकेट लिएका थिए। यस्तै उनले रुपेन्देहीका प्रदीप ऐरी(१) र बाबर हायातको क्याच समाते।

पार्ट टाइम बलरका रुपमा रहेका सिद्धान्तले दशौं ओभरको तेस्रो बलमा मेहराको विकेट लिएका थिए। यस्तै चौधौं ओभरको अन्तिम बलमा उनले भीमलाई अविनाश बोहराको हातबाट क्याच गराए भने सोह्रौं ओभरमा आफ्नो अन्तिम ओभर लिएर आएका उनले रुपेन्देहीका कप्तान बसन्तलाई खाता नै खोल्न नदिई बोल्ड पारेका थिए। 

चार ओभर बलिङ गरेका सिद्धान्तले १९ रनमात्रै खर्चेर ३ विकेट लिए। यस्तै अविनाश बोहरा र सागर ढकालले समान २–२ विकेट लिए।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 14:47:21
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...