नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को टि-२० वरियतामा ठूलो फड्को मारेका छन्।
आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार पारस पहिलो पटक टि-२० को अलराउण्डर वरियताको शीर्ष ४० भित्र परेका हुन्।
अघिल्लो सातामात्रै पारसको कप्तानीमा रहेको नेपाली टोलीले यूएईविरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो। उक्त शृंखला नेपालले २-१ ले जितेपछि पारस ४०औं नम्बरमा अटाएका छन्।
पारसले ७६ रेटिङ प्वाइन्ट पाएका छन्। जुन उनले करिअरमा पाएको सर्वाधिक उच्च प्वाइन्ट समेत हो। टि-२० को ब्याटिङ वरियतामा भने पारस ९०औं स्थानमा छन्।
वलिङ वरियतामा नेपालका तीव्रगतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन्। सोमपालले पनि यसपटक करिअरको उच्च ४०९ प्वाइन्ट पाएका हुन्।