चेल्सी विरुद्ध सिटीको आधा दर्जन गोल, अग्वेरोको ह्याट्रीक



Kshamadevi Group


अग्वेरो
अग्वेरो

इंग्लीस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ। चेल्सीलाई लज्जास्पद हार चखाउने क्रममा सिटीले चेल्सीको पोस्टमा आधा दर्जन गोल गरेको हो।

आइतबार राति चेल्सीले अवे मैदानमा एक गोलपनि फर्काउन सकेन। सिटीको जितमा अर्जेन्टिनी स्ट्राइकर अग्वेरोले ह्याट्रिक पुरागर्दा, रहिम स्टर्लिङले २ तथा इके गुन्डोआले एक गोल गरे।

२८ वर्षपछिको यो नै चेल्सीको ठूलो गोल अन्तरको हार हो। यसअघि सन् १९९१ मा चेल्सी नटिङघामसँग ७–० ले पराजित भएको थियो।

सर्जियो अग्वेरोले ह्याट्रिक गरेसँगै उनले प्रिमियर लिगको किर्तिमानी ह्याट्रिक कर्ता एलन सियररसँग बराबरी गरेका छन्। दुवैको ११–११ ह्याट्रिक भएको छ।

सियरर रिटायर्ड फुटबलर हुन्। अग्वेरो प्रिमियर लिग सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा समेत उक्लिएका छन्। शीर्ष स्थानको लिभरपुलका मोहम्मद सलाह र अग्वेरोको समान १७–१७ गोल भएको छ।

यद्यपी असिस्टका आधारमा अग्वोरो दोस्रो स्थानमा रहेका हुन्। यस जितसँगै २७ खेल खेलेको सिटी लिगमा शीर्ष स्थानमा उक्लिएको छ।

Image result for chelsea lose

सिटी र लिभरपुलको समान ६५–६५ अंक छ। यद्यपी गोल अन्तरका आधारमा चेल्सी शीर्ष स्थानमा पुगेको हो। एक खेल कम खेलेको लिभरपुल दोस्रो स्थानमा छ।

हारसँगै चेल्सीलाई झड्का लागेको छ। चेल्सी ५० अंकसहित छैठौं स्थानमा झरेको छ।

टोटनह्याम विजयी

प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा टोटनह्याम विजयी भएको छ। टोटनह्यामले लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको हो।

टोटनह्याम लिगमा ६० अंकसहित तेस्रो स्थानमा छ। पराजित लेस्टर ३२ अंकसहित १२ औं स्थानमा छ।

 

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 11:47:51
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...