Exclusive

रोमाञ्चक खेल जित्दै डीपीएलमा काठमाडौंको विजयी सुरुवात




धनगढी स्टार्स
धनगढी स्टार्स
सलमान साह

साविकको उपविजेता काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ।

सोमबार फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली धनगढी स्टार्स ४  विकेटले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो।

धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य काठमाडौंले ६ विकेट गुमाएर भेट्टाएको थियो। अन्तिम ओभरमा काठमाडौंलाई जितका लागि ८ रन आवश्यक रहँदा खेल रोमाञ्चक बनेको थियो।

धनगढीका विदेशी खेलाडी यूएईका आमिर हायातको पहिलो बलमा मेहबुब आलमले एक रन लिए। दोस्रो बलमा क्रिजमा आएका विक्रम भुषालले कुनै रन लिन सकेनन्। तेस्रो बलमा प्याडमा बल लागेपछि ब्याट्सम्यानहरु दौड्दै एक रन पूरा गरे। 

तीनबलमा ६ रन आवश्यक रहेका बेला क्रिजमा आएका मेहबुबले चौथो बलमा २ र र पाँचौै बलमा चौका प्रहार गर्दै एक बल बाँकी रहँदा काठमाडाै‌लाई जित दिलाएका थिए।

त्यसअघि विपिन खत्रीले छैटौं ओभरको अन्तिम बलमा काठमाडौंका ओपनर गौरव तमोरलाई एलबिडब्लुको सिकार बनाउँदै धनगढीलाई पहिलो सफलता दिलाएका थिए। तमोरले २४ बलमा ३ चौका र २ छक्काको मद्दतमा २८ रन जोडे।

दोस्रो विकेटका लागि अंकित दबास र अनिलकुमार साहले ५७ रनको साझेदारी गर्दै काठमाडौंको स्कोर अघि बढाए। पन्ध्रौ ओभरको पहिलो बलमा रोहन मुस्तफाले दबास(२९)लाई बोल्ड गर्दा काठमाडौं ८९–२ को स्थितीमा थियो।

तर, त्यसपछि रोहन मुस्तफाले धनगढीलाई खेलमा फर्काए। सोही ओभरको चौथो बलमा रोहनले नै अनिलकुमार साहलाई २४ रनमा बोल्ड पारे। अनिलले ४० बलमा दुई चौका प्रहार गरे।

सोह्रौ ओभरको अन्तिम बलमा आमिर हायातले काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल(३) र लगत्तै अर्को ओभरको पहिलो बलमा सोनु तामाङ(२) तथा अन्तिम बलमा योगेन्द्रसिंह कार्की(२)लाई रोहन मुस्तफाले पवेलियन फर्काएपछि धनगढी खेलमा फर्कने प्रयास गरेको थियो तर अन्तिम ओभरमा खेल पुगेपनि त्यो सफल हुन सकेन् ।

त्यसअघि अमित श्रेष्ठले डीपिएलको तेस्रो संस्करणको पहिलो अर्धशतक प्रहार गर्दै ५० रन जोडेपछि धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन जोड्यो।

५० बलको सामना गरेका अमितले सम्हालिएर खेल्दै ४ चौका र २ छक्का प्रहार गरे। यस्तै उसका सन्दीप रजालीले २८, सौरभ खनालले २०, पवन सर्राफले १९ रन जोडे।

पहिलो ओभरको तेस्रो बलमा नै धनगढीले रनआउटका रुपमा रोहन मुस्तफालाई गुमाएपछि क्रिजमा आएका अमितले १९औं ओभरको चौथो बलसम्म एकापट्टीको क्रिज सम्हालेका थिए।

अमितले तेस्रो विकेटका लागि सन्दीप रजालीसँग ५२ तथा चौथो विकेटका लागि पवन सर्राफसँग ४३ रनको साझेदारी गर्दै धनगढीको इनिङ्स अगाडी बढाएका थिए।

प्रकाशित २८ माघ २०७५, सोमबार | 2019-02-11 10:49:47
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।