नेपाली सेनाको आयोजनामा ‘रन फर फन’ म्याराथन



Kshamadevi Group


SARITA

नेपाली सेनाले आयोजना गर्ने प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुन १८ गते हुने भएको छ।

नेपाली सेनाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो वर्ष ‘रन फर फन’ भन्ने मूल नारामा प्रतियोगिता हुन लागेको जानकारी दिएको छ। प्रतियोगिता महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिन लागेको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख शशीकिरण रायमझीले जानकारी दिए।

प्रतियोगिता विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने गरी आयोजना गर्न लागिएको प्रमुख रायमाझीले जानकारी दिए। प्रतियोगितामा ४२.१९५ किमिको म्याराथन, हाफ म्याराथन महिला/पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमि दौड, पाँच किमिको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राको लागि पाँच किमिको दौड आयोजना हुने भएको छ।

म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने हाफमा ४५ वर्षमाथिका महिला तथा पुरुष खेलाडीले भाग लिनेछन्। त्यसैगरी १० किमि दौडमा विदेशी सैनिक सहचारी (महिल/पुरुष) र सैनिक अधिकृतको सहभागिता रहनेछ।

म्याराथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारसहित १५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पाउनेछन् भने त्यस्तै दोस्रोले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाउने छन्।

हाफ म्याराथनअन्र्गत ४५ वर्ष उमेर समूहका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पाउनेछन्। ४५ वर्षमाथि उमेर समूहका खेलाडीले रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछ। पाँच किमि वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र आमन्त्रित व्यक्तित्वको सहभागिता रहनेछ।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 18:06:01
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...