रोमान्चक बन्दै प्रिमियर लिगः लिभरपुल, म्यान यू र आर्सनल विजयी



Kshamadevi Group


चेल्सीका ह्याजार्ड, यूनाइटेडका पोग्बा र सिटीका अग्वेरो
चेल्सीका ह्याजार्ड, यूनाइटेडका पोग्बा र सिटीका अग्वेरो

इंग्लीस प्रिमियर लिग रोमान्चक बन्दै गएको छ। शनिबार राति भएको खेलहरुमा लिभरपुल, म्यान यू र आर्सनल विजयी भएसँगै प्रिमियर लिग रोमान्चक र अझ प्रतिस्पर्धात्मक बन्दै गएको हो।

शनिबार राति लिभरपुलले बर्नमाउथमाथि ३–० को जित निकालेको हो। जितसँगै लिभरपुल ६५ अंक जोड्दै म्यानचेस्टर सिटीलाई पछिपार्दै शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार नै म्यानचेस्टर यूनाइटेडले फुलहामलाई ३–० ले नै पराजित गर्यो। जितसँगै यूनाइटेड ५१ अंकसहित चौथौं स्थानमा उक्लिएको छ।

यस्तै आर्सनलले हडर्सफिल्ड टाउनमाथि २–१ को जित निकालेको छ। आर्सनल लिगमा ५० अंकसहित छैठौं स्थानमा छ।

रोमान्चक र प्रतिस्पर्धात्मक प्रिमियर लिग

अहिलेसम्मको खेल नतिजा अनुसार लिभरपुल ६५ अंक सहित शीर्ष स्थानमा छ। त्यसपछि क्रमश दोस्रो स्थानमा ६२ अंक भएको म्यानचेस्टर सिटी, तेस्रो स्थानमा ५७ अंक भएको टोटनह्याम, चौथौं स्थानमा ५१ अंक भएको म्यानचेस्टर यूनाइटेड, पाँचौ स्थानमा ५० अंक भएको चेल्सी र ५० अंक नै भएको आर्सनल छैठौं स्थानमा छ।

अंक तालिका अनुसार लिग लिडर बन्ने होडमा यतिबेला लिभरपुल, सिटी र टोटनह्याम छन्। यसैगरी लिगको तेस्रो तथा चौथौं स्थानमा उक्लने हिसाबले म्यानचेस्टर यूनाइटेड, चेल्सी र आर्सनल लागीपरेका छन्।

लिगमा शीर्ष देखि चौथौं स्थानको क्लबले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न पाउनेछन्। जसका लागि म्यानचेस्टर यूनाइटेड, चेल्सी र आर्सनल सक्दो प्रयास गरिरहेका छन्।

लिगको शीर्ष देखि चौथौं स्थानको प्रतिस्पर्धामा कुनै एक टोलीले हारे अर्को टोली लिगमा हाबी हुनेछन्।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 13:27:37
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...