Exclusive

शानदार प्रदर्शनसँगै सन्दीपले मेलबर्नलाई अन्तिम चारमा पुर्‍याए




 मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलसँग खुशी मनाउँदै सन्दीप लामिछाने
मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलसँग खुशी मनाउँदै सन्दीप लामिछाने

अस्ट्रेलियन बिग बास लिगमा सन्दीप लामिछानोको टोली मेलबर्न स्टार्सले अन्तिम चारमा स्थान बनाएको छ।

सिड्नी सिक्सर्सलाई ९४ रनले पराजितगर्दै मेलबर्न सेमिफाइनलमा प्रवेश गरेको हो। गर या मरको अवस्था चिर्दै मेलबर्नले सेमिफाइनल चरणमा स्थान बनाएको हो।

आजको खेल पराजित भएको भए मेलबर्न प्रतियोगिताबाट बाहिरिने थियो।

टस हारेर सुरुवाती व्याटिङ गरेको सन्दीपको टोली मेलबर्नले पुरा २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी मेलबर्नको बलिङ सामु निरिह बन्यो। सिड्नी १३ दशमलब ४ ओभरमा मात्र ७४ रनमा अल आउट भयो।

मेलबर्नका लागि नेपाली खेलाडी सन्दीपले शानदार बलिङ गरे। उनले सिड्नी विरुद्ध सर्वाधिक ३ विकेट हात पारे।

उनले ३ दशमल ४ ओभर बलिङ गर्दा टोम कुरान, बेन ड्वारह्वीस तथा लोयड पोपलाई आउट बनाए। उनले ३ विकेट लिन मात्र ११ खर्च गरे।

खेलको म्यान अफ दि म्याच मेलबर्नका कप्तान ग्लेन म्याक्सवेल घोषित भए। उनले मेलबर्नलाई जिताउन ८२ रन बनाएभने सिड्नीको एक विकेट हात पारे।

जितसँगै सन्दीपको टोली बिग बासको चौथौं स्थानमा रहेर १४ अंकसहित सेमिफाइनल प्रवेश गरेको छ।

लिग चरणको समाप्तिसँगै लिगमा होबार्ट हुरिक्यान्सको २० अंक भएको छ, मेलबर्न रेनिगेड्सको १६ तथा सिड्नी सिक्सर्सको १६ अंक भएको छ। क्रमश पहिलो दोस्रो तथा तेस्रो स्थानका उल्लेखित क्लब सबै सेमिफाइनल चरणमा पुगेका छन्।

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 12:59:36
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।