Exclusive

सडन डेथबाट क्यामरुनी टोली पोखरा कपको फाईनलमा




फाइल तस्बिर
फाइल तस्बिर

सडन डेथमा लिग च्याम्पियन सिक्नेचर मनाङ मर्स्याङ्दीको चुनौतिलाई सडन पन्छाउँदै क्यामरुनको डफिन्स फुटबल क्लब परिवार मनकामना केवलकार पोखरा कपको फाईनलमा प्रवेश गरेको छ।

शनिबार पोखरा रंगशालामा सडन डेथमा क्यामरुनी टोलीले मनाङमाथि ५–४ गोल अन्तरले पराजित गर्दै उपाधिभन्दा एक कदम पछाडी भएको हो।

निर्धारित समय र थपिएको समयमा १–१ गोलको बराबरीपछि निर्णय पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पनि पाँच पाँच प्रहार गर्दा समान ४–४ गोल हुन पुग्यो। दुवै तर्फ एक एक खेलाडीको पेनाल्टी चुकेपछि निर्णय सडन डेथ तर्फ धकेलियो।

सडन डेथमा विमल रानाको प्रहार बाहिरिएपछि मनाङ उपाधि होडबाट बाहिरिन पुग्यो। क्यामरुनको तर्फबाट अन्तिम पेनाल्टी हानेका जो अंगोालो प्रहार गोलमा परिणत भएपछि १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोलीको फाईनल खेल्ने सपना साकार बन्यो।

निर्धारित समयमा कमब्याक गरेको मनाङ पेनाल्टीमा चुक्दा उपाधि उचाल्ने सपना बढ्दै गएको साँझसँग अध्याँरो बनिदियो। ६६ औं मिनेटमा क्यामरुनी टोलीले गोलको खाता खोल्दै दबावमा परेको मनाङले खेल सकिन दशमिनेट अघि मात्रै गोल फर्काएपछि खेल रोमाञ्चक मोडमा आएको थियो।

६६ औं मिनेटमा इकुमको लङपासलाई उरेल इनामेले हानेको हेडिङ गोलमा परिणत भएपछि हिलाम्य मैदानमा क्यामरुनी टोलीले स्पष्ट अग्रता लियो। शारीरिक रुपमा निकै बलिया क्यामरुनी टोली अघि केही छरितो प्रदर्शन गर्दै सम्हालिएको मनाङले गोल भने ८० औं मिनेटमा फर्काएको थियो।

विमल रानाको पासलाई अफ्रिकन खेलाडी ओलावालेको हेडबल गोलमा परिणत भएपछि मनाङले निर्धारित समय बराबरीमा टुग्याउँदै दर्शकको मनोबल साथमा लिईरह्यो। निर्धारित समयमा एक एक गोल गरेपछि उत्साहित मनाङले थपिएको समयमा अफ्रिकन रणनीतिलाई बुझ्दै गोल गर्ने अवसरबाट बन्चित बनाईराख्यो।

थपिएको समयमा गोलरहित खेलेपछि रेफ्रीले निर्णय पेनाल्टीको संकेत गरे। तर पेनाल्टी हुदै सडन डेथमा अभागी मनाङ प्रतियोगिताबाट चिप्लियो।

पेनाल्टी सुटआउटमा कप्तान सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ हेमन्त गुरुङको प्रहार गोलमा परिणत भएपछि मनाङको आशा त्यतिबेलासम्म जिवित रह्यो। तर सुरज विकको प्रहार खेर गएपछि केहीबेर खिन्न हुन पुग्यो।

सडन डेथमा पुगेपछि विमल रानाको पेनाल्टी गुमाएपछि मनाङको पोखराको मैदानमा नकाउट फुटबलको फाईनल खेल्ने ढोका बन्द भयो। क्यामरुनका लागि बिईक बिईक, इकुम, यान्निक ओवोना र गोलकिपर प्रिसो एनडीजान्गाले प्रहार गरे।

समान गोलपछि उत्साहित बनेको क्यारुमनी टोलीका लागि विभ्लामको प्रहार खेर गएपछि सडन डेथ निश्चित बन्यो। सडन डेथमा जो अंगोलोको प्रहारले सही दिशा लिएपछि क्यामरुनी टोलीले खुशीयाली मनायो।

पोखराको मैदानमा १४ वर्षपछि अफ्रिकन टोली फाईनल खेल्ने छ। आहा रारा गोल्डकपको तेस्रो संस्करणमा अफ्रिकन युनाईटेडले नेपाल पुलिस क्लबसँग फाईनल खेल्दै उपाधि उचालेको थियो। जुन झल्को आईतबार पोखराको मैदानमा देखिने पक्का भएको छ।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित पोखरा कपको छैटौँ संस्करण मनकामना केवलकार पोखराकपको फाईनल आज आईतबार क्यामरुनी टोली डफिन्स फुटबल क्लब परिवारले उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने छ। सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ। उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ।

प्रकाशित २६ माघ २०७५, शनिबार | 2019-02-09 20:03:37
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

वाशुदेव मिश्रबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।