Exclusive

अहिले क्रिकेटको माहौल देख्दा चाँडै जन्मिएछ जस्तो लाग्छः पवन अग्रवाल (अन्तर्वार्ता)




सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट धनगढी क्रिकेट सम्मान ग्रहण गर्दै पूर्व कप्तान पवन अग्रवाल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट धनगढी क्रिकेट सम्मान ग्रहण गर्दै पूर्व कप्तान पवन अग्रवाल

धनगढी क्रिकेट एकेडेमीले धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन समारोहमा शनिबार राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई जनही एक लाखसहितको ‘धनगढी क्रिकेट सम्मान’बाट सम्मानित गर्यो।

आयोजक एकेडेमीले गतवर्ष देखि अन्तर्राष्ट्रिय क्रिकेटमा योगदान पुर्याएका एक व्यक्तिलाई धनगढी क्रिकेट सम्मान दिँदै आएको छ। धनगढी क्रिकेट सम्मान पाएपछि अग्रवालले फ्रेन्चाइजी क्रिकेटको आगमन पश्चात नेपालका क्रिकेटको माहौल निकै राम्रो भएको र यो देख्दा आफूहरुलाई छिट्टै जन्मिएर छिट्टै खेलेको जस्तो महशुस हुने बताए। सम्मान ग्रहणपछि अग्रवालसँग नेपालखबरले गरेको कुराकानीः

धनगढी क्रिकेट सम्मानबाट सम्मानित हुँदा कस्तो लागिरहेको छ?
खुशी लागिरहेको छ। जब कसैले तपाईले गरेको प्रयासलाई सम्मान गर्छ, त्यसले अझ बढी काम गर्ने उत्साह मिल्छ। सम्मान पाउँनु मेरो सौभाग्य हो। क्रिकेट खेल्दा यसरी सम्मान पाउँछु भनेर सोचेको थिएन। आज त्यो दिन पनि आएको छ। काम गर्नु फलको आशा नगुर्न भनिन्छ। त्यसैले काम गरिरहनुपर्ने रहेछ। आउने कुराहरु,पाउने कुराहरु पाइनै हालिन्छ।

क्रिकेटमा अझै कटिवद्ध भएर लाग्न पनि प्रेरित गर्यो कि?
क्रिकेटमा हामी लागि नै रहेका छौं। प्रशासन तथा भोलिन्टियर क्षेत्रबाट क्रिकेट विकासमा अझै लागि रहन यसले प्रेरित गरेको छ। क्रिकेटमा योगदान दिने हिसाबले म लागि नै रहनेछु। यो अवार्डले अझै योगदान दिने कुराहरुलाई प्रोत्साहित गरेको छ।

नेपाली क्रिकेटमा डीपीएलको स्थान के देख्नुहुन्छ?
डीपिएल एउटा ठूलो लिग हो। यसले नेपाली क्रिकेटको विकासमा ठूलो भुमिका खेलिरहेको छ। धनगढी जस्तो ठाउँमा स्रोत साधान जुटाउन अप्ठारो नै हुन्छ भन्ने मलाई थाहा छ। म पनि तराईको यस्तै ठाउँबाट आएको हो। हामीले पनि क्रिकेट गराउँदा स्रोत साधन अनि टिम जुटाउँन गाह्रो नै हुन्थ्यो। यो स्केलको प्रतियोगिता गर्न ठूलै इफोर्ट लगाउँनुपर्छ। देशको क्रिकेट विकेन्द्रीकृत गर्न पनि डीपिएलले ठूलो भुमिका निर्वाह गरिरहेको छ।

पहिलो खेलाडीका रुपमा खेल्न धनगढी आउनुभएको थियो। पहिले तपाईले खेल्न आउँदाको धनगढी क्रिकेट र अहिले धनगढी क्रिकेटमा कति अन्तर पाउँनु भयो?
धेरै फरक छ। २०५१–५२ सालतिर हामी राष्ट्रिय प्रतियोगिता खेल्न यहाँ आएका थियौं। त्यतिबेला मैदान पनि राम्रो थिएन। अहिले त यहाँ टर्फ विकेट बनाएर म्याचहरु भइरहेको छ। यहाँ पुग्न पनि समस्या थियो। मलाई याद छ, हामी बसमा आउँदा २४–२५ घण्टा लगाएर यात्रा गरेका थियौं। कतिपय पुलहरु बाटोमा बनेकै थिएन। भौतिक पूर्वाधारको पनि समस्या थियो। अहिले भने धेरै सुधार भएको छ।

डीपीएल जस्ता फ्रेन्चाइजी लिग आएपछि राष्ट्रिय क्रिकेटको माहौलमा चाँहि के फरक पाउनु भएको छ?
फ्रेन्चाइजी लिग आएपछि नेपाली क्रिकेटको माहौल फरक भएको छ। पहिले क्रिकेटलाई मान्छेले त्यति फलो गर्दैन थिए। हामी खेल्थ्यौं, निस्कन्थ्यौं। कसैलाई रुची हुन्थेन। अहिले डीपिएल या अन्य कुनै क्रिकेटको इभेन्ट्स भनेपछि धेरै ठूलो रुचीको विषय भैसक्यो। क्रिकेटरका लागि अहिले खेल्न मजा आउने खाले माहौल छ। हामी अलि चाडैँ जन्मिएछ अनि अलि चाडैँ खेलिएछ भन्ने लाग्छ।

सम्मान रकम ड्रिम फाप्लालाई सहयोग गर्नुभयो नि?
यहाँ दुःखले मान्छेले फाप्ला क्रिकेट मैदान बनाउँन इफोर्ट लगाइरहेको छन्। यो प्रतियोगिता पनि धेरै दुःख र इफोर्ट लगाएर गरिरहनु भएको छ। मेरो सानो योगदानले अलिकतिमात्रै सहयोग हुन्छ कि भन्ने सोचले सक्दो सहयोग गरेको हुँ।

भिडियो: 

प्रकाशित २६ माघ २०७५, शनिबार | 2019-02-09 17:02:16
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...