धनगढी क्रिकेट सम्मान राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाललाई प्रदान गरिएको छ।
धनगढी प्रिमियर लिग डीपीएलको उद्घाटन कार्यक्रममा पूर्वकप्तान अग्रवाललाई एक लाख रुपैयाँसहितको सो सम्मान प्रदान गरिएको हो।
त्यस्तै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक सुनोज भट्टराईलाईलाई अर्जुन खड्का स्मृति सम्मानद्वार सम्मानित गरिएको छ। सो सम्मानको राशि पनि एक लाख रुपैयाँ रहेको छ।
पूर्व कप्ताल अग्रवालले आफूले सम्मान मार्फत प्राप्त गरेको एक लाख रुपैयाँ धनगढीको फाप्लामा निर्माण हुन लागेको क्रिकेट मैदानलाई प्रदान गरेका छन्।