Exclusive

दुई वर्षदेखि रोकिएको नेपाली क्रिकेटरको तलब आयो, कसले कति पाउँछन्?




अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई वर्षदेखि रोकिराखेको २१ नेपाली क्रिकेटरको तलब एकमुष्ट पठाएको छ।

आईसीसीले विगत दुई वर्षदेखि नेपाली खेलाडीको तलब रोकेका थियो। आइसीसीले राष्ट्रिय खेलकुद परिषदको खातामा एकमुष्ट तलब बापतको रकम १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिएका छन्।

खेलाडीको तलब निकासका लागि राखेपले पटकपटक आइसीसीलाई अनुरोध गर्दै आएको थियो। पछिल्लो समय राखेकपा सदस्यसचिव केशवकुमर विष्टले यसको पहलकदमी लिएका थिए। उनैको पहलमा आइसीसीले दुई वर्षको तलब एकमुस्ट रुपमा पठाएको हो।

राखेपले ए, बी र सी गरी खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेर त्यसै अनुरुपको तलबी सम्झौता गरेर आइसीसीमा पत्र पठाएको थियो।

‘ए’ वर्गका खलाडी कप्तान पारस खडका, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले मासिक ३५ हजार रुपैयाँका दरले दुई वर्षको ८ लाख ४० हजार रुपैयाँ तलब एकमुष्ट पाउने छन्।


त्यस्तै ‘बी’ श्रेणीका आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचनले मासिक २५ हजार रुपैयाँका दरले एकमुष्ट  ६ लाख रुपैयाँ र ‘सी’ श्रेणीका सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, शुसान भारी, किशोर महतो र विनोद भण्डारीले मासिक १५ हजारका दरले ३ लाख रुपैयाँ तलब पाउनेछन्।

त्यसैगरी प्रशिक्षक जगत टमाटालाई मासिक १५ हजारका दरले ३ लाख रुपैयाँ तलब आएको राखेपले जनाएको छ।

क्यान निलम्बनमा परेपछि खेलाडीको सुविधाको जिम्मा आईसीसीले लिएको थियो।

राखेपको खाता रहेको स्टाण्डर्ड चार्टर्ड बैंकमा रकम जम्मा भएको सो रकम खेलाडीहरु घनगढीबाट फर्कियपछि वितरण गरिने राखेपले जनाएको छ

प्रकाशित २६ माघ २०७५, शनिबार | 2019-02-09 14:09:33
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।