Exclusive

बूढासुब्बा गोल्डकप शनिबारदेखि




मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ।

 प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ। गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो। उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ। जिल्ला खेलकूद विकास समितिले चालु आर्थिक वर्षको खेलकूदको बजेटबाट रु पाँच लाख ५० हजार लगानी गरेर घाँस रोपेको हो।

माघ २६ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ। अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का मानार्थ उपाध्यक्षसमेत रहेका राईले विदेशी टिम ल्याउन एन्फाले पहल नगरेकामा भने गुनासो गरे। ‘विदेशी उत्कृष्ट टिम ल्याउन एन्फालाई अनुनय विनय गरेँ तर सफल भइएन, एन्फाले बेवास्ता ग¥यो’, उनले भने, ‘२२औँ संस्करण रात्रि समयमा अन्तर्राष्ट्रिय ‘ए’ ‘लेभल’का टिम ल्याएर प्रतियोगिता गराउँछौँ।’

क्लबका महासचिव प्रताप तामाङका अनुसार उत्तर र पूर्वतर्फ पक्की प्याराफिट बनिसकेको छ। ती प्याराफिटमा करीब पाँच हजार दर्शक अटाउँछन्। पश्चिमतर्फ भने दुई सय र एक सय फिटको प्याराफिट बनेको छ, जसमा दुई हजार थप दर्शक अट्नेछन्। पश्चिमतर्पm नै पाँच सय क्षमताको ‘भिआइपी’ प्याराफिट तयार भइसकेको छ।

यो वर्षको प्रतियोगितामा लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब, पुलिस क्लब, सङ्कटा, सहार क्लब पोखरा, धरान फुटबल क्लब, मेची नेत्रालय झापा, डाल्पिनास क्यामारुप, भूटान, डालहाउस, एथेलेटिक कोलकता मैदानमा आउने आयोजकले जनाएको छ। थ्रीस्टार क्लब र आर्मी क्लब भूटानमा भइरहेको प्रतियोगितामा रहेका कारण सहभागिता जनाउन नसकेको आयोजक क्लबका अध्यक्ष राईले बताए। करीब रु ७० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख पाउनेछन्।

गत वर्ष थ्रीस्टार क्लब विजेता र प्रहरी टिम उपविजेता बनेको थियो। रासस

प्रकाशित २५ माघ २०७५, शुक्रबार | 2019-02-08 18:33:48
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।