अस्ट्रेलियन बिग बास क्रिकेट लिगमा मेलबर्न स्टार्सका तर्फबाट नेपाली यूवा बलर सन्दीप लामिछाने टोलीमा परेको छन्।
ब्रिसबेन हिट विरुद्धको खेल भर्खरै सुरु भएको छ। टस हारेको सन्दीपको टोली मेलबर्न व्याटिङ गरिरहेको छ।
सन्दीपले बिग बासमा अहिलेसम्म ८ विकेट लिइसकेका छन्। बिग बासमा कन्ट्राक्ट हुँदाहुँदै उनले बंगलादेश प्रिमियर लिग खेलेका थिए।
त्यसपछि उनी नेपाली राष्ट्रिय टोलीका तर्फबाट यूएइसँग तीन–तीन सेरिजको ओडिआइ र टि–ट्वान्टी खेल्न यूएइ पुगेका थिए।
आजको खेल स्क्वाड
नेपाललाई ऐतिहासिक जित दिलाउन सफल सन्दीप फेरी सम्झौता अनुसार बिग बासलाई निरन्तरता दिन अस्ट्रेलिया पुगेका हुन्।
बिग बासमा सन्दीपको टोली मेलबर्न स्टार्स शीर्ष चारमा छ। मेलबर्नको १२ खेलबाट १२ अंक छ।