Exclusive

मेस्सीपछिको बार्सिलोना कस्तो? विकल्पको खोजी जारी




मेस्सी
मेस्सी

रोसारियो, अर्जेन्टिनामा सन् १९८७ जुन २४ मा जन्मिएका लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाका एक खम्बा हुन्।

सन् २००३ मा एक कागजको टुक्रामा बार्साले मेस्सीलाई जब सम्झौता ग¥यो। त्यो बरदान सावित भयो। त्यसयता बार्साले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन।

हाल ३१ वर्ष पुगेका मेस्सीले आफ्नो १६ वर्षे बार्सा बसाइमा क्लबका लागि ९ ला लिगा, ६ कोपा डेल रे, ७ सुपरकोपा डि इस्पाना, ४ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप र ३ फिफा क्लब विश्वकप जिताइसकेका छन्।

मेस्सी बार्साको किर्तिमानी गोलकर्ता हुन्। उनले आजको मितिसम्म ५ सय ८१ गोल गरिसकेका छन्।

बार्साबाटै ५ बालुन डि’ओर जितेका मेस्सीले किर्तिमानी ५ गोल्डेन बुट समेत जितेका छन्। मेस्सी बार्साका मेस्सी उपस्थित प्राय सबै खेल बार्साले जित्ने गरेको छ।

Image result for messi signing paper

हात पुछ्ने कागज, न्यापकिनमा बार्सासँग मेस्सीको पहिलो सम्झौता भएको थियो।

जब मेस्सी मैदानमा हुँदैनन्। बार्सा केही दबाबमा परेको महशुस हुन्छ। क्लबका खेलाडीहरु यस विषयमा सहमत हुन्छन्। क्लबका प्रशिक्षक अर्नेस्टो भेलभार्दे आफैं ‘मेस्सी म भन्दा जान्ने छन्’ भन्छन्।

वर्तमान फुटबलमा यतिबेला बार्सिलोना सँधै मेस्सीमै भरपर्न नहुने भन्नेबारे विश्लेषण सुरु भएको छ।

३१ वर्षीय मेस्सीले सँधै सक्रिय फुटबल खेल्न सक्दैनन्। उनले अब ३ अथवा ४ वर्षपछि एकै स्तरमा खेल प्रदर्शन गर्नसक्दैनन्। बार्सिलोना क्लबका प्रमुख जोसेप मारिया बार्टोमेउले भने,‘मलाई स्पष्ट थाहा छ। मेस्सीले एक दिन सन्यास लिनेछन्।’

मेस्सीपछिको बार्सिलोना कस्तो? भन्ने प्रश्नको उत्तर स्वरुप यतिबेला मेस्सीको सन्यासपछिको विकल्प बार्साले अहिलेबाट खोज्न सुरु गरेको छ।

Image result for Frenkie de Jong (left) will officially join Barcelona

 फ्र्यांकी डि जोङ र बार्सा प्रमुख बार्टोमेउ

बार्टोमेउले भने,‘क्लबको भविष्य सुनिश्चित गर्न हामीले विकल्प खोज्न जरुरी छ।’ बार्साको इतिहास जोगाउन समेत मेस्सी जस्तै खेलाडीको खोजीमा लागेको उनले बताए।

बार्साले गत महिनामात्र अजाक्स अ्याम्सटरड्यामका २१ वर्षीय मिडफिल्डर फ्र्यांकी डि जोङलाई ६५ मिलियन पाउण्डमा क्लब भित्राएको छ।

बार्सामा फ्रान्सका स्टार ओउसमान डेम्बेले, ब्राजिलिएन माल्कोमजस्ता यूवा खेलाडी छन्। बार्सालो यूवा स्टारको खोजी गरेर क्लबमा भित्राउने बताएको छ। जसले बार्साको भविष्यमा बार्साको इतिहास जोगाउन सकोस्। एजेन्सी

Image result for dembele and malcom

माल्कोम र डेम्बेले

 

प्रकाशित २५ माघ २०७५, शुक्रबार | 2019-02-08 12:42:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।