Exclusive

नेपाललाई ऐतिहासिक टि-२० शृंखला, यूएई १४ रनले पराजित




नेपाली क्रिकेट टोली
नेपाली क्रिकेट टोली

नेपालले पहिलो टि-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। यूएईलाई अन्तिम खेलमा १४ रनले पराजित गर्दै २-१ ले शृंखला आफ्नो पक्षमा पारेको नेपालले ऐतिहासिक सफलता हात पारेको हो।

वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले ९० रनमात्रै बनाउन सक्यो। यूएईका शाइमन अनवरले ३०, घुलम शब्बिरले २५ रन जोडे।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। नेपालका अविनाश बोहरा, ललितनारायण राजवंशी र करण केसीले २-२ विकेट लिए।

नेपालका लागि पारस खड्काले सर्वाधिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन जोडे।

विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोडे। ओपनर पवन सर्राफ शुन्यमै पवेलियन फर्किएका थिए भने दीपेन्द्रसिंह ऐरीले २ रनमात्रै जोड्न सके। 

गत शुक्रबार भएको शृंखलाको पहिलो खेल नेपाल २१ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले खेल ३ विकेटले जित्दै शृंखला बराबरी गरेको थियो।

सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि नेपालले दुईवटा टि–२० शृखंला खेलेपनि जित्न सकेको थिएन्।

२०१४ मा नै नेपालले हङकङसँग श्रीलङ्कामा चारवटा टि–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। जसका सुरुवाती तीन खेल वर्षाको कारण रद्द भए भने अन्तिम खेलमा हङकङले नेपाललाई २ विकेटले पराजित गरेको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० शृंखला खेलेको थियो। जुन शृंखला नेपालले ३–१ ले गुमाएको थियो। सुरुवाती तीन खेल नेदरल्याण्ड्सले जितेपछि अन्तिम खेल नेपालले ३ विकेटले जितेको थियो।

प्रकाशित २० माघ २०७५, आइतबार | 2019-02-03 14:50:44
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।