Exclusive

नेपालमा कसरी महिला क्रिकेट सुरु भयो?




फाइल तस्बिरः नेपाली महिला क्रिकेट टोली
फाइल तस्बिरः नेपाली महिला क्रिकेट टोली

घरेलु क्रिकेट प्रतिबन्धमा परेपछि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको नेपाली महिला राष्ट्रिय टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा लागातार तीन खेल जित्दै सेमिफाइनलमा पुगेपछि नेपाली महिला क्रिकेट टोलीको चर्चा शुरु भएको छ।

 पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपाली टोलीले दोस्रो खेलमा मलेशियालाई र तेस्रो खेलमा बलियो टोली यूएईलाई पराजित गर्न सफल भइसकेको छ । सेमिफाइनल पुगिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा माघ २ गते थाइल्याण्डसँग खेल्नेछ। 

राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले केही महीना अघिदेखि नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेपछि नेपाली टोली अहिले थाइल्याण्डमा उक्त प्रतियोगिता खेलिरहेको छ। राष्ट्रिय क्रिकेट टोलीलाई लामो समय सफल नेतृत्व गरेका दास प्रशिक्षणमा समेत अब्बल देखिएका छन्।

नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टि–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफाइङ खेल खेलेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन। रुबिना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन्।

करीब दुई वर्षसम्म अन्तर्राष्ट्रिय सहभागिता र प्रशिक्षकबिना रहेको नेपाली टोलीले थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन गर्नु नेपालमा महिला क्रिकेटको सम्भावना बलियो रहेको क्रिकेट सम्बद्ध पदाधिकारी बताउछन्। 

नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेले उचित अवसर र प्रशिक्षण पाए पुरुषभन्दा महिला टोलीले पहिला एक दिवसीय विश्वकप खेल्न सक्ने विश्वास व्यक्त गरे।

उनले भने, 'पछिल्ला वर्ष नेपालमा महिला क्रिकेट अवस्था शून्य जस्तै छ, यो अवस्थाको अन्त्य गर्नु जरुरी छ।' नेपाली क्रिकेटको अभिभावक संस्था क्यान विगत तीन वर्षयता विश्व क्रिकेट सङ्घ (आइसिसी) को निलम्बनमा रहेका कारण नेपालले भौतिक पूर्वाधार र घरेलु प्रतियोगितामा भने अपेक्षाअनुसार सुधार गर्न सकेको छैन। 

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको पहलमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो। क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’मा क्षेत्रीले नेपालमा महिला क्रिकेटको उदयबारे उल्लेख गरेका छन। पहिलो टोलीमा उपकप्तान रहेका उनी १९९८ मा राष्ट्रिय टोलीका कप्तान बनेका थिए। 

'केटीले पनि क्रिकेट खेल्ने?,' महिला क्रिकेट सुरुवात गर्दाको घटना स्मरण गर्दै क्षेत्रीले पुस्तकमा उल्लेख गरेका छन् , 'तत्कालीन क्रिकेट सङ्घमा महिला क्रिकेटको प्रस्ताव राख्दा साथीले शुरुमा पत्याएका थिएनन्  कतिपय पदाधिकारीलाई त महिला क्रिकेट प्रतियोगिता हुन्छ भन्ने पनि थाहा थिएन।' 

क्षेत्रीले त्यतिबेला बाँकेका विभिन्न ३३ विद्यालय पुगेर क्रिकेटसम्बन्धी प्रशिक्षण दिएको र महिला क्रिकेटको परिवेश सिर्जना गरेका थिए। २०६१ साल फागुन १५ गते क्षेत्रीको सपनाले साकार रूप लिएको थियो। त्यसबेला नेपाली किशोरी पहिलो पटक औपचारिकरूपमा ब्याट बोकेर मैदान उत्रेका थिए। उक्त प्रतियोगितामा २९ वटा विद्यालयले सहभागिता जनाएका थिए। 

उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो। क्षेत्रीले पुस्तकमा जनाएअनुसार त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भएको थियो। उक्त प्रतियोगिता हेर्न तत्कालीन क्यानका अध्यक्ष विनयराज पाण्डे लगायत पदाधिकारी त्यहाँ पुगेका थिए। 

त्यतिबेला नै पाण्डेले छिट्टै नेपाली राष्ट्रिय महिला टोली घोषणा गर्ने र प्रथम एसिसी प्रतियोगितामा नेपालको सहभागिता गराउने वचन दिए। अध्यक्ष पाण्डे काठमाडौँ फर्कनासाथ २०६४ सालमा नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरेका थिए।

प्रकाशित १ माघ २०७५, मंगलबार | 2019-01-15 17:44:46
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...