चिडियाखानामा पुगे राष्ट्रिय क्रिकेटर, पारस भन्छन्: हामी संरक्षणमा लाग्छौँ



Kshamadevi Group


‘गैँडाको मुख्य खाना घाँस हो, फलफूल, गेडागुडी, स्याउला पनि खान्छ, चिडियाखानामा पुरै घाँसले पुर्‍याउन सकिँदैन, केरा, स्याउ, बन्दा, चना, पिठोलगायत १०-१२ प्रकारका खानेकुरा दिनमा पाँच-छ पटक खुवाइन्छ।’ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको जिज्ञासामा सदर चिडियाखानाका सहायक क्यूरेटर (प्राविधिक) गणेश कोइरालाले उक्त व्याख्या गरे।

एकै छिनमा खुट्टा खोच्याउँदै एउटा गैँडा नजिक आयो। कप्तान पारसले फेरि चासो राखे, 'गैँडाले किन खुट्टा खोच्याएको।' ‘बाघले आक्रमण गरेर खुट्टाको पिँडुला खाइदिएको थियो, अझै समस्या छ, अर्काे परको गैँडाको टाउकोमा खाल्डो छ त्यो पनि बाघले नै आक्रमण गरेर खाइदिएको थियो, अहिले निको भयो।’

पारससँगै अन्य खेलाडीले पनि नजिकबाट बाघ, गैँडा, भालु, रेडपाण्डा, अर्ना लगायत वन्यजन्तु नियाले। उनीहरुले चिडियाघरमा रहेको हात्तीलाई कुचि, केरालगायतका खानेकुरा नै खुवाए।

राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापन रहेको सदर चिडियाखाना ललितपुरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई वन्यजन्तुसँग नजिक हुने अवसर कोष र क्रिकेट खेलाडी सङ्घ नेपालले मिलाएको थियो।

पारस खड्कासँगै राष्ट्रिय खेलाडी सोमपाल कामी, शरद भेषवाकर, करण केसी, सुसन भारी, सन्दीप जोरा, वसन्त रेग्मी, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, रसिद खान, पवन सर्राफ, अविनास बोहरा, ललितनारायण राजवंशी, विनोद भण्डारी, ललित भण्डारी, दीपेन्द्रसिंह ऐरीले चिडियाखाना अवलोकन गरेका थिए।

खेलाडीले चिडियाखानामा भएका जनावर हेर्ने काम मात्रै गरेनन्, उनीहरुले वन्यजन्तुको महत्व र यसबाट मानव समुदायमा पर्ने प्रभावका बारेमा समेत जान्ने अवसर प्राप्त गरेका थिए।

एक वर्ष अगाडि नै प्रकृतिसँग खेलाडीलाई जोड्ने प्रयास गरिएकामा यसपटक सफल भएको सदर चिडियाखानाका कार्यक्रम व्यवस्थापक डा चिरञ्जीवी पोखरेलले बताए। खेलाडीमार्फत बढीभन्दा बढी प्रचारप्रसार हुने र वन तथा वन्यजन्तु संरक्षणमा जनचेतना फैलाउन सकिने भएकाले पनि राष्ट्रिय खेलाडीलाई भ्रमण गराइएको डा पोखरेलले बताए।

चिडियाखाना अवलोकनपछि कप्तान खड्काले भने, ‘वन्यजन्तु संरक्षणको बारेमा धेरै कुराहरु थाहा पायौँ, नेपालमा जति पनि निकुञ्जहरु छन् त्यहाँ कसरी जनावर राखिएको छ, आगामी दिनमा संरक्षणमा खेलाडीले कसरी भूमिका खेल्न सकिन्छ भन्ने विषयमा जान्ने मौका पायौँ, अवश्य पनि सँगसँगै जाँदा प्रकृति संरक्षणमा ठूलो सन्देश जान्छ, हामी संरक्षणमा लाग्छौँ।’

विश्वव्यापी जलवायु परिवर्तनको समस्या बढिरहेका बेला क्रिकेटरमार्फत प्रकृति संरक्षणमा चेतना फैलाउँदा विश्वमा ठूलोे सन्देश जाने र नेपालले संरक्षणमा गरेको योगदान पनि विश्वसामु फैलने विश्वास रहेको कप्तान खड्काले बताए।

क्रिकेट खेलाडी सङ्घका अध्यक्षसमेत रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत डा मनिषराज पाण्डेले प्रकृति भनेको सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै क्रिकेट खेलाडीलाई दूतको रुपमा लिन सकिने भएकाले उनीहरुलाई संरक्षण क्षेत्रमा लगाउँदा राम्रो सन्देश जाने बताए।

राष्ट्रिय खेलमार्फत ठुलो योगदान पुर्‍याइरहेका बेला प्रकृति र वन्यजन्तुसँग साक्षात्कार गराएर प्रकृतिसँग नजिक बनाउँदै सँगसँगै लैजाऔँ भन्ने उद्देश्य कार्यक्रमको रहेको पाण्डेको भनाइ थियो। कोषका कार्यक्रम निर्देशक सरिता ज्ञवालीले राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षणमा गरेको योगदानबारे खेलाडीलाई जानकारी गराएकी थिइन्। रासस

प्रकाशित १ माघ २०७५, मंगलबार | 2019-01-15 15:59:02
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...