खप्तड गोल्डकपः आयोजक सुदुरपश्चिम उद्घाटन खेलमै बाहिरियो




मेची नेत्रालय काक्करभिट्टा ट्रेनिङ सेन्टर तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।

मङगलवारदेखि धनगढी रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ क्लबलाई पराजित गर्दै मेची नेत्रालय अघिल्लो चरणमा पुगेको हो।

खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि सडन डेथमा काक्करभिट्टाले ७–६ को जित दर्ता गरेको छ। काक्करभिट्टाका गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरे। खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल भने गर्न सकेन।

खेलको १० औँ मिनेटमा नै विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए। २३ औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे। पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गियो।

दोस्रो हाफको ५ औँ मिनेटमा चेतन थारुले गरेको प्रहारलाई गोलरक्षक दीपले बचाए। ९ औँ मिनेटमा भूषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन। खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कंदा रिबाउन्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन्।

सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभिट्टाको जित पक्का भएको थियो। त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्नबाट बाधक बने। दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए।

सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिप तामाङ र चेतन कुमार थारुले गोल गरे। काक्करभिट्टाका भूषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे। कप्तान खामीर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभिट्टाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए। उनले १० हजार रुपैयाँ हात पारे। प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबिच गरेका थिए। उद्घाटन समारोहमा प्रदेशका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।

अबका खेलहरु
पुस २५ (भोली) मोरङ एघारले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको तेस्रो दिन पुस (२६) भ्याली च्यासलले दिल्ली एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ। पुस २७ गते भने संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीसँग प्रतिस्पर्धा गर्ने छ।

समुह ‘ए’ बाट थ्रीस्टार क्लब र एपीएफ क्लबले भने क्वाटरफाइनलबाट मात्रै प्रतिस्पर्धा गर्ने छ। यता, समूह ‘बी’ बाट मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको डफिनास टिम फेमेलीले क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्ने भएको हो। सेमिफाइनलको खेल माघ दुई र तीन गते हुनेछ। त्यस्तै, फाइनल खेल माघ पाँच गते हुनेछ।

प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५–१५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ।

प्रकाशित २४ पुस २०७५, मंगलबार | 2019-01-08 20:27:12
Max TV
Max TV
Vianet

गोकुल जोशीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...