फुटबलमा नयाँ भूमिका खोज्दै निर्वाण चौधरी




निर्वाण चौधरी
निर्वाण चौधरी

‘जे कुरा पनि पहिलो दिनमा सुरु गरेपछि त्यस्तै खालको माइन्डसेट, दृष्टिकोण बन्दै जान्छ,’ निर्वाणले नेपालखबरसँग भने, ‘प्रदेशहरुको फुटबल विकासका लागि कर्पोरेट क्षेत्रलाई कसरी संग्लन गराउन सकिन्छ भनेर हामी अघि आएका हौँ। एन्फासँगको सहकार्यमा ‘एक प्लस एक बराबर एघार’ हुनेमा म आत्मविश्वासी छु।’

अंग्रेजी नयाँ वर्षका दिन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल सुपर लिगको लोगोसहितको फोटो सामाजिक सञ्जालमा पोस्ट गरे। र, त्यसको तलपट्टि लेखे, ‘नयाँवर्षको उपलक्ष्यमा हजुर सबैलाई सानो भेट।’

बिलियनर कम्पनीको प्रबन्ध निर्देशकका नाताले देशको पहिलो फ्रेन्चाइजी फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को घोषणा गर्दा निर्वाणलाई ‘सानो’ लाग्नु स्वभाविक हो। तर, अवधारणा अनुरुप सञ्चालन हुने हो भने नेपाली फुटबलमा प्रादेशिक संरचनामा हुने यो लिग नेपालको सबैभन्दा ठूलो व्यवसायिक लिग बन्ने छ।

विश्वमा लोकप्रिय खेल फुटबलका प्रतियोगिताहरु फ्रेन्चाइजी लिगहरू हुन्, जहाँ कर्पोरेट क्षेत्रको प्रत्यक्ष लगानी रहन्छ। कर्पोरेट क्षेत्रले नै टिम किन्छ, खेलाडी अनुबन्ध गर्छ, प्रशिक्षण गराउँछ, प्रचारप्रसार गर्छ र प्रतिस्पर्धा गराउँछ।

नेपालमा पनि फुटबलको विकासका लागि चौधरीले कर्पोरेट क्षेत्रहरुलाई प्रत्यक्ष सहभागी गराउने उदेश्यका साथ ‘नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट’ कम्पनी लिएर आएका छन्, जसले नेपालको पहिलो फ्रेन्चाइजी लिग गर्ने सम्झौता समेत नेपाल फुटबल संघ (एन्फा) सँग गरिसकेको छ।

सुपर लिगमा सात प्रदेशका सात फ्रेन्चाइजी टोलीको सहभागिता रहनेछ। फ्रेन्चाइजी टोली निर्माण, कर्पोरेट क्षेत्रको सहभागिता, प्रचार–प्रसार तथा व्यवस्थापकीय सम्पूर्ण कामको जिम्मा निर्वाण चौधरीको कम्पनीले लिएको छ।

सुपर लिगलाई काठमाडौंमा मात्रै नभएर देशका आधारभूत संरचना पुगिसकेका सबै प्रदेशमा खेलाउने अवधारणा पनि छ। आगामी बैशाखमा आयोजना गर्ने लक्ष्य लिइएको लिगमा सबै फ्रेन्चाइजी टिमहरुले यसवर्ष खेलाडीहरुलाई निश्चित पारिश्रमिक दिएर अनुबन्ध गर्ने र अर्कोवर्ष खेलाडीहरुको बोलकबोल (अक्सन) गराउने तयारी आयोजकको छ। र, यो नेपाली फुटबलको इतिहासमा नौलो प्रयोग हुनेछ।

‘जे कुरा पनि पहिलो दिनमा सुरु गरेपछि त्यस्तै खालको माइन्डसेट, दृष्टिकोण बन्दै जान्छ,’ वर्षको पहिलो दिनमा सुपर लिग घोषणा गर्नुको कारण बताउँदै निर्वाणले नेपालखबरसँग भने, ‘सानो आइडियाले पनि ठूलो परिवर्तन गर्नसक्छ। हाम्रो लक्ष्य खेलकुदका माध्यमबाट देशमा युवा विकास गर्नु हो। प्रदेशहरुको फुटबल विकासका लागि कर्पोरेट क्षेत्रलाई कसरी संग्लन गराउन सकिन्छ भनेर हामी अघि आएका हौँ। एन्फासँगको सहकार्यमा ‘एक प्लस एक बराबर एघार’ हुनेमा म आत्मविश्वासी छु।’

चौधरी ग्रुपले पहिलेदेखि नै नेपाली खेलकुदको विकासमा भुमिका खेल्दै आएको छ। डेढ दशकअघि नेपालमा क्रिकेट त्यति लोकप्रिय थिएन, तैपनि चौधरी ग्रुपले नेपाल क्रिकेट संघले आयोजना गर्ने हरेक प्रतियोगितामा मुख्य प्रायोजकको भुमिकामा लगानी गरेको थियो।

परिणाम, नेपालमा क्रिकेट अहिले लोकप्रिय खेल बन्नुका साथै ठूलो ब्रान्ड पनि बनिसकेको छ। कर्पोरेट क्षेत्रको लगानीमा त्यो सम्भव भएको निर्वाण बताउँछन्।

‘१५ वर्षअघि मेरो कम्पनी (सिजी) ले क्रिकेटलाई धेरै सपोर्ट गरेको हो’, उनले भने, ‘त्यसबेला क्रिकेट भन्ने कुरा नेपालमा त्यति पपुलर गेम थिएन। महिला, युवा, सिनियर लेभलको क्रिकेटमा हामीले लगानी गर्यौं। फलस्वरुप नेपाली क्रिकेट अहिले धेरै ठूलो ब्रान्ड बनेको छ।’

त्यसपछि क्रिकेटमा कर्पोरेट क्षेत्रको ध्यान जानुका साथै लगानी सुरु भएको उनको अनुभव छ।

‘अहिले एन्फासँगको साझेदारीमा नेपाली फुटबल विकासमा भुमिका खेल्न पाउँदा म उत्साहित छु। एन्फासँगको एक महिनाको मात्रै सहकार्यमा हामीले लिगको योजना बनाएर कार्यान्वायनमा पनि लगिसक्यौँ’, चौधरीले थपे, ‘म यो लिग राम्रोसँग सम्पन्न हुनेमा आत्मविश्वासी छु र देशको पहिलो फ्रेन्चाइजी लिग गर्न पाउँदा खुशी पनि छु।’

प्रतियोगितामात्रै नभएर देशमा खेलकुदका भौतिक पूर्वाधारको विकासमा पनि आफूहरु भुमिका खेल्न सकारात्मक रहेको उनले बताए। सरकारले निजी साझेदारी लगानी (पिपीपी) को अवधारणा ल्याए स्टेडियमका लागि पनि लगानी गर्न इच्छुक रहेको उनको भनाई थियो।

‘स्टेडियम निर्माण ठूलो प्रोजेक्ट हो,’ उनले भने, ‘खासमा विश्वभर सरकार या खेल संघहरुले स्टेडियम निर्माण गरिरहेका हुन्छन्, मन्त्रालय वा सरकारले निजी क्षेत्रलाई पनि ठाउँ दिए भने हामी स्टेडियम बनाउन तयार छौँ। त्यसका लागि पिपीपी मोडल उपयुक्त हुनसक्छ।’

एन्फासँगको सहकार्य एकवर्षका लागि मात्रै नभएको बताउँदै उनले यो वर्ष आफूहरुले सुपर लिग घोषणा गरेको र आगामी दिनमा ‘स्टेप बाई स्टेप’ थप खेलकुदको विकासमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि निर्वाण जस्ता युवा उद्योगीहरुको सहयोग नेपाली खेलकुदको विकासमा निकै महत्वपूर्ण योगदान सावित हुने विश्वास व्यक्त गरे।

‘निर्वाणसँग पहिले कहिलेपनि प्रत्यक्ष भेटघाट थिएन, तर पहिलो पटक मैले म्यासेज गर्दा उहाँले भोलिपल्टै रेस्पोन्स गर्नु भयो,’ शेर्पाले भने, ‘फुटबलमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुँदा उहाँले फ्रेन्चाइजी लिगको अवधारणा ल्याउनु भएको हो। हामीलाई पनि उहाँको अवधारणा एकदमै राम्रो लाग्यो र लिगको पनि घोषणा गरिसकेका छौँ।’

उनले ‘सुपर लिगको जिम्मा विशुद्ध काम गरौँ’ भन्ने युवाहरुको समुहले लिएको भन्दै नेपाली फुटबलले नयाँ दीर्घकालिन सोच भएको पार्टनर पाएकोमा खुसी व्यक्त गरे।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 09:54:33
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।