‘ठूला प्रतियोगितामा नेपाली खेलाडीहरुले भाग्यले मात्र पदक जित्छन्’

सन् २०१८ कि सर्वाेत्कृष्ठ खेलाडी अनु अधिकारी भन्छिन्ः अबको सागमा स्वर्ण पदक जित्नु मेरो लक्ष्य




अनु अधिकारी
अनु अधिकारी
तस्बिर फेसबुकबाट

‘वर्षको सर्वाेत्कृष्ट खेलाडी बन्नुभएको छ, कराँतेकी अनु अधिकारी।’

पाटन डबलीमा अघिल्लो साता उद्घोषकले यति भट्टाएपछि त्यसको तालीको गडगडाहटबाट स्वागत भयो। आमासँगै बसेकी अनुमा खुशीको सीमा थिएन। देशभरिका उत्कृष्ट खेलाडीहरुका माझबाट उनी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् र समग्र खेलक्षेत्रका हस्तीहरुको उपस्थितिमा वर्षको सर्वाेत्कृष्ट खेलाडीको अवार्ड ग्रहण गरिरहेकी थिइन्।

‘सर्वाेत्कृष्ट पुरस्कार पाउँदा एकदमै खुशी फिल भयो, जति दुख गरिया’थ्यो, मिहिनेत गरिया’थ्यो, रगत पसिना बगाइया’थ्यो, त्यसको एउटा फल प्राप्त भएको हो कि भन्ने अनुभव भयो’ अनुले भनिन्, ‘लामो समयदेखि कराँते क्षेत्रमा दुख गर्दै आएको थिएँ। त्यो अवार्ड पाइसकेपछि भने खेलकुद क्षेत्रमा अझ धेरै गर्नुपर्छ भन्ने उत्प्रेरणा समेत प्राप्त भयो।’

अनु अधिकारी

अनु अधिकारी

अनुलाई सबैभन्दा खुशी त आफ्नो आमाको उपस्थितिले बनाएको थियो। सर्वाेत्कृष्ट खेलाडीमा छोरीको नाम आउँदा आमापनि हर्षले गद्गद थिइन्। अवार्ड लिएर स्टेजबाट झरेपछि आमाले न्यानो स्पर्शसहित छोरीलाई बधाई दिइन्।

यसपटक अवार्ड समारोहमा अनुले आमालाई सँगै डो¥याएर लगेकी थिइन्त। र सन् २०१० बाट लगातार राष्ट्रिय च्याम्पियन अनुलाई कराँतेको कखरा सिकाउन भने आमाले डो¥याएर पहिलोपटक डोजो (प्रशिक्षण केन्द्र) मा पु¥याएकी थिइन्। 

कक्षाका सहपाठीहरु स्कूल पढ्दा कराँते खेल्न जान्थे। जितेर आउँदा कक्षामा शिक्षकहरुले उनीहरुको सफलतामा अन्य साथीहरुलाई ताली बजाउन लगाउँथे। उनीहरु ‘एक्ट्रा’ देखिन्थे। अनुको किशोर मनलाई त्यसले आकर्षित गथ्र्याे।

उनलाई पनि कराँते खेलाडी हुने मन थियो। तर उनी अलिक मोटी थिईन्। कराँते खेलाडी बन्ने आफ्नो ईच्छा सुनाउँदा साथीहरु उनलाई तौल घटाउन सुझाव दिन्थे।

अनुले आफ्ना साथीहरु कराँते सिक्न कहाँ जाने रहेछन् भनेर सोधखोज गरिन्। आफूपनि कराँते खेलाडी बन्ने निर्णयमा पुगिसकेकी थिइन्। कराँते सिक्ने आफ्नो निर्णय घरमा सुनाईन्। बुबा र दाजुहरुले भने ‘पढाईमै ध्यान दे’ भन्दै नकारे।

बलियो साथ उनलाई आमाबाट प्राप्त भयो। ‘उसको सिक्ने चाहना छ भने सिक्न दिऊँ न त’ आमाको जोड थियो। आमासँग डोरिएर अनु पहिलो डोजो कक्षामा पुगिन्।

पहिलो प्रयासमै सागमा रजत
तौल घटाउन कराँते प्रशिक्षणमा पुगेकी अनुको डोजोमा पुगेपछि भने लक्ष्य परिवर्तन भयो। प्रशिक्षण सुरु भएको पहिलो दिनदेखि नै गुरु तथा सिनियर दाईहरुले उनलाई देशको नाम उँचो बनाउने गरी खेल्नुपर्ने भन्दै झक्झकाई रहे।

त्यहीबाट नै अनुको लक्ष्य बन्यो, खेलबाट मेडल जित्दै देशका लागि केही गर्ने।

‘म सानैदेखि मेहनती थिएँ’ अनुले कराँते प्रशिक्षणका सुरुवाती दिनहरु सम्झँदै भनिन्, ‘सामान्यतः ‘व्हाइट वेल्ट’ देखि ‘ओरेन्ज’ मा दुई देखि तीन महिना लाग्छ। तर मेरो खेलप्रतिको लगाव देखेपछि गुरुले मलाई १५ दिनमै वेल्ट परिवर्तन गरिदिए। राम्रो गरेपछि मैले शुल्क पनि तिर्नु पर्दैनथ्यो। त्यसले मलाई खेल्न थप हौसला थप्दै गयो।’

अनु अधिकारी

अनु अधिकारी

प्रशिक्षण थालेको ६ महिनामा अनुले पहिलो उपत्यकाव्यापी च्याम्पियनसिप खेलिन्। ५५ केजी तौल समूमा खेलेकी अनु त्यसबेला तेस्रो भएकी थिइन्। त्यसयता भएका कुनै प्रतियोगितामा उनी कहिल्यै दोस्रो भईनन्।

सन् २०१० मा बंगलादेशमा ११औँ दक्षिण एसियाली खेलकुद (साग) हुँदै थियो। त्यो बेला उनी १७ वर्षकी थिइन्। पहिलो प्रयासमै उनले नुवाकोटबाट जिल्लास्तरीय, वीरगञ्जबाट क्षेत्र स्तरीय र हेटौँडामा भएको राष्ट्रिय च्याम्पियनसिप नै जितिन्।

यसरी पहिलो प्रयासमै अनु राष्ट्रिय च्याम्पियन बनिन्। त्यसपछि अनुलाई राष्ट्रिय लहका प्रतियोगितहरुमा हालसम्म कसैले पराजित गर्न सकेको छैन।

राष्ट्रिय च्याम्पियन भएपछि साग खेल्न पुगेकी अनुले पहिलो प्रयासमै त्यहाँ पनि रजत जितिन्। पहिलो फाइटमा इण्डिया, दोस्रो फाइटमा श्रीलंका र तेस्रो फाइटमा बंगलादेशलाई पराजित गरेकी थिइन्। तर स्वर्ण पदकका लागि अन्तिम पटकमा भएको फाइटमा पाकिस्तानसँग ४–२ ले पराजित भएपछि भने उनले रजतमै चित्त बुझाउनु प¥यो।

त्यसपछि जे भयो, त्यसले अनुलाई खेलाडी हुनुको अर्थ र देशका लागि मेडल जित्नुका अर्थ सिकाए।

‘मैले थुप्रै उपत्यकास्तरीय च्याम्पियनसिप जितेर थुप्रैपटक पदक थापिसकेको थिएँ’ अनुले अन्तर्राष्ट्रिय स्पर्धामा पहिलो पटक देशका लागि रजत ल्याउँदाको अनुभव साँट्दै भनिन्, ‘पहिलोपटकमा नै राष्ट्रिय च्याम्पियन भइसकेकीले सागमा रजत पदक जित्दा पनि त्यति नौलो महशुस भएन। तर, नेपाल फर्केपछि जुन सम्मान पाएँ, त्यसपछि भने सधैँ मेडल नै जितिरहुँ जस्तो अनुभव भयो।’

रजत जितेर स्वदेश फर्केकी अनु लगायतका खेलाडीलाई विमानस्थलबाट नै भव्य स्वागत गरिएको थियो। जताततैबाट बधाईहरु आउन थाले। दिनदिनै विभिन्न विभिन्न संघसंगठनले सम्मानमा कार्यक्रम आयोजना गर्थे। दिनदिनै उनको घाँटीमा माला र हातमा प्रमाणपत्र हुन्थ्यो।

सबक सिकाएको गेम
अनुले भर्खरै साग च्याम्पियनसिपमा रजत जितेर आएकी थिइन्। लगत्तै चीनमा हुने एसियन गेम्समा उनले नेपालको प्रतिनिधित्व गर्ने मौका पाइन्। त्यही प्रतियोगिताका क्रममा आफ्नो जीवनको सबैभन्दा ठूलो सबक सिकिन्।

‘भर्खरै सागमा रजत जितेर मानसम्मान पाएको उत्साह सकिएकै थिएन, त्यही बेला हामी एसियन गेम्सको तयारीमा लाग्नुप¥यो’ अनुले भनिन्, ‘त्यसले ‘जितिहाल्छु नि’ भन्ने ‘ओभर कन्फिडेन्स’ जन्माएछ। एकै चोटी जुनियर लेभलबाट राष्ट्रिय च्याम्पियन बन्दै साफमा खेलेकाले पनि त्यस्तो ओभर कन्फिडेन्स आएको हुन सक्छ। तर परिणाम, मैले हारैँ। पछि आफैलाई महशुस भयो कि ‘ओभर कन्भिडेन्ट’ हुुँदा हारिँदो रहेछ। सबै प्रतिस्पर्धी एक से एक हुने रहेछन्। कसैलाई पनि कम आँक्नु हुँदो रहेनछ।’

अनु अधिकारी

अनु अधिकारी

अनुलाई ‘हार भनेको के हो’ भन्ने पनि त्यही गेमबाट अनुभव भयो। त्यसपछि अनुले कहिल्यै कुनै प्रतियोगितामा विपक्षीलाई कमजोर ठानिनन्, मिहिनेतपनि बढाउँदै गईन्। फलस्वरुप उनले कुनैपनि खेलमा हार बेहोर्नु परेन।

राष्ट्रिय च्याम्पियनकै हैसियतमा अनुले सन् २०१८ मा इण्डोनेसियामा भएको एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। त्यसमा एथ्लेटिक्सतर्फ दुई फाइट जित्ने उनी नेपालको एक्लो खेलाडी बन्न पुगिन्।

त्यही प्रदर्शन हो, जसले उनलाई वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड दिलायो।

प्रशिक्षणले दिएको अनुभव 
एसियन गेम्सको प्रदर्शनबाट उनी त्यति सन्तुष्ट भने छैनन्। अभ्यास र एक्सपोजर अझै राम्रो पाएको भए नेपालले पदक ल्याउने सम्भावना रहेको उनको ठम्याई छ।

‘एसियन गेम्समा प्रतिस्पर्धा गर्ने हामीभन्दा शक्तिशाली राष्ट्र छन्। मलाई पनि सुरुमा त जित्दिन कि जस्तो लागेको थियो। तर पहिलो फाइट जितेपछि भने सहज अनुभव भयो। अन्तिममा विश्व नम्बर एक जापानका खेलाडीसँग मेडलका लागि भएको प्रतिस्पर्धामा भने मैले उछिन्न सकिन’ उनले भनिन्, ‘विश्व नम्बर एक खेलाडी भन्ने थाहा पाएपछि नै हामी सुरुदेखि मानसिक दबाबमा पर्ने रहेछौँ, त्यहीकारण हामी मेडलको प्रतिस्पर्धामा रोकिनुप¥यो।’

‘नेपाली खेलाडीहरुले पनि ठूल्ठूला गेममा उच्च पदक ल्याउन सकुन् भन्ने धेरै नेपालीको चाहना हुन्छ,’ उनले थपिन्, ‘तर जुन किसिमले हामीे प्रशिक्षण र एक्सोजर पाइरहेका हुन्छौँ, त्यसका आधारमा भन्ने हो भने पदकको सम्भावना ज्यादै न्यून हुन्छ। विदेशी खेलाडीहरुले प्रतियोगिताअघि नै महिनामा दुई–तीनवटा अन्तर्राष्ट्रिय गेम खेलिरहेका हुन्छन्। उनीहरुको प्रशिक्षण पनि उच्चस्तरको हुन्छ। हाम्रोमा भने राष्ट्रिय गेम्स दुई वर्षमा भनेको छ, त्यो पनि समयमा हुँदैन। गेमअघि एक महिना जति प्रशिक्षण हुन्छ, त्यो पनि स्रोत–साधनको अभावमा। नेपाली खेलाडीहरुले भाग्यले मात्रै मेडल जितिरहेका हुन्छन् जस्तो लाग्छ।’

एसियन गेम्सका लागि यसपटक नेपालले कराँतेको जन्मभूमि जापानमा एक महिना प्रशिक्षण गरेको थियो। प्रशिक्षणका क्रममा बेसिक सिक्ने समयमात्रै पर्याप्त भएको अनुभव छ अनुको।

अनु अधिकारी

अनु अधिकारी

‘नेपालमा हामी सिधै एडभान्समा गईसकेका हुने रहेछौँ, तर कराँतेको बेसिक त हामीले जापानको एक महिना प्रशिक्षणका क्रममा सिक्न पायौँ’ उनले भनिन्, ‘गेममा फोकस, अनुशासन, सम्मान लगायतका बेसिक कुराहरु सिक्दैमा जापानमा समय सकियो। त्यही कारण हो, एसियन गेम्समा मैले दोहोरो पदक र चन्चला दनुवारले एक फाइटमात्र जित्न सकिन्।’

‘प्रशिक्षणका लागि पर्याप्त समय र एकदुई वटा अन्तर्राष्ट्रिय खेल खेल्ने एक्सपोजर पाएको भए अझै राम्रो नतिजा आउन सक्थ्यो,’ उनले थपिन्, ‘हाम्रा प्रतिद्वन्द्वी भनेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने खेलाडीहरु नै हुन्। पहिले खेलिसकेका खेलाडीहरुको बलियो र कमजोर पक्ष थाहा हुन्छ। त्यही अनुरुप रणनीति बनाउन सकिन्छ। तर, सिधै रिङमा नयाँ खेलाडीसँग भिड्दा हामीले क्षमता अनुसार खेल्न सकिरहेका हुदैनौँ।’

भुकम्पले दशरथ रंगशालामा भत्काएपछि नेपालमा प्रशिक्षण केन्द्रको अभाव छ। लगनखेलस्थित नेपाली सेनाको सानो प्रशिक्षण केन्द्रमा केही समय खेलाडीहरुले तयारी गरेका थिए। पछि सातदोबाटोमा हल निर्माण भएपछि त्यहीँ प्रशिक्षण केन्द्र स्थापना गरिएको छ। तर, उक्त प्रशिक्षण केन्द्रमा म्याट बाहेक अन्य केही स्रोत साधन छैनन्।

‘विदेशका अत्याधुनिक प्रशिक्षक केन्द्रमा प्रशिक्षण लिएका खेलाडीहरुसँग हामी म्याटमात्रै भएको प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरेर प्रतिस्पर्धा गर्न जाँदा सोचे अनुसारको प्रदर्शन हुँदैन’ उनको गुनासो छ, ‘हामी हाम्रा हातखुट्टामात्रै चलाईरहेका हुन्छौँ। तर उनीहरु कुन मांशपेसीहरु प्रयोग गर्ने, कुन मांशपेसीले हान्दा स्कोर आउने भन्नेमा पोख्त हुन्छन्।’

सागमा स्वर्ण जित्ने लक्ष्य
अनुको अबको लक्ष्य हो, यसै वर्षको मार्चमा नेपालमै हुने सागमा स्वर्ण जित्नु। त्यसका लागि उनले तयारी सुरु गरिसकेकी छिन्।

‘मैले यसअघि रजत जितिसकेकी छु’ उनले भनिन्, ‘तर स्वर्ण भनेको स्वर्ण हुँदो रहेछ। सबैले स्वर्ण जितेको खेलाडी भनेपछि हेर्ने नजर छुट्टै हुँदो रहेछ। विगत भन्दा एक स्टेप माथि उठेरस्वर्ण जित्ने लक्ष्य लिएको छु। घरेलु मैदान भएकाले अलिकति सजिलो पनि होला। अहिले स्वर्णका लागि तयारी गर्दैछु।’

तर सम्बन्धित निकायले पनि प्रशिक्षण र एक्सपोजरमा ध्यान पु¥याउनु पर्नेमा उनले जोड दिइन्।

‘एसियन गेम्समा कराँते खेलाडीले अन्यको भन्दा राम्रो प्रदर्शन गरेका छन्,’ अनुले सागमा नेपालको सम्भावनाबारे बताइन्, ‘यसपटक साग हामी आयोजना गर्दैछौँ। बिना तयारी कहिलेपनि केही प्राप्त गर्न सकिदैँन। हामीसँग मिसन हुनुपर्छ। यो गेमका लागि यो खेलाडीलाई यसरी प्रशिक्षण गराउने भन्ने योजनासाथ अघि बढ्ने हो भने नेपालले चारवटासम्म स्वर्ण ल्याउने मैले विश्वास लिएकी छु।’

प्रकाशित २४ पुस २०७५, मंगलबार | 2019-01-08 13:48:00
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...