क्लार्कका भाइ, पोन्टिङका राजा




सन्दीप लामिछाने
सन्दीप लामिछाने

युवा खेलाडी सन्दीप लामिछाने दुई पट्टी लगाएको कानका मुद्राका कारण आकर्षक देखिन्छन्। ‘सायद ब्याट्सम्यानले त्यही हेर्ने गरेका कारण उनीहरुको ध्यान मेरो बलमा जाँदैन।’ सन्दीपले हाँस्दै भने।

देब्रे नाँडीमा बाक्लो सेतो घडी र पाखुरामा खोपिएका ट्याटुले कर्मलाई संकेत गर्दछ। अर्थात,‘जस्तो कर्म गर्छौ त्यस्तै फल प्राप्त हुन्छ।’ सात रंगको ट्याटुले त्यसलाई जीवन्त देखाएको छ। लामिछानेले पक्कै धार्मिक बाल्यकाल बिताएको हुनुपर्छ।

किनभने सन् २०१८ मा उनले अस्टे्रलियाका पूर्व टेस्ट कप्तान रिकि पोन्टिङसँग देल्लीबाट खेल्न पाए। उनले मेलबर्न स्टार्ससका स्टेपहेन फ्लेमिङसँग खेल्दा टि–टेनमा क्रिस गेलसँग खेल्ने मौका पाए। आइपिएलमा सन्दीपले आफ्नो पहिलो बलमै एलबीडब्लूमार्फत एबी डि भिलियर्सलाई आउट बनाएका थिए। 

सन्दीप लामिछाने

सन्दीप लामिछाने

जनवरीमा सन्दीपले अष्ट्रेलियन टेस्टका तेस्रो पूर्व कप्तानसँग अझै धेरै सिक्न पाउनेछन्। बंगलादेश प्रिमियर लिगमा अष्ट्रेलियन डेभिड वार्नरको कप्तानीमा सन्दीप मैदान उत्रदैछन्। उनले पाकिस्तानी प्रशिक्षक वाकर यूनिसको प्रशिक्षण प्राप्त गर्नेछन्।

पोन्टिङ, जसले सन्दीपलाई आइपिएल डेब्यूको मौका दिए उनले सन्दीपलाई ‘नेपालको राजा’ भनेर घोषित गरिसकेका छन्। स्टार ग्लेन म्याक्सवेलसँग सन्दीपले दिल्लीबाट खेलिसकेका छन्। यतिबेला उनै कप्तान भएको मेलबर्नमा सन्दीप छन्।

‘सन्दीप साँच्चै आत्मविश्वासी छन्’ म्याक्सवेलले भने, ‘उनले कानमा मुद्रा लगाएका छन् र गायकको रुपमा तीनवटा गीत गाइसके।’

ड्यानीयल र सन्दीप लामिछाने

ड्यानीयल र सन्दीप लामिछाने

सुरुवातमा उनी आफैले गीत लेखेर संगीतकारलाई पठाएका थिए। तर उनीहरुले त्यसलाई उपयुक्त ठानेनन्। ‘सुरुको त्यति राम्रो थिएन।’ सन्दीपले भने, ‘त्यो राम्रो थिएन, तर अब म राम्रो गीत ल्याउँदैछु।’

धन्य गीतभन्दा पनि सन्दीपको बलिङ सूचांकको सूचीमा छिटो अटाउन थालेको छ। यूवा प्रतिभावान सन्दीप बिग बासको सर्वाधिक विकेट टेकरको शीर्ष सूचीमा आइसकेका छन्। मेलबर्नका स्टेफन फ्लेमिङ भन्छन्, ‘उनी अत्यन्त विश्वस्त र आत्मविश्वासी छन्। सानै उमेरमा आइपिएलजस्तो ठूलो प्रतियोगिता खेलेका सन्दीपलाई अनुबन्ध गर्नु मेरो लागि खुशीको कुरा हो।’

पोन्टीङले लामिछानेलाई आइपिएलमा उत्कृष्ट अवसर दिएका हुन्। तर त्योभन्दा अघि उनले माइकल क्लार्कसँग सन्दीपको प्रतिभाको बारेमा कुरा गरेका थिए। सन् २०१६ हङकङ टि ट्वान्टी प्रतियोगितामा उनीहरु कोलुन क्यानटन्स टोलीबाट सँगै खेलेका थिए।

‘हामी जहिल्यै कुरा गथ्र्यौ, उनी मेरा भाइजस्तै भए।’ उनी १५ वर्षकै उँदादेखि हामी भेटेका हौं।’ क्लार्कले हेराल्ड सनसँग भने, ‘हामीले विभिन्न पटक बलिङ अभ्याससँगै गर्यौ।’

‘मैले उनका यस्तो प्रतिभा देखेँ, उनी सँधै सिक्न र उत्कृष्ट बन्न प्रयत्न गरिरहन्थे त्यसैले मैले उनलाई आफ्नो क्रिकेट एकेडेमीमा एक हप्ताको लागि प्रायोजन गरेर अष्ट्रेलिया बोलाए। मैले आफूले खेलिसकेको वेस्टर्न सबब्र्ससँग सम्मरमा उनलाई खेलाउन अनुरोध समेत गरे’ क्लार्कले भने, ‘उनी अन्य भन्दा भिन्न छन्। साह्रै प्रतिभावान लेग स्पेनर जसलाई अवसरको खाँचो छ। उनले अष्ट्रेलिया आउँदा भन्थे। मेरो बीबीएलमा खेल्ने सपना छ। अहिले उनको सपना पुरा भएको छ। म उनका लागि अत्यन्त खुशी छु।’

'आत्मविश्वासी' सन्दीप लामिछानेको 'बीबीएल' उडान

उनले बीबीएलको पहिलो खेलमै राम्रो प्रदर्शन गरे। मेलबर्न स्टार्सका ओपनर बेन डन्क भन्छन्, ‘सन्दीपले विकेट लिएपछि क्रिस्टियानो रोनाल्डोको झै सेलेब्रेसन गरेका थिए। जुन म्याक्सवेलले गर्दा भंग भयो।’ तर म्याक्सवेलले उनलाई उचालेको फेसबुकको फोटोे निकै चर्चित बन्यो। उनीसँग फेसबुकमा २ लाख ६ हजारभन्दा बढी फ्यान छन्। ट्वीटरमा १ लाख १४ हजार उनका फ्यान छन्।

१८ वर्षकै उमेरमा ३ वटा गीत र क्रिकेटमा यत्तिको ख्याती साँच्चै ‘क्लार्कका भाई’ सन्दीप अद्भूत हुन्। आइपिएलका क्रममा पोन्टीङले भनेका थिए, ‘उनको प्रत्येक दिनको बलिङले मेरो मुहारमा खुशी छाउँछ।’

‘लामिछाने बलिङलाई माया गर्छन्। अभ्यासका क्रममा उनलाई बलिङ नगर आराम गर भन्नुपर्छ।’ पोन्टिङले भने। सन्दीप सिमेन्टको पिचमा बलिङगर्दै दक्षिण नेपालमा हर्किए। सेन वार्नको भिडियो हेर्दै लेग स्पेनर बन्ने लक्ष्य लिए।

‘म बाल्यकालमा क्रिकेट मात्र पछ्याउँथे।’ सन्दीपले भने,‘म फुटबल खेल्न जान्दिनथे र अन्य खेललाई रुचाइन्।’ ‘म लेग स्पेन र गुगली तथा स्लाइडर र फ्रन्ट फ्लिपर गर्छु। तर फ्रन्ट फ्लिपर सेन वार्नले गर्ने जस्तो भने छैन।’ उनले सुनाए।

मेलबर्नमा सन्दीपसँगै खेल्दे ट्राभिस डिनले आफूले सन्दीपलाई बलिङमा जित्न नसक्ने बताए। उनको रङ अन पावर बलभन्दा खतरनाक हुन्छन्।

आइपिएलमा दिल्ली फाइनलमा पुग्न नसकेपछि पोन्टिङले सन्दीपलाई प्रतिस्पर्धामा उतारेका थिए। त्यसपछि पोन्टिङले सन्दीपको ५ विकेट हेर्न पाए। म्याक्सवेलले भने,‘दिल्लीमा सन्दीपले आकर्षक बलिङ गरे। उनी ढिला आए तर प्रतियोगितामा अविष्मरणीय छाप छाडे।’

विकेट लिएपछि मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलसँग खुशी मनाउँदै सन्दीप लामिछाने

विकेट लिएपछि मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलसँग खुशी मनाउँदै सन्दीप लामिछाने

दुबईमा समेत सन्दीपको प्रदर्शन उच्च रह्यो। टि–टेन प्रतियोगितामा सन्दीपले पहिलो खेलमै मात्र १७ रन दिएर ४ विकेट लिए। म्यान अफ द म्याच घोषित भए। त्यसबेला सन्दीपले स्ट्राइकर्सका कप्तान कोलिन इनग्रामलाई आउट बनाएका थिए।

मेलबर्नका प्रशिक्षक त्यसबेला चेन्नाईलाई प्रशिक्षण दिइरहेका थिए। त्यसबेला लामिछानेको नाम चर्चित बनेको थियो। फ्लेमिङले भने,‘उनको बलिङको आफ्नै अन्दाज छ।’

अष्ट्रेलियामा उनका फ्यानहरु निकै छन्। उनीहरु सन्दीपका फ्यान हुन तर मेलबर्नको जितका लागि खुशी हुन्छन्। सन्दीप मिठो बोल्छन्। उनी भन्छन्, ‘हामी अर्को खेलमा शत् प्रतिशत दिनेछौं जसले मेलबर्नमा बसोबास गर्ने सबैलाई खुशी बनाउन सकोस्।’

सन्दीपको आफ्नै ‘चियर स्क्वाड’ छ। जब उनी बीबीएलका लागि अष्ट्रेलिया अवतरण गरे उनलाई नेपाली समुदायले भव्य स्वागत गरे। गत फ्रेबुअरी ८ मा सन्दीपको खेल हेर्न ६ सय नेपाली समर्थकले टिकट काटेका थिए।

लामिछाने भन्छन्, ‘नेपालीहरु साह्रै राम्रो मानिस हुन्। नेपालमा जन्मेर यहाँबाट क्रिकेट खेल्न पाउनु मेरा लागि सौभाग्यको कुरा हो।’

विश्वका दिग्गद क्रिकेटरको माझमा रहेर खेल्न पाउँदा आफू अत्यनै गौरम्वावित भएको उनले बताए। सन्दीप नेपाललाई क्रिकेटको क्षेत्रबाट विश्वमा चिनाउन चाहान्छन्। उनले भने, ‘मैले लगायत नेपाली टोली क्रिकेटको शीर्ष स्थानमा उक्लने प्रयत्न गरिरहेका छौ। हामी उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न चाहान्छौ।’

सन्दीप नेपालमै अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पसम्म पुगेका छैनन्। ‘त्यहाँ निकै चिसो छ।’ उनले भने। तर १८ वषकै उमेरमा सन्दीप क्रिकेटको शिखरमा भने पुगिसकेका छन्। एजेन्सीं

प्रकाशित १७ पुस २०७५, मंगलबार | 2019-01-01 15:58:10
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...