पहिलो पटक टिम सम्हालेकाले केही गरौं भन्ने जोश थियोः मनाङ प्रशिक्षक श्रेष्ठ(अन्तर्वार्ता)




सुमन श्रेष्ठले पहिलो प्रशिक्षकत्वमै मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि दिलाए। बिहीबार मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेल अगावै लिगको उपाधि उचालेको छ।

धनकुटा जिल्लाबाट सन् २००४ मा प्रशिक्षण करिअर सुरु गरेका श्रेष्ठले नाइजेरियाली प्रशिक्षक तोपे फुजाको कागजी प्रक्रिया नमिल्दा लिगमा सह प्रशिक्षकबाट मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए। 

तर, लिगअघि सिक्किममा भएको गभर्नस गोल्डकपको उपाधि मनाङले जित्दा भने उनी मुख्य प्रशिक्षक नै थिए। एएफसीबाट ए लाइसेन्स प्राप्त श्रेष्ठले करिअरका पहिलो पटक पहिलो प्रयासमै ए डिभिजनको उपाधि जितेपछि नेपालखबरसँग गरेको कुराकानीः

संकटालाई पराजित गर्दै उपाधि जित्नुभएको छ। कस्तो रह्यो लिगमा दोस्रो स्थानमा रहेको संकटाविरुद्धको खेल?
संकटाविरुद्ध खेल्नुअघि हामीलाई अलिकति दबाब थियो। आजको म्याचलाई हामीले फाइनल सरह लिएका थियौं। पहिलो हाफमा हामीमा उपाधि सुरक्षित गर्ने दबाब देखियो। पहिलो हाफको इञ्जुरी समयमा मात्रै हामीले अग्रता लिन सक्यौं। संकटाले हामीले सोचेको भन्दा राम्रो खेल्यो। हाम्रो फिनिसिङमा समस्या पनि देखियो। हामीले तीन चारवटा पाएका अवसरहरुलाई फिनिसिङ गर्न सकेनौं। केही प्रहारहरु पोलमा ठोक्किएर फर्किए भने सुन्दर फ्रिकिकका मौकाहरुमा विपक्षी गोलकिपरले उत्कृष्ट बचाउँ गरिदियो। पहिलो गोल भएपछि भने हामीमा उपाधि रक्षा गर्ने दबाब कम भयो र हामी खेलमा फर्कियौं।

आज संकटासँग नजितेको भए यसपछिका दुई खेलमा तपाईहरुले लगातार जित्नुपर्ने पनि हुन्थ्यो। संकटाविरुद्ध खेल्दा त्यो डर पनि रह्यो कि?
अन्तिम सिठ्ठी नफुक्दासम्म सबै टोलीसँग डर हुन्छ। संकटा भने गेमसँगै भाग्यले साथ दिएर आएको टिम थियो। उसको चरित्र गेम पनि राम्रो खेल्ने तथा विभिन्न ठाउँमा भाग्यले पनि साथ दिइरहेको थियो। जस्तै आर्मीसँग पाँच गोलले पराजित टोलीले पुलिसलाई पराजित गरिदिएको थियो, च्यासल जस्ता बलिया टोलीलाई हराई दिएको थियो। हामीलाई पनि सिठ्ठी नफुकुञ्जेलसम्म उपाधि उचाल्ने सपनामा असर पुग्छ कि भन्ने डर त थियो तर हामीले लिड गरेपछि भने जित्छौं भन्ने लागि सकेको थियो।

एघारौं चरणमा आएर जित्नु भयो, सुरुवातमा चै कहाँसम्म पुगेर जितिन्छ झै लागेको थियो?
सुरुवातमा हामीले एघारौं राउण्डमा चाहीँ च्याम्पियन हुन्छौं भनेर सोचेका थिएनौं तर जति खेल खेल्छौं सकरात्मक रिजल्ट दिने सोचेका थियौं। हामी च्याम्पियन बन्छौं भन्ने सोच भने सुरु देखि नै थियो। त्यही अनुसार सकरात्मक खेल खेल्दै हामी यहाँसम्म पुगेका हौं।

मनाङले उपाधि जित्नुको कारणहरु के के हुन्?
मनाङ राम्रो क्लब हो। टोलीमा सबैजना मेहनत गर्छन्। मैले पनि पहिलोपटक ए डिभिजन टिम लिएको थिए। मलाई पनि केही गरौं भन्ने जोश थियो। मनाङले जित्नका लागि लगातार राम्रो प्रदर्शन दियो। सबै जना एकजुट भएर लागेकाले लक्ष्य पूरा भएको छ।

सुरुवाती दिनका खेलहरु टाइट रिजल्टका भए। जति राम्रो रिजल्ट निस्कनुपर्ने त्यति राम्रो आएन। सुजल श्रेष्ठ, प्रकाश बुढाथोकी लगायत खेलाडीहरु घाइते भए। उनीहरुका स्थानमा परिवर्तित खेलाडीहरुले राम्रो खेले। हामी भन्दा तल्लो स्तरको टोलीसँग पनि १–० जस्तो झिनो अन्तरले जित निकाल्यौं। हामीले लामो प्रशिक्षण पनि गर्न पाएका थिएनौैं। लिग अघि हामी सिक्किम गएका थियौं। गभर्नर्स कपको उपाधि जितेपछि भने हामीलाई लित जित्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढेको थियो।

पहिलोपटक मनाङको प्रशिक्षक हुदैँ लिग जिताउँनुको तपाईको अनुभव कस्तो रह्यो?
मैले जति सोचेको थिए, यो भन्दा धेरै कुराहरु सिक्न मौका पाए। पहिलो चोटी टिम लिए, पहिलो चोटी हामी लिग च्याम्पियन भयौं। यसभन्दा अघि मैले सिक्किममा पहिलोपटक मनाङलाई हेर्ने मौका पाएको थिए। त्यसबेला नै मनाङलाई च्याम्पियन बनाउँन सके। मनाङलाई सम्हालेपछि हामीले लगातार १४ म्याच जित्यौं। सुजल लगायत खेलाडीहरुलाई मैले यू–१४ बाट हेर्दै आएका थिए। सबै खेलाडीहरु फ्रेण्ड्ली भएकाले काम गर्न पनि सजिलो भयो। मेरो करिअरको पहिलो लिग उपाधि भएकाले म निकै खुशी छु।

नाइजेरियाका प्रशिक्षक तोपे फुजा हुदाँ कति सजिलो भयो?
एकदमै सजिलो भयो। दुबै मिलेर सहकार्यमा काम गरेका छौं। प्रशिक्षकका रुपमा म पूर्ण क्रेडिट लिदिन। हामीले पचास पचास प्रतिशत काम गरेका छौं। हामीले खेलाडी परिवर्तन गर्दा, प्रशिक्षणको सेड्युल बनाउँने देखि लिएर हरेक खेलाडीको सकरात्मक नकरात्मक कुरा हेर्ने कामहरु हामीले सेयरिङमा काम गरेका छौं। म जत्तिको उनको पनि भुमिका छ।

अन्य टोलीको तुलनामा तपाईहरुका विदेशी खेलाडीहरुको प्रदर्शन राम्रो भएकाले पनि लिगको उपाधि उचाल्न सजिलो भएको हो कि?
विदेशी खेलाडीहरु प्लस प्वाइन्ट चाहीँ हुन् तर सबै टिमले प्रदर्शन नगरि हुदैँछ। हाम्रोमा सबै राम्रा खेलाडी छन्। राष्ट्रिय टिमका ६–७ जना सदस्य छन्। त्यसपछि उनीहरु थपिए। जिम्बाबेका भिक्टोर कामुकालाई हामीले ६ खेलपछि प्रयोग गरेका थियौं। अफिज ओलावालो नहुँदा यहाँकै खेलाडीहरुले खेलेको हो। तीन–चार जना हाल्नुपर्ने ठाउँमा हामीले टोलीमा एक–दुई जना हालेर मात्रै खेलिरहेका छौं। विदेशी खेलाडीले मात्रै नभएर सबै टिमले प्रदर्शन गर्दा चाहीँ हामीले जितेका हौं।

प्रकाशित १२ पुस २०७५, बिहिबार | 2018-12-27 18:32:24
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?