कसरी भएको थियो एन्फा निर्वाचनमा आर्थिक चलखेल? (अडियो/भिडियो)




चुनाबमा धाँधलीबारे पत्रकार सम्मेलनमा जानकारी दिइँदै
चुनाबमा धाँधलीबारे पत्रकार सम्मेलनमा जानकारी दिइँदै

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले ९ महिनाअघि भएको चुनाबमा धाँधली गरेर विजयी भएको प्रमाण विपक्षी समूहले सार्वजनिक गरेको छ।

गत बैशाख २२ गते भएको एन्फा निर्वाचनमा शेर्पा समूहले चुनावका क्रममा कसरी पैसाको चलखेल गरेको भन्ने अडियोहरु तत्कालिन अध्यक्षका प्रत्यासी मणि कुँवर समूहका विभिन्न जिल्लाका अध्यक्षहरुले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्।

काठमाडौंमा गत बैशाख २२ गते भएको १६औं साधारण सभाबाट एन्फाको अध्यक्षमा शेर्पा विजयी भएका थिए। कुँवरलाई ५१ मतको अन्तरले पराजित गर्दै शेर्पा विजयी भएका हुन्। अध्यक्षमा शेर्पाले ६३ मत,  उनका प्रतिद्वन्द्वी कुँवरले जम्मा १२ मत प्राप्त गरेका थिए।

चुनावबाट कार्यसमितिमा शेर्पाको सम्पूर्ण प्यानल नै विजयी भएको थियो। अध्यक्षसहित ४ उपाध्यक्ष र ११ केन्द्रीय कार्यसमितिमा शेर्पाको प्यानलले क्लिन स्वीप गरेको थियो।

चुनावपछि कुवँरले निर्वाचित एन्फा अध्यक्षमाथि निम्न आरोपहरु पत्रकार सम्मेलन गर्दै लगाएका थिए।

  • निर्वाचन कमिटीलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा पारेको।
  • मतदातालाई प्रत्यक्ष रुपमा पैसा बाड्ने काम भएको।
  • मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने उदेश्यमा देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठूलो धनराशी खर्च गरेको।
  • मतदातालाई चुनाव लगत्तै यूरोप भ्रमण गराएको।
  • न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभाव पार्ने काम गरेको।
  • निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीहरुलाइ सयौंको संख्यामा हवाई टिकट उपलब्ध गराएको।

यीनै आरोपहरुको प्रमाणका रुपमा बुधबार मणि कुँवर समूहका अध्यक्षहरुले पत्रकार सम्मेलन मार्फत अडियो सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा सार्वजनिक अडियोमा शेर्पाको समूहले निर्वाचन आफ्नो पक्षमा पार्न मताधिकार पदाधिकारीलाई आर्थिक प्रभावमा पारेको, हवाई टिकटमा ठूलो रकम खर्चेको, आचारसंहिता विपरित भारतको सिक्किममा लगेर मतदाता प्रभावित पारेको कुरा उल्लेख छ।

यो पनि: कुँवरका गम्भीर आरोपमा एन्फाको बुँदागत जवाफ

काठमाडौंका विराटजंग शाही, भक्तपुरका गौतम सुजखु, धादिङका दीपक खतिवडा र ललितपुरका जिल्ला अध्यक्ष पुरुषोत्तम थापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त अडियोले एन्फा निर्वाचनमा भएको आर्थिक चलखेल सार्वजनिक गरेको भन्दै कारवाहीको लागि फिफा, एएफसीलाई पठाइएको बताए। 

'फिफाको कोड अफ इथिक्समा अडियो रेकर्डलार्ई पनि प्रमाणका रुपमा मान्ने गरेको छ,' काठमाडौंका अध्यक्ष तथा एन्फामा पूर्व कोषाध्यक्ष विराटजंग शाहीले भने, 'हामीले फिफा, एएफसीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिती, राखेपमा पनि प्रमाणसहित जानेछौं।'  

(भिडियो)

 

मणि कुँवर समूहका अध्यक्षहरुले उपलब्ध गराएको एन्फा निर्वाचनमा अनियमितता भएको सम्बन्धि अडियो टेपका अंशहरु:

इन्द्रमान तुलाधर(संकटा क्लबका अध्यक्ष तथा चुनावका मतदाता, हाल एन्फाका महासचिव) र टासी घले(एन्फाका मानार्थ अध्यक्ष)बीचको कुराकानी

इन्द्रमान–दुई जनालाई दिएन्। लक्ष्मणलाई चाहीँ किन दिनु त अनि। लक्ष्मण त मणिको मान्छेलाई दिने कुरै भएन् नि।

टासी घले– उनीहरुलाई दियो?

इन्द्रमान–अँ, राजभाई(निर्वाचन समितिका उपाध्यक्ष) र उलाई चाहीँ। १० हजार रुपैयाँ चाहीँ मैले आफैले खर्च गरे।

टाँसी घले–कर्माले दिएन, त्यसो भए?

इन्द्रमान–उसले ५० हजार दिएको थियो। ललितपुरमा मुद्धा दर्ता नगर्नु भनेर उसले ५ लाख दिएको थियो।

टासी घले–८ लाख कहाँ गयो नि?

इन्द्रमान– ८ लाख पुनरावेदनमा। त्यसपछि काठमाण्डौ जिल्ला अदालतमा अध्यक्ष विराट(काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष)को मुद्धामा १२ लाख खर्च भएको छ।


एन्फाका मानार्थ अध्यक्ष तासी घले र धनुषा फुटबल संघका प्रमुख दिपक खातीबीचैको टेलिफोन कुराकानी

टासी घले– कसले दिएको हो?

दिपक खाती– मसँग ७ लाख छ। मलाई दिइएको मध्ये त्यसबेला १० लाख पठाए, त्यसबेला कर्मा(एन्फा अध्यक्ष)ले ५ लाख समेत पठाएका थिए। सबै जोड्दा ११ लाख दिइएको थियो। झापाका उपाध्यक्ष पंकजलाई ५ लाख ५० हजार दिइएको थियो चुनावपछि ३ लाख ५० हजार दिइएको थियो। पुल्चोक क्लबका अध्यक्ष रविन्द्र जोशीलाई सुरुवमा ४ लाख त्यसपछि ९ लाख दिइएको थियो। पंकजले पनि उसलाई १ लाख र १० लाख दिएको थियो। १ लाखचाँही पंकजले बाटोमा खर्च गर्यो। पंकजले मलाई सिकिमबाट फर्केपछि १५–१६ हजार दिएको थियो। मैले समग्रमा ४ लाख ६० हजार फिर्ता पाए। कर्माले फेरी मलाई ३ लाख दिए। उनले मलाई पैसा फिर्ता समेत मागे। 

टासी घले– कसलाई पैसा दिन कर्माले भने?

दिपक खाती–पुल्चोक क्लबमा रविन्द्र र मधु सुदनलाई ३ लाख दिइएको थियो। झापाका उपाध्यक्ष पंकजले १० देखि २० हजार प्लेन टिकटका लागि खर्च गरे। मसँग ६० हजारको हिसाब छ।

टासी घले– ठिक छ।

मधुसुधन उपाध्याय(बाँसवारी क्लबका मताधिकार प्राप्त व्यक्ति) र टाँसी घलेबीचको कुराकानी

मधुसुधन–हो मसँग प्रमाण छ। भैरहवा, पोखरा र चितवनका मानिसहरु हाम्रो समर्थनमा यहाँ आएका छन्। संयौ मानिसले संयौ पटक भ्रमण गरे। कर्माले सबैका लागि हवाइ टिकटको व्यवस्था गरे।

टासी घले–तिमीले के माग गर्यौ?

मधुसुधन–जो यहाँ आए मैले उनीहरु सबैलाई सक्दो मनोरन्जन गराए। यतिबेला सबैले चुनाव जितेका छन्। त्यसबेलाको सबै खर्च कर्माले व्यहोरेका थिए। कर्माको आग्रहमा सबैलाई खुशी बनाए।

टासी घले–कर्माले पछि खर्चको बारेमा कुरा गरे त?

मधुसुधन–छैन।

टासी घले–कर्माले अहिलेसम्म तिमीलाई एक लाख मात्र दिएको हो?

मधुसुधन–होइन, उनले मलाई ३ लाख दिइसकेका छन्। २ लाख अझै बाँकी छ।

 अडियो सुन्नुहोस्

 

यस्ता आरोपको अर्थ छैन्: एन्फा

एन्फाले चुनावको झण्डै एकवर्षपछि लगाइएका यस्ता आरोपहरुको अर्थ नभएको बताएको छ। एन्फा प्रवक्ता किरण राईले नेपालखबरसँग कुरा गर्दै मतदाताहरुमाथि लगाएको पैसा खाएको आरोप प्रति गम्भीर ध्यानाकर्षण भएको बताए। 

'हाम्रा मतदाताहरु सबै सचेत छन्, उनीहरुलाई के गर्नु ठिक र के गर्नु बेठिकबारे राम्रो ज्ञान छ,' उनले भने, 'कुन सन्दर्भमा कोसँग भएको कुराकानीलाई उहाँहरुले आधारहिन प्रमाणका रुपमा प्रस्तुत गर्नुभएको छ। त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ। एन्फा कमिटीको बैठक बसेर यसबारे छलफल हुन्छ।'

प्रकाशित ११ पुस २०७५, बुधबार | 2018-12-26 14:24:12
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?