यस्तो छ पीपीएल फाइनलको सम्पूर्ण कहानी


Infocus



विदेशी(भारतीय) खेलाडी रविइन्दर सिंहले उत्कृष्ट पारी खेल्दै पोखरा पल्टनलार्इ पहिलो संस्करणको पोखरा प्रिमियर लिगको च्याम्पियन बनाएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा चितवन टाइगर्सलार्इ तीन विकेटले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटाएको थियो। रविइन्दरले ५८ बलमा ९० रनको उत्कृष्ट पारी खेल्दै टोलीलार्इ जित दिलाएका थिए। उनले १३ चाैका र ३ छक्कासहितको विस्फोटक पारी खेलेपछि पोखरा घरेलु मैदानमा च्याम्पियन बनेको हो। 

खेलको पहिलो हाफको सम्पूर्ण कहानी यस्तो छ:

पोख्रेली दर्शक र हुटिङ

Image may contain: 21 people, people smiling, crowd and outdoor
टस हारेर चितवन ब्याटिङका लागि निम्त्याइएकाे थियो। चितवनका लागि ओपनिङमा हरिशंकर शाह र अनिल साह आएका थिए। पोखराले आफ्नो पहिलो ओभर यूएईमा अनुभवी खेलाडी मोहम्मद नाभिदलाई थमायो। पहिलो बलदेखि नै नाभिदको कसिलो बलिङसँगै प्याराफिटमा भरिएका पोख्रेली दर्शकहरुको ठूलो हुटिङ सुरु भयाे। चौथो बलमा नाभिदले अनिल साहलाई एलबिडब्लुको अपिल गरे पनि अम्पायर त्यसमा कुनै चासो देखाएनन्। पहिलो ओभरमा नाभिदले ३ रनमात्रै दिए।

दोस्रो ओभरमा बलिङमा आएका ललितनारायण राजवंशीलाई दोस्रो बलमा अनिलले मिडविकेटमा छक्का प्रहार गर्दै इनिङ्सको पहिलो बाउन्ड्री प्रहार गरे। लगत्तै तेस्रो बलमा भने स्टपिङको अपील भयो। अम्पायरलाई निर्णय थर्ड अम्पायर तर्फ सुम्पेपछि थर्ड अम्पायर टेलिभिजनबाट नटआउट दिए। त्यतिबेला पोख्रेली दर्शकहरुले ‘चाहियो.... चाहियो.... विकेट चाहियो’को नाराले स्टेडियम थर्काएका थिए।

पोख्रेली दर्शकहरुको मागलाई ललितले अन्तिम बलमा पूरा गरे। अघि बढेर ठूलो सट प्रहार गर्ने क्रममा हरिशंकर साह(१) विकेटकिपर विनोद भण्डारीबाट स्टिपिङ हुन पुगे र पोख्रेली दर्शकको हुटिङ सुरु भयो, ‘विनो...द दाई... विनोद दाई।’

पारसको कप्तानी पारी
तेस्रो ओभरमा चितवनका कप्तान पारस खड्का क्रिजमा आएका थिए। पहिलो बलमा नै नाभिदको बल अनिलको प्याडमा लागेपछि पोखराका खेलाडीहरुले एलबिडब्लुको जोडदार अपिल गरे। तर, अम्पायर सन्जय गुरुङले कुनै चासो नदेखाएपछि भने नाभिदले अम्पायरको निर्णयमा असन्तुष्टि पोख्दै अम्पायरसँग बहस नै गरेका थिए। त्यस ओभरमा पटकपटक नाभिदको अम्पारसँग ‘डिस्कस’ पर्यो र कप्तान शरद भेषावकर आएर नाभिदलाई शान्त पारेका थिए। सो ओभरमा नाभिदले एक वाइडसहित तीन रनमात्रै दिएका थिए।

चौथो ओभरमा पोखराले ललितको स्थानमा मिडियम पेश बलर रसिद खानलाई पारसका विरुद्ध बलिङमा ल्यायो। रसिदले पहिलो बलमा वाइड फाले। दोस्रो बलमा कुनै रन दिएनन्। उनको तेस्रो बलमा भने पारसले बल हल्कामाथि उठाइदिएपछि विकेटकिपरका माथिबाट जादैँ चौका भयो।

चौथो बलमा भने रसिदको बलमा पारसको ब्याटको ‘एज’ लागेको थियो तर विकेटकिपर विनोदले डाइभ हान्दै रोक्न प्रयास गरेपनि सफल भएनन् बल चार रनका लागि बाउन्ड्री तर्फ गयो। सो ओभरमा चितवनले १० रन जाड्नुको साथै चार ओभरको समाप्तीमा २२ रन पुर्याउको थियो।

पाँचौ ओभरमा नाभिदको स्थानमा कृष्ण कार्कीलाई पोखराले बलिङ थमायो। दोस्रो बलमा लङ्गअन तर्फ पारसले चौका प्रहार गरे। चौथो बलमा भने पारसले चतुर्याईपूर्ण तरिकाले स्वायरको दिशामा चौका प्रहार गरे। सो ओभरमा चितवनले दुई चौकासहित नौं रन जुटायो।

छैटौं ओभरमा बलिङमा आएका रसिदको दोस्रो बलमा अनिलले एक रन लिने क्रममा रोहितकुमार पौडेलेले तीव्रगतिमा बल कलेक्ट गर्दै बल विकेट तर्फ फालेका थिए। तर, उनको निशाना सही हुन सकेन र अनिलले तीव्रगतिमा कुद्दै एक रन बटुले। पहिलो ओभरमा दश रन खर्चेका रसिदले आफ्नो दोस्रो ओभरमा भने दुई रनमात्रै खर्चे।

सातौं ओभरमा फेरि पोखराले बलर परिवर्तन गर्दै स्पिनर विक्रम भुषाललाई अनिल विरुद्ध लगायो। भुषालको दोस्रो बलमा अनिलले एक रन लिदै पारसलाई स्ट्राइक दिए। पारसले तेस्रो र चौथो बलमा कट गर्दै लगातार चौका प्रहार गरे।

ललितको उत्कृष्ट प्रदर्शन
ललित राजवंशीले फालेको आठौं ओभरमा पनि उत्कृष्ट बलिङ गरे। त्यसओभरमा उनले चार रनमात्रै खर्चेका थिए।

नवौं ओभरको पहिलो बलमै अनिलले लङअनमा विक्रमलाई छक्का प्रहार गरे। दोस्रो बलमा एक रनलिदै पारसलाई स्ट्राइक दिए। तेस्रो बलमा लङअनमा आसिफ सेखले मिसफिल्ड गरेपछि

पारसले चौका हाने। ओभरको अन्तिम बलमा अनिलले मिडविकेट तर्फ स्वीप सट हाने। त्यसलाई बचाउने क्रममा ललितले गरेको डाइभ सफल हुन सकेन्। त्यसक्रममा उनलाई चोट लागेको स्पष्ट देखिन्थ्यो।

ती बल्डिङ खादै बाउन्ड्री बारमा ठोक्किएका ललित पीडाले केहीबेर त उठ्न सकेनन्। लगत्तै खेलाडीहरु तथा चिकित्सहरु त्यहाँ पुग्दै उनलाईको हालखबर बुझे। केहीबेरमा पुनः उठ्दै ललित सिधैँ बल समातेर बलिङमा गए। दशौं ओभरमा उनले चार रनमात्रै दिए।

कृष्ण कार्कीले फालेको एघारौं ओभरको अन्तिम बलमा पारसले लङअनमा चौका प्रहार गर्दै व्यक्तिगत स्कोर ३१ बलमा ४३ रन बनाई सकेका थिए। १२औं ओभरमा आफ्नो व्यक्तिगत अन्तिम ओभर लिएर ललितले जम्मा चार रनमात्रै दिए। आफ्नो चार ओभरको स्पेलमा ललितले १८ रनमात्रै खर्चेर एक विकेट लिदैँ उत्कृष्ट प्रदर्शन गरे।

पारसको अर्धशतक र दुर्भाग्य
कप्तान पारस खड्काले रसिद खानले गरेको १३ औं ओभरको पहिलो बलमा मिडअनमा चौका प्रहार गरे। लगत्तै अर्को बलमा एक रन लिदैँ पारसले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक प्रहार गरे। पारसले ३६ बलमा ९ चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका थिए।

तर, यसै ओभरको अन्तिम बल भने पारसका लागि दुर्भाग्य रह्यो। अनिलले सिधैँ गरेको प्रहार रसिदको हातमा लाग्दै विकेटमा लागेको थियो। अम्पायरले केहीछिन सोच्दै औला ठड्याएसँगै पारसले ५१ रनको इनिङ्सको अन्त्य भयो। ३७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरेका थिए।

पारसले दोस्रो विकेटका लागि अनिलसँग ७६ रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए।

पारसको विकेट गएसँगै पोख्रेली दर्शकले नारा लगाए, ‘गयो... गयो, खड्का.... गयो, अब पालो.... सन्नी(पटेल)को।

सन्नीको सनसनी
चितवनको भारतीय खेलाडी सन्नी पटेलले चितवनका लागि हरेक खेलमा म्याच उइनिङ्स पारी खेलेका थिए। फाइनलमा पनि सन्नीले आफ्नो सनसनी प्रस्तुत गरे। विक्रम भुषालको १४ औं ओभरमा भने सन्नीले पाँच बल खेल्दै एक रनमात्रै लिएर पीचको व्यवहार बुझे।

त्यसपछिको कृष्ण कार्कीले फालेको १५औं ओभरमा भने सन्नीले चौथो बलमा छक्का र पाँचौ बलमा चौका प्रहार गर्दै आफ्नो हात खोले। त्योसँगै चितवनले आफ्नो सय रन पूरा गरेको थियो।

१६ औं ओभर लिएर आएका विक्रम भुषालमाथि सन्नी पूर्ण हावी देखिए। उनले पहिलो, पाँचौ र छैटौं बलमा छक्का प्रहार गरे। त्यसअघि अनिलले ओभरको तेस्रो बलमा पनि चौका प्रहार गरेका थिए। यस ओभरबाट चितवनले २४ रन जोड्यो।

रोहितको उत्कृष्ट बचाउ

यही ओभरको चौथो बलमा भने रोहित कुमार पौडेलले उत्कृष्ट फिल्डिङको नमुना प्रस्तुत गरे। अनिलले प्रहार गरेको सट छक्काका लागि लङअनको बाउन्ड्रीमाथि पुगेको थियो। क्याचको प्रयास स्वरुप बाउन्ड्रीमा उफ्रिएका रोहितले क्याच त समाउन सकेनन तर छक्का हुनबाट भने जोगाए। त्यसबलमा चितवनले एक रनमात्रै जोड्न सक्यो।

सत्रौं ओभर मोहम्मद नाभिद आफ्नो तेस्रो ओभर लिएर बलिङमा आए। सो ओभरको चौथो बलमा विकेटकिपर विनोद भण्डारीले विकेट कलेक्ट गर्न नसकेपछि चितवनले बाई मार्फत चार रन पाएको थियो।

तर, पाँचौ बलमा नाभिदले साहलाई बोल्ड गर्दै पवेलियन फर्काई दिए। ठूलो सट प्रहार गर्न खोजेका अनिलको विकेट नाभिदले उडाएका थिए। अनिल ३८ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३७ रनको पारी खेल्दै पवेलियन फर्किए।

अठारौ ओभरमा रसिद खान आफ्नो व्यक्तिगत अन्तिम ओभर लिएर आएका थिए। तेस्रो बलमा रसिदले फालेको फुलटसमा आरिफ सेखले मिडविकेट तर्फ छक्काका लागि प्रहार गरे। 
क्याचको प्रयास स्वरुप बाउन्ड्रीमा उफ्रिएका रोहितले बललाई मैदानबाहिर फालिदिए। अम्पायरले टेलिभिजनमा रिप्ले हेर्दा रोहितले उत्कृष्ट फिल्डिङ गर्दै छक्का बचाएको देखियो। सबैले रोहितको प्रशंशा गरे। 

सोही ओभरको चौथो बलमा सन्नीले चौका र अन्तिम बलमा आरिफ सेखले मिडविकेट तर्फ छक्का प्रहार गरेपछि १८ ओभरको समाप्तीमा चितवनले १ सय ४८ रन बनाएको थियो। रसिदले आफ्नो चार ओभरमा ३१ रन खर्चे।

अन्तिम दुई ओभरको रोमाञ्च
उन्नाइसौं ओभरमा आफ्नो अन्तिम ओभर लिएर आएका नाभिदले ८ रनमात्रै खर्चे। अन्तिम बलमा सन्नी पटेलले चौका प्रहार गर्नुबाहेक त्यसओभरमा कुनै बाउन्ड्री आएन्। नाभिदले आफ्नो चार ओभरमा १८ रन खर्चेर १ विकेट लिए।

पहिलो इनिङ्सको अन्तिम ओभर भने शरद भेषावकरले कृष्ण कार्कीलाई थमाए। कार्कीले पहिलो बलमा आरिफले एक रन लिदैँ सन्नीलाई स्ट्राइक दिए। अर्को बलमा सन्नीलाई कृष्णले कुशल भुर्तेलको हातबाट क्याच गराए। सन्नीले २१ बलमा तीन चौका र चार छक्कासहित ४३ रनको इनिङ्स खेल्दै पवेलियन फर्किए।

चौथो बलमा आरिफ सेखले लगअनमा हिर्काएको लामो सट सिधैँ रोहित पौडेलले हातमा गएको थियो तर उनले क्याच ड्रप गरे। कृष्णले अन्तिम बलमा पनि करण केसीको विकेट लिएपछि चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन जोड्न सक्यो।

खेलको दोस्रो हाफको कहानी यस्तो छ:

पोखरा भर्सेस पोखरा
चितवनका स्ट्राइक बलर करण केसीको होम टाउन पोखरा हो। फाइनलमा भने उनी पोखराविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएपछि रंगशालाको माहौल पोखरा भर्सेस पोखरा भएको थियो।

करणको पहिलो बलमै चितवनका ओपनर कुशल भुेर्तेलले चौका प्रहार गरे। दर्शकले हुटिङ गरे, ‘खायो... खायो... चौका खायो।’ दोस्रो बलमा करणले कुशल(४)लाई विकेट किपर आकाश थापाको हातबाट क्याच गराए। चितवनका समर्थकको हुटिङ आयो, ‘गयो... गयो...विकेट गयो।’

खेलअवधि भर जतिबेला करणले बाउन्ड्री खान्थे, ‘खायो... खायो... चौका–छक्का खायो।’ भन्ने नारा लाग्थ्यो भने विकेट लिदा ‘गयो... गयो...विकेट गयो।’ को नारा लागिरह्यो।

पोखराका खेलाडीहरु

पोखराका खेलाडीहरु

रविइन्दरको आक्रामक पारी
कुशलको स्थानमा आएका पोखराका भारतीय खेलाडी रविइन्दर सिंहले भने सम्हालियर आक्रामक पारी खेले। दोस्रो ओभर सकिदासम्म १० बल खेल्दै २ रनमात्रै जाडेका रविइन्दर तेस्रो ओभरदेखि एक्कासी आक्रामक भए।

करण केसीले फालेको तेस्रो ओभरको दोस्रो, पाँचौ र छैटौं बलमा रविइन्दरले लगातार चौका प्रहार गरे। यस्तै सन्नी पटेलको चौथो ओभरको पाँचौ बलमा चौका र छैटौं बलमा छक्का प्रहार गरे।

रवि त्यतिमै रोकिएनन्, चितवनका कप्तान पारस खड्काले फालेको पाँचौ ओभरको तेस्रो बलमा उनले लामो छक्का प्रहार गरे। सन्नी पटेलको छैटौं ओभरको समेत उनले पाँचौं र छैटौं बलमा लगातार चौका प्रहार गरे।

पारसले गरेको सातौं ओभरमा पनि उनले तेस्रो र चौथो बलमा चौका प्रहार गर्दै पोख्रेली दर्शकलाई रोमाञ्चित बनाइरहे। पाँचौ बलमा आरिफ सेखलाई सन्नी पटेलले डाइरेक्ट हिट गरेपछि भने चितवनले केही राहात पाएको थियो।

नाभिदको साथ
तेस्रो विकेटका लागि रविइन्दरलाई साथ दिन पोखराको यूएईका खेलाडी मोहम्मद नाभिद क्रिजमा आउन नपाउँदै पहिलो बलमा नै चौका प्रहार गरे। भुवन कार्कीको उक्त ओभरको तेस्रो बलमा रविइन्दरले चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। २९ बलमा ८ चौका र २ छक्काको मद्दत उनले अर्धशतक पूरा गरेका थिए।

भुवन कार्कीले फालेको दशौं ओभरमा नाभिदले पहिलो दुई बलमै लगातार छक्का प्रहार गरे। यस्तै पाचौँ बलमा उनले स्ट्रेटमा अर्को लामो छक्का हानेपछि पोख्रेली दर्शक रोमाञ्चित बनेका थिए। दश ओभरको समाप्तिमा पोखराले २ विकेटमात्रै गुमाएर ९७ रन जोडिसकेको थियो भने उसलाई जितका लागि ६० बलमा ६४ रनमात्रै आवश्यक रह्यो।

सन्नीको एघारौं ओभरको तेस्रो बलमा भने नाभिद(२५)लाई अनिल साहले बाउन्ड्रीमा उत्कृष्ट क्याच गर्दै पवेलियन फर्काए। त्योसँगै नाभिद र रविइन्दरको साझेदारी ३३ रनमा टुट्यो।

सुस्ताएको खेल
नाभिदको स्थानमा पोखराका कप्तान शरद भेषावकर क्रिजमा आएपछि खेल केही सुस्तायो। १२औं ओभरको दोस्रो बलमा रविइन्दरले एक चौका मात्रै प्रहार गरे। १३औं ओभरमा कुनै बाउन्ड्री आएन।

१४औं ओभरको पहिलो बलमा सन्नी पटेललाई चौका प्रहार गर्दै शरदले हात खोले तर त्यस ओभरमा पनि बाँकी बाउन्ड्री आएन्। करण केसीले फालेको पन्ध्रौं ओभर पनि शरदको एक चौकामा नै सीमित रह्यो।

स्मिथ पटेलको सोह्रौ ओभरमा भने रविइन्दरले तीन चौका प्रहार गर्दै खेललाई जगाएपनि पारसले १७औं ओभरमा कुनै बाउन्ड्री नदिएर खेल पुनः सुस्ताईदिए।

पारसले थपेको रोमाञ्च
अन्तिम तीन ओभरमा पोखरालाई १४ रनको मात्रै आवश्यक थियो। सत्रौं ओभरमा भुवन कार्कीले दोस्रो बलमा शरद भेषावकर(२२)लाई एलबिडब्लु र चौथो बलमा रोहित पौडेल(०)लाई शक्ति गौचनको हातबाट क्याच गराएर चितवनका लागि सान्त्वना विकेट दिलाएका थिए।

तर, पाँचौ बलमा रविइन्दरले छक्का प्रहार गर्दै खेल अन्त्यतिर लगे। अन्तिम १२ बलमा पोखरालाई जितका लागि १२ बल आवश्यक हुँदा १९ औं ओभर लिएर चितवनका कप्तान पारस खड्का स्वयम बलिङमा आए।

९० रनको पारी खेल्दै पोखरालाई जित नजिक पुर्याएका रविइन्दरलाई पारसले आरिफ सेखको हातबाट क्याच गराए। उत्कृष्ट पारी खेलेपनि रविइन्दर खेल जित्न चार रनमात्रै बाँकी रहँदा फिनिसिङ गर्न चुके। ५८ बलको समाना गरेका रविइन्दरले १३ चौका र ३ छक्का प्रहार गरे।

पारसले अर्को बलमा कृष्ण कार्की(०)लाई रनआउट गरेपछि खेल रोमाञ्चक बनेको थियो। ७ विकेट गुमाइसकेको पोखरालाई अन्तिम ओभरमा ४ रन आवश्यक थियो।

पारसले अन्तिम ओभर भुवन कार्कीको हातमा बल थमाए। पहिलो बलमा भुवनले विनोद भण्डारीलाई डट फाले भने दोस्रो बलमा चौका प्रहार गर्दै विनोदले पोखरालाई पहिलो संस्करणको पोखरा प्रिमियर लिगको च्याम्पियन बनाए।

प्रकाशित २० कार्तिक २०७५, मंगलबार | 2018-11-06 14:44:00
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।

  • सुदर्शन रन्जित

    पोखरा चिनाउने फोटोग्राफर

    पोखरा रामबजारमा रहेको उनको घरको बैठक कोठामा प्रवेश गर्ने जोकसैलाई भित्तामा झुण्डाईएको ठूलो फ्रेमिङले तान्छ।

  • मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७

    पहिलो विश्वयुद्धका १०० वर्ष: नेपालले के पायो, के गुमायो?

    बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।

  • केपी शर्मा ओली

    २५ अर्ब माथिका सबै योजना अब प्रधानमन्त्री कार्यालय मातहत

    दुई तिहाई बहुमत लिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई झन् झन् शक्तिशाली बनाउँदै लगेका छन्।