क्रुज र मोड्रेच फर्ममा नभएपछि मड्रिड अप्ठ्याराेमा




स्टार मिडफिल्डर टोनी क्रुज र लुका मोड्रेच फर्ममा नभएपछि रियल मड्रिड संकटमा परेको छ। मड्रिडले अहिलेसम्म विभिन्न प्रतियोगितामा ७ घण्टा खेलिसक्दा कुनै गोल गर्न सकेको छैन भने एउटा जित निकाल्न सकेको छैन्।

मिडफिल्ड तथा स्ट्राइकिङमा मात्र नभएर टोली नै समस्यामा देखिएको छ। क्रुजले क्लब र जर्मन राष्ट्रिय टोलीबाट अहिलेसम्म याे सिजन ६ खेल खेलेका छन्। कुनैमा जित निकाल्न सकेका छैनन्। उनले मड्रिडबाट सेभियासँगसँग यस सिजन ला लिगामा खेलेका थिए। त्याे खेलमा मड्रिड पराजित भएको थियो।

यस्तै फ्रान्ससँगको खेलमा उनको जर्मन टाेलीले पराजित व्यहाेरेकाे थियाे। उद्यपि पेनाल्टीमा फ्रान्स विरुद्ध क्रुजलेनै गोल गरेका थिए। यस्तै मोड्रेचले यस सिजन पाँच खेल खेलिसकेका छन्। ४ सय ९९ मिनेट खेलिसक्दा उनले र उनका टोलीले कुनै गोलगर्न सकेको छैन।

इ–एल क्लासिको भिडन्त अघि मड्रिडले ला लिगामा लेभान्टे, भिक्टोरिया प्लेजेनसँग प्रतिस्पर्धा गर्नेछ। त्यस खेलहरुमा मोड्रेच र क्रुज चल्न नसके मड्रिडले यस पटक कुनैपनि उपाधि जित्न मुश्किल पर्ने देखिएको छ। ला लिगामा मड्रिडले अहिलेसम्म ८ खेल खेलेकाे छ। तीमध्ये ४ मा मात्र जित हात पारेकाे छ। तीनमा बराबरी र एकमा पराजय व्यहाेरेकाे छ।

प्रकाशित १ कार्तिक २०७५, बिहिबार | 2018-10-18 16:06:28
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।