मंगलबार राति ब्राजिल र अर्जेन्टिना भिड्दै, मेस्सी नखेल्ने भएपछि नेमार खुसी

ब्राजिलका नेमार र अर्जेन्टिनाका ड्याबेला
ब्राजिलका नेमार र अर्जेन्टिनाका ड्याबेला
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धामा उत्रन लागेका छन्।

खेल मंगलबार राति पौने १२ बजे साउदी अरेबीयाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सुरु हुनेछ।

विश्वकपमा भेट हुन नसकेका दुवै बलिया टोली जितको लक्ष्यका साथ मैदान उत्रन लागेका छन्। दुवैतर्फ स्टार खेलाडीहरु भएका कारण खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

अर्जेन्टिनाका तर्फबाट स्टार लियोनल मेस्सी मैदान नउत्रिने भएपछि ब्राजिलका स्टार नेमार खुशी भएका छन्। उनले आफू मेस्सीको अनुपस्थितीमा खुशी भएको बताए।

उनले एक स्टार खेलाडी नहुँदा समेत खेलमा निकै प्रभावपर्ने भएकाले खेलमा आफ्नो टोलीलाई केहि राहत मिलेको बताए।

यद्यपी उनले अर्जेन्टिना टोलीनै बलियो भएको बताउँदै आफूहरु खेलमा गम्भिर हुने बताए। मेस्सी र नेमारले यसअघि फुटबल क्लब बार्सिलोनाबाट सँगै खेलका थिए। एजेन्सी

प्रकाशित 2018-10-16 17:24:25