बार्सिलोनामा मेस्सीका १४ वर्ष



Kshamadevi Group


बार्सिलोनाको जुनियर टिममा आवद्ध भएको ४ वर्षपछि अर्जेन्टिनी लियोनल मेस्सीले टोलीको सिनियर टोलीमा समावेश हुने मौका पाएका थिए।

सन् २००४ अक्टोबर १६ तारिख अर्थात चौध वर्षअघि आजकै दिन मेस्सीले बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू खेल खेलेका थिए।

उनी इस्पानियोलविरुद्ध खेल सकिन जम्मा ८ मिनेट बाँकी रहँदा मैदानमा प्रवेश गरेका थिए। उनले त्यस खेलमा कुनै गोल गर्न सकेनन्।

बार्सिलोनाको इतिहासमा कलिलो उमेरमा सिनियर टोलीबाट खेल्ने मेस्सी दोस्रो खेलाडी थिए। त्यसबेला मेस्सी १७ वर्ष ३ महिना २२ दिनका थिए।

त्यसअघि उनीभन्दा कलिला खेलाडी पलिन्हो अल्कान्टाराले सिनियर टोलीबाट डेब्यू गरेका थिए। सिनियर टोलीबाट डेब्यू गोल गर्न भने उनलाई करिब ७ महिना लाग्यो। उनले मे १ २००५ सालमा अल्बासेट क्लबविरुद्ध पहिलो गोल गरेका थिए।  

 

त्यसबेला फ्रान्क रिजकार्डले १७ वर्षीय मेस्सीलाई प्रशिक्षण दिएका थिए। उनी सम्झन्छन्, ‘मेस्सी साह्रै अद्भूत थिए।’ युवा मेस्सीले त्यसबेलाका स्टार खेलाडीहरु रोनाल्डिन्होसँग समेत खेल्ने मौका पाएका थिए।

रोनाल्डिन्हो यतिबेला भन्छन्, ‘मेस्सीलाई अहिलेको अवस्थामा देख्दा निकै खुशी लाग्छ। उनी मेरा भाइ र असाध्यै मिल्ने साथी थिए।’ मेस्सीसँधै टिमवर्क र जितमा विश्वास गर्ने खेलाडी भएको उनको भनाइ छ।

मेस्सीले फुटबलमा पाउनुपर्ने व्यक्तिगत सबै उपलब्धि हासिल गरिसकेका छन्। क्लबलाई समेत दर्जनौं उपलब्धि दिलाएका छन्। 

बार्सिलोनामा मेस्सीको ३२ उपाधि, दर्जनौ उपलब्धि

मेस्सीले बार्सिलोनाको सिनियर टोलीबाट ४ सय २६ खेल खेलिसकेका छन्। उनले ३ सय ८९ गाेल गरेका छन्। बार्साबाट ५ पटक बालुन’डि ओर जितेका मेस्सीले क्लबलाई ३२ महत्वपूर्ण उपाधि दिलाएका छन्।

मेस्सीले बार्साबाट ४ पटक च्याम्पियन्स लिग जितेका छन्। यसैगरी मेस्सीले बार्सालाई ९ पटक ला लिगा, ६ पटक कोपा डेल रे, ७ पटक सुपरकोपा डि इस्पाना, ३ पटक यूइएफए सुपर कप तथा ३ पटक क्लब विश्वकप जिताएका छन्। एजेन्सी     

 याे पनि: मेस्सीको आगमनपछि बार्सिलोनाको इतिहास नै परिवर्तन

 

 

प्रकाशित ३० असोज २०७५, मंगलबार | 2018-10-16 16:50:01
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...