Exclusive

शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन र एपीएफ गोलरहित बराबरीमा




शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले विजयी शुरुआत गर्दा हिमालयन शेर्पा र एपीएफ गोल रहित बराबरीमा रोकिएका छन्।

एन्फा मैदान सातदोबाटामा शुक्रबार भएको दोस्रो खेलमा मनाङले व्रिगेड ब्वाईजलाई ३–१ गोल अन्तरले पराजितगर्दै लिगमा सुखद् शुरुआत गर्यो।

मनाङले पहिलो हाफमा १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै दोस्रो हाफमा ३ गोल गर्न सफल भयो। २८औं मिनेटमा रजत तिवारीले गोल गरेका थिए। डी बक्स बाहिरबाट तिवारीले प्रहार गरेको बललाई मनाङका किपरले किलियर गर्न नसक्दा गोलमा परिणत भएको थियो।

दोस्रो हाफको शुरुमै मनाङका हेमन गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ५७औं मिनेटमा वलावाले अफिजले गोल गर्दै मनाङलाई २–१ को अवस्थामा पुर्याए। मनाङले तेस्रो गोल इन्जुरी समयमा गरेको थियो। यस पटक पनि नाइजेरियाली स्ट्राइकर अफिजनै सफल भए।

यसअघि शुक्रबारनै भएको पहिलो खेलमा हिमालयन शेर्पा र विभागीय टोली एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडे। निरस खेलमा दुवै टोलीले एउटा पनि सशक्त प्रहार गर्न सकेनन्।

योसँगै ए डिभिजिन लिगको पहिलो चरणको खेल सकिएको छ। असोज १३ गतेबाट शुरु भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण कहिदिन स्थगित भएर असोज २४ गतेबाट पुनः शुरु भएको थियो। लिगका बाँकी खेलहरु तिहारपछि मात्रै शुरु हुने छन्।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 19:57:02
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।