Exclusive

टी–२० विश्वकप छनोटः नेपाल च्याम्पियन




नेपाली क्रिकेट टोली (फाइल तस्बिर)
नेपाली क्रिकेट टोली (फाइल तस्बिर)

नेपाल आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह ’बी’ को च्याम्पियन बनेको छ।

मलेसियामा सम्पन्न छनोटको अन्तिम खेलमा सिंगापुरसँग शुक्रबार खेल रद्द भएपछि अंक बाँडेसँगै नेपाल विजेत बनेको हो।

क्वालालम्पुरस्थित बायुमास ओभलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको नेपाल खेलिरहँदा वर्षाका कारण खेल हुन नसकेपछि दुबै टोलीले अंक बाडेका थिए।

नेपाल र सिंगापुरले एक एक अंक पाएसँगै छनोटमा दबैले ६ खेलबाट समान ११–११ अंक भएपनि नेपाल नेट रनरेटको आधारमा विजेता बनेको हो।

छनोटबाट नेपालसँगै उपविजेता सिंगापुर र तेस्रो स्थानमा रहेको मलेसिया दोस्रो चरणमा प्रवेश गरेका छन्।

दोस्रो चरणमा यी तीन टोलीसँगै यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट छनोट भएका यूएई, कतार र कुवेत गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 17:54:24
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...