मोरिन्होले प्रिमियर लिग जित्न सक्छन्, म खेलाडीमा समस्या देख्छु: इभ्राहिमोभिच

इभ्राहिमोभिच र मोरिन्हो
इभ्राहिमोभिच र मोरिन्हो
म्यानचेस्टर यूनाइटेडका पूर्व खेलाडी जल्टान इभ्राहिमोभिचले आफूले म्यान यूको खेलाडीमा समस्या देख्ने बताएका छन्।

प्रशिक्षक जोसे मोरिन्होको चर्को आलोचना भइरहँदा इभ्राहिमोभिचले आफूले खेलाडीमा समस्या देखेको बताउँदै ‘मोरिन्हो प्रिमियर लिग जित्न सक्ने प्रशिक्षक’ भएको बताए।

उनले मोरिन्हो एक्लैले जादूगर्न नसक्ने बताउँदै खेलाडीले उनको भावना बुझ्नुपर्ने धारणा राखेl

जारी प्रिमियर लिगमा यूनाइटेडले यस सिजन खराब प्रदर्शन गरिरहेको छ। सोचे अनुरुप प्रदर्शन गर्न नसकेको यूनाइटेड प्रिमियर लिगको अंक तालिकामा १३ अंकसहित आठौं स्थानमा छ।

चौतर्फी आलोचनाको सिकार भएका मोरिन्हो र मिडफिल्डर पल पोग्बाबीचको पनि सम्बन्ध चिसिएको छ। इभ्राहिमोभिचले खेलाडीले प्रशिक्षकको निर्देशन पालना गर्नुपर्नेपनि बताए। एजेन्सी

 

प्रकाशित 2018-10-11 17:51:20